दूधको भाउ बढाउन सिफारिस

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दूधको न्यूनतम मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सिफारिस गरिएको छ।राष्ट्रिय दुग्ध विकास नीति अनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्ने व्यवस्था गरेको छ।

एउटा सरकारी निकायले दूधको भाउ बढाउने सिफारिस गरेपछि त्यसबाट “फाइदा पुग्ने” भनिएका कृषक र “मूल्य वृद्धिको मारमा पर्ने” ठानिएका उपभोक्ता दुवैले उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।उपभोक्ताले “बिरामी, वृद्धवृद्धा र बालबालिकाको अत्यावश्यक पौष्टिक तत्त्व” उपलब्ध हुने दूध “अचाक्ली महँगो बनाउन लागिएको” भन्दै आलोचना गरेका छन्।राष्ट्रिय दुग्ध विकास बोर्डले “आफैँले तय गरेको नीति विपरीत दूधको मूल्य बढाउने सिफारिस गरेको” भन्दै आलोचना भइरहेका बेला उपभोक्ता र कृषकले समेत असन्तुष्टि व्यक्त गरेका हुन्।अर्कातर्फ किसानहरू चाहिँ “अहिले गरिएको सिफारिसले पनि लागत नउठ्ने” भन्दै त्यसप्रति असन्तुष्ट देखिएका छन्।

बोर्डले भने कृषक, डेरी उद्योगी र उपभोक्ता अधिकारकर्मीसमेतको छलफलपछि दूधको मूल्य बढाउने सिफारिस गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।

Spread the love