विभिन्न किसिमका सागपात खानुका फाइदा

हाम्रो शरीरलाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सी का साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ । हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् ।  नियमित साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ । हरियो साग तरकारीहरु स्वास्थ्यको दृष्टिकोणले बहुउपयोगी मानिन्छ  ।व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यसको लागी हरियो साग नियमित रूपमा खानुपर्छ ।

हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ । एन्टीअ क्सि,डेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पु¥र्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

विभिन्न किसिमका सागपातहरुले  हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, फलाम, पोटासियमजस्ता तत्वहरू प्रदान गर्छ ।

मेथीको साग : मेथीको सागलाई प्राचीनकालदेखि हर्बल जडिबुटिको रुपमा प्रयोग गरिंदै आएको छ । यसको पात तितो भएपनि  विभिन्न रोगहरू निको पार्न सहयोग गर्दछ ।यसमा विभिन्न पौष्टिक पदार्थहरू पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।  एक चिया चम्चा मेथीको गेडामा ३५ ग्राम क्यालोरी साथै अन्य पोषक पदार्थहरू पाइन्छ । यसले पेटसम्बन्धी समस्याको समाधानमा मद्दत गर्दछ । यसले मधुमेह, उच्च रक्तचाप, कब्जियत, बाथ रोगमा निको पार्न सहयोग गर्दछ । मेथी  सौन्दर्यका लागी पनि प्रयोग गर्न सकिन्छ । मेथीले कपाल लामो र चम्किलो पार्दछ ।

पालुङ्गोको साग : पालुङ्गोको सागमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट ,पोटासियम, भिटामिन ए, के र फाइबर पाइन्छ । यसले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, रक्तअल्पताको लागि लाभदायक हुन्छ । पालुङ्गोको सागले आँखा, छाला र कपाललाई स्वस्थ राख्छ ।

रायोको साग  : रायोको साग हामी सबैको भान्छामा पाइने तरकारी हो । रायोको सागमा हाम्रो शरीरलाई अत्यावश्यक खनिज पदार्थ जस्तै फलाम, पोटासियम, क्याल्सियम जिन्क, भिटामिन ए, के, सी प्रशस्त मात्रामा पाइन्छ । रायोको साग नियमित खानाले हड्डी खिइने, रक्त अल्पता, मुटुरोग, प्रोस्टेट क्यान्सर इत्यादि रोगहरूबाट बचाउँछ ।

तोरीको साग : तोरीको सागले खानाले पाचन प्रणाली, मुटु, मस्तिष्कलाई स्वस्थ राख्दछ । यसमा खनिज, फाइबर, भिटामिन के, ए, सी, ई र फोलेट पाइन्छ । एन्टीअक्सिडेन्ट र एन्टीइन्पलामेन्टरी पाइने हुनाले यसले पिसाब थैली, ठुलो आन्द्रा, फोक्सो र डिम्बाशयको क्यान्सर हुनबाट बचाउँछ ।

सिस्नु  : सिस्नु गरिबले खाने तरकारीका रुपमा प्रचलीत थियो । तर हाल यसको बहुउपयोगीताको बारेमा जानकारी पाएपछि सबैले खान थालेका छन् । सिस्नु  रक्तअल्पता, मधुमेह, उच्चरक्तचाप र दमरोगका बिरामीहरुको लागी महत्वपुर्ण र फाइदाजनक तरकारी हो । यसको सेवनले  सुत्केरी आमाको दूधको मात्रा बढाउँछ, घाउ निको गर्छ, कपाल बढाउँछ, रगतमा भएको विष सफा गर्छ, मृगौलाको पत्थरी हुनबाट बचाउँछ ।

चम्सुरको साग : चम्सुरको सागमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । आँखाको ज्योती बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ । चम्सुरको सागले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

कर्कलो : कर्कलोमा प्रशस्त मात्रामा फाइबर, भिटामिन ए, सी, इ र फोलेट पाइन्छ । कर्कलो एन्टिअक्सीडेन्टको स्रोत हो । कर्कलोले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, कोलोस्टेरोल नियन्त्रण गर्छ, आँखा, छाला, गर्भाअवस्थामा भुण्रलाई स्वस्थ राख्छ, रक्तअल्पता कम गर्न सहयोग गर्दछ ।

बेथेको साग: बेथेको सागमा विभिन्न किसिमका पोषक पदार्थहरू जस्तै रेशा, भिटामिन ए, सी र खनिजहरू जस्तै क्याल्सियम, फलाम, पोटासियम, फोस्फोस्रस, म्याग्नेसियम र जिङ्क पाइन्छ । बेथेको सागको प्रयोग गर्नाले कब्जियत, पाइल्स, स्कर्बी, रक्तअल्पता, जुका, मृगौलाको पत्थर, मुखको अल्सर, स्वास गन्हाउने समस्या हटाउन मद्दत गर्दछ । मस्तिष्क र शरीरलाई स्वस्थ राख्छ । रगत सफा गर्छ । यस्तो बहुगुणी बेथेको सागलाई नियमित रुपमा प्रयोग गर्न सके विभिन्न खतरनाक रोगहरूबाट बच्न सकिन्छ ।

Spread the love