नेपालमा चुनाव लड्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

नेपालमा चुनाव लड्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगले हालै राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारी दर्तासँगै उनीहरूको वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि पेस गर्नुपर्ने व्यवस्था गरेको हो। नेपालमा सांसद बन्न निश्चित शैक्षिक योग्यता तोकिनुपर्ने माग समयसमयमा उठ्ने गरेको छ। तर नेपालको कुनै पनि कानुनले राजनीतिज्ञहरूका लागि कुनै पनि शैक्षिक योग्यता तय गरेको छैन।

विगतमा शिक्षाको पहुँच नपाएको वर्गलाई यस्तो व्यवस्थाले राजनीतिमा निरुत्साहित गर्ने भन्दै कतिपय राजनीतिज्ञले आयोगप्रति असहमति जनाएका छन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित ‘निर्वाचन आचारसंहिता २०७९’ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेहरूले आफ्नो वैयक्तिक विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको हो। आचारसंहिताको २० नम्बर बुँदामा “मनोनयन पत्रसाथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण” उल्लेख गर्नुपर्ने भनिएको छ।

आचारसंहिता

नेपालमा कतिपय राजनीतिक नेताहरूको शैक्षिक योग्यताको विषय समय समयमा बहसको विषय समेत बन्ने गरेको छ।

केही कानुनविद्हरूले यो बाध्यकारी नहुने तर्क गर्ने गरेका छन्। तर निर्वाचन आयोगका प्रवक्ता पौडेलले भने यस्तो विवरण बुझाउनुपर्ने व्यवस्था बाध्यकारी भएको बताए।

FIA Celebrated Grand India Day Parade In Presence Of Grand Marshal Allu Arjun And NYC Mayor Eric Adams On August 22nd 2022, New York City

Billed as the world’s biggest Indian event outside the nation, the annual India Day Parade was held in New York City celebrating India’s 75th anniversary of Independence. Telugu megastar Allu Arjun was the grand marshal at the parade on Sunday, which saw an estimated turnout of 150,000 people, both as marchers and as the audience along the route on Madison Avenue.

The Grand Marshal of the Parade, Allu Arjun, a “Pan Indian” super star, excited the crowds as his float passed by, and they saw him waving the tricolor vigorously.

NYC Mayor Eric Adams, Deputy Commissioner Dilip Chauhan and FIA Leadership

The wide variety of floats signified the diversity of India as they went by, including trade and business, but also regional floats representing different parts of India represented by organizations here.

FIA president Kenny Desai said FIA had in its own way tried to honor India by attempting the records and “making our motherland shine in our homeland.” Desai said FIA has made India proud and this achievement is a tribute to the unknown and unsung heroes of the freedom struggle.  FIA chairman Ankur Vaidya said that these records are dedicated to the global community.

FIA Womens Wing Member , Chairman Ankur Viadya, NYC Public Advocate Jumanie William, Deputy Commissioner Dilip Chauhan.

He thanked the community for their support without which the feat would not have been possible. Also the event was attended by Prime Minister of Antigua and Barbuda His Excellency Gaston Browne and Hon.Dilip Chauhan, Deputy Commissioner of NYC Mayor Office for International Affairs. Padmashree H.R Shah and Dr. Sudhir Parikh. Also Indian Consul General of New York Hon. Randhir Jaiswal graced the event. Also Parade convener was Prem Bhandari.

NYC Mayor Eric Adams , Deputy Commissioner Dilip Chauhan and Grand Marshal Allu Arjun.

Also Federation of Indian Associations (FIA) has set two Guinness World Records for the most number of different flags flown simultaneously and the largest ensemble of Damru, an ancient musical instrument associated with Hinduism and Buddhism.

South actor Allu Arjun on Monday, was honoured by the Mayor of New York, Eric Adams as he represented India as the Grand Marshall in the annual Indian day parade.  Taking to Instagram, the  Pushpa actor  shared a post, which he captioned, “It was a pleasure meeting the Mayor of New York City. Very Sportive Gentleman. Thank You for the Honours Mr. Eric Adams. Thaggede Le !”

बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा १,००० भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको सल्मान सुफी बताउँछन्।देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन्।दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन्।कैयौँ विकास परियोजनाका बजेटलाई रकमान्तर गरी प्रभावित मानिसहरूसम्म राहत पुर्‍याइएको छ।

पक्तुन्वा प्रान्तमा बाढीले निम्त्याएको विध्वंसको पूर्ण स्तर अझै पनि बुझ्न नसकिए पनि स्थानीय बासिन्दाले त्यो उनीहरूले आफ्नो जीवनमा भोगेको सबैभन्दा खराब विपद् भएको बताइरहेका छन्।पाकिस्तानका लागि बाढी नौलो होइन तर यहाँका मानिसहरूले यसपालिको वर्षा फरक भएको बताएका छन्।उनीहरूले पहिला त्यस्तो कहिल्यै नदेखेको टिप्पणी गरे। एक जना स्थानीय अधिकारीले बाढी असाध्यै भीषण भएको उल्लेख गरे।

केन्द्रीय बैंकले चालु पुँजी कर्जामा कडाइ

केन्द्रीय बैंकले चालु पुँजी कर्जामा कडाइको असर शेयर बजारमा पनि परेको बजार विश्लेषकहरुले बताएका छन् ।   गत साता साइडवेजमा रहेको शेयर बजार पछिल्लो दुई दिन बिहीबार र शुक्रबार भने दोहोरो अंकले घटेको छ । चालु पुँजी कर्जामा राष्ट्र बैंकले गरेको कडाईको असर शेयर बजारमा पनि परेको बजार विश्लेषकहरुले बताएका छन् ।  समग्रमा गत साता बजार ४५.६४ अंकले घटेर २०२२.६२ अंकमा पुगेको छ । शेयर धितोमा पाइने मार्जिन कर्जामा गत वर्षदेखि नै कडाई गरेको राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गरेर चालु पुँजी कर्जामा पनि कडाई गरेको छ ।

क्यास कन्भर्सन साइकल, डेज सेल्स आउटस्ट्यान्डिङ, इन्भेन्ट्रि कन्भर्सन पिरियललगायतको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा सो कारणमहरु उल्लेख गरी वार्षिक कारोबार वा बिक्रीको अधिकतम ४० प्रतिशतसम्म चालु पुँजी कर्जा दिने सकिने विशेष व्यवस्था समेत मार्गदर्शन २०७९ मा गरिएको छ । मार्गदर्शनमा २ करोड रुपैयाँभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक कारोबारको अधिकतम २० प्रतिशतसम्म मात्रै कर्जा दिन सक्ने उल्लेख छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ राष्ट्र बैंकले गत मंगलबार बेलुका सार्वजनिक गरेका थिए । बुधबारसम्म धेरै घट्दा पनि नघट्ने र बढ्दा पनि नबढ्ने गरी साइडवेजमा चलेको थियो । राष्ट्र बैंकले चालु कर्जासम्बन्धी मार्गदर्शन जारी गरेपछिको गत बिहीबार र शुक्रबारको शेयर बजार भने दोहोरो अंकले घटेको थियो । नेप्सेका अनुसार बिहीबार नेप्से परिसूचक १८.३१ र शुक्रबार १६.९२ अंकले घटेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसुचक २०२२.६२ अंकमा बन्द भएको छ । साताभरिमा बजार ४५ अंकले घटेको छ ।

‘बजार घट्नुपर्ने मुख्य कारण त केही छैन । बजार दुई दिन घट्यो । ३०–४० अंक घटेको बजारलाई हेरेर बजार झर्यो भनेर भन्नुपर्ने अवस्था जस्तो मलाई लाग्दैन । लाभांश घोषणा गरेर धमाधम साधारण सभा गर्ने बेला पनि आउँदैछ । यो समय भनेको सस्तो शेयर छानी छानी किन्ने समय भने हो ।’–नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले भने – ‘पछिल्लो दुई दिन घट्नुमा राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले पनि केही हदसम्म भुमिका खेलेको छ । उद्योगको चालु पुँजी भनेपछि कही न कही घुमाएर पुँजी बजारमा आइ हाल्थ्यो । त्यस्ता कर्जाहरुमा जति जति कडाई गर्दै गयो, यता बजारमा असर गर्नु स्वभाविक पनि हो ।’

डोनल्ड ट्रम्पको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको “अवरोधको प्रमाण” खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ। हालै  अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार “अतिगोप्य फाइलहरू” ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए। न्याय मन्त्रालयले आफूले “उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षी”लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ।

फ्लोरिडाको वेस्ट पाम बीच इस्टेटमा छापा मार्नुअघि अदालतमा कागजपत्र पेस गरिएको थियो। न्याय मन्त्रालयका अनुसार ती कागजपत्रहरू एउटा गल्फ क्लबबाट बरामद भएका थिए। उसका अनुसार ती ११ थान ‘गोप्य कागजपत्रमा’ नयाँ विस्तृत विवरण छैन। मुचुल्का बनाउने एफबीआईका एक अधिकारीले आफूहरूसँग “प्रमाण, तस्करी, अपराधको फल वा अवैध रूपमा राखिएका अन्य सामग्री ” पत्ता लाग्ने विश्वास गर्ने सकिने “सम्भावित कारण” थियो भनेर लेखेका छन्।

ट्रम्पको मारा लागो निवासमा

 “उक्त परिसरमा अवरोधको प्रमाण फेला पर्नेछ भन्ने विश्वास गर्ने सम्भावित कारण पनि छ,” त्यसमा उल्लेख गरिएको छ।

ट्रम्पको मारा लागो निवासबाट गत ज्यानुअरीमा फेला पारेका १५ बाकस कागजपत्र केलाउँदा न्याश्नल आर्काइभ्सले तीमध्ये केही ‘अतिगोप्य वर्गीकृत’ फाइल पनि रहेको पत्ता लगाएपछि ट्रम्पमाथि आपराधिक मामिलामा अभूतपूर्व अनुसन्धान सुरु भएको देखिन्छ। न्याश्नल आर्काइभ्सले ह्वाइट हाउससँग सम्बन्धित अभिलेख राख्ने गर्छ। एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा “अतिगोप्य” थिए। त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए।

ट्रम्पकेहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो।

नेपाल रेमिट्यान्सः एक वर्षमा १० खर्ब रुपैयाँ-१५ सय जनाको शव

वारि र पारि घाम र छायाँ माझैमा पियार

संसारमा जन्म दिएर ईश्वर बैँसमा नमार

राष्ट्रकवि माधवप्रसाद घिमिरेका शब्द, नातिकाजीको सङ्गीत र स्वरसम्राट नारायण गोपालको स्वरसहितको यो कालजयी गीतको उक्त पङ्क्तिले अहिलेको नेपाली समाजको पीडा झल्काउँछ। गएको पुस ६ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी २५ वर्षीया विद्याकुमारी पटेलको जीवनमा अचानक नसोचेको मोड ल्यायो।

परिवारको लालनपालनका निम्ति सात समुद्र पार मलेशिया काम गर्न गएका उनका पति सञ्जयकुमार राउतले परदेशमै ज्यान गुमाएको खबर आयो। “वहाँ त्यहाँको रबर फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो। अचानक आत्महत्या गरेको खबर आयो।” त्यतिखेर उनको उमेर जम्मा २६ वर्षको थियो। एसएलसी पास भएपछि कतै काम नपाएर विदेश गएका थिए।

धनुषा नेपालबाट वैदेशिक रोजगारीका निम्ति सबभन्दा धेरै युवा पठाउने जिल्लामध्ये पर्छ। सोही जिल्लाको धनौजी गाउँपालिकाबाट परिवारको पेट पाल्न खाडी मुलुक कतार गएका बिक्रु मण्डलको कथा पनि उत्तिकै पीडादायी छ। “२०७८ सालको असार ५ गते बनिरहेको भवनबाट खसेर मेरो बुवाको मृत्यु भएको जानकारी आयो,” उनका २१ वर्षका छोरा मुकेश मण्डलले परिवारमा परेको वज्रपातबारे सुनाए। पढाइ छाडेर त्यत्तिकै बसिरहेका मुकेश मण्डल स्वदेशमै राम्रो काम पाए विदेश जाने मन नभएको बताउँछन्।

गीतकार बि.पाण्डेको गीति पुस्तक “मेरा सय गीतहरु” सार्बजनिक

काठमाडौं : नेपाली गीतकार बि.पाण्डेको गीति पुस्तक “मेरा सय गीतहरु”सार्बजनिक गीतकार बि. पाण्डे गीत संगीत क्षेत्रमा स्थापित नाम हो। बिगत दुई दशक देखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेद्वारा धेरै चर्चित गीतहरु प्रकाशनमा आईसकेका छन् । चलचित्र “प्रसाद” को सुपर हिट गीत “बनकि चरी के भन्छे” ले त झन् उहाँको गीत लेखनको उचाईलाई धेरै माथी पुर्यायो। शंका नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैंचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरी बन्छ, तिम्रो खुशी, कुरै बुझिन देखि पहिले दिल साट्ने कुरा भो, सम्म उहाँको एक से एक हिट गीतहरु प्रकाशित छन्। थुप्रै सम्मान तथा पुरस्कारहरु जित्न सफल गीतकार पाण्डेद्वारा लेखिएको गीतहरुको संग्रह पुस्तक “मेरा सय गीतहरु” भर्खर बजारमा सार्बजनिक भएको छ।

समाजका बिभिन्न क्षेत्रका चर्चित तथा सम्मानित एक सय जना लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले लोकार्पण गरेको उक्त पुस्तकलाई ए. बि. सी. पब्लिकेशनले प्रकाशन गरि बजारमा उपलब्ध गराएको छ। गीत संगीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपालि सेना, वकिल, खेलाडि, पत्रकार लगायतका व्यक्तित्वसंग आफ्नो कृति लोकार्पण गराएका पाण्डेले आफ्नो पुस्तक मार्फत समाजका विभिन्न क्षेत्रसंग गीत संगीत क्षेत्रलाई जोड्न चाहेको बताउनु भयो। भारतीय प्रख्यात कबि गीतकार जाबेद अख्तर समेत ले यो कृति लोकार्पण गर्नुलाइ महत्वपुर्ण उपलब्धिको रुपमा सङ्गीत बजारमा हेरिएको छ ।

प्रमुख निर्बाचन आयुक्त दिनेश कुमार थपलिया, गृह सचिब टेक नारायण पाण्डेका साथमा विभिन्न उच्च सरकारी पदस्त कर्मचारीहरु, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि देबेन्द्र पौड्याल, राजेन्द्र प्रसाद पाण्डे – मुख्यमन्त्री – बागमती प्रदेश, राजेन्द्र लिङ्ग्देल-अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी, गगन थापा, योगेश भट्टराईको साथमा विभिन्न राजनीतिज्ञकर्मी, सम्मानित संगीतकार शम्भुजित बास्कोटाका साथमा धेरै संगीतकारहरु, सम्मानित गीतकार किरण खरेलका साथमा अन्य चर्चित तथा ख्याति प्राप्त गीतकारहरु, बाल भिक्षुणी तथा बौद्ध धर्म गुरु डा.अनुजा गुरुमा, रंग पत्रकार कामना सिने मासिक तथा समाचार सम्पादक नेपाल राष्ट्रिय समाचारपत्र तथा पुर्ब अध्यक्ष- चलचित्र पत्रकार संघ बिदुर गिरिका साथमा अन्य पत्रकार व्यक्तित्वहरु, बरिस्ट कलाकार निर शाह, हरिबंश आचार्य, भुवन केसीका साथ अन्य धेरै चलचित्रकर्मी, कराते राष्ट्रिय प्रशिक्षक तथा दशौ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता कुशल श्रेष्ठका साथमा राष्ट्रिय गौरबका धेरै व्यक्तित्व, बृगेडियर जनरल नेपाल आर्मी हिम्मत बहादुर बिष्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले डिजिटल लोकार्प्रित उक्त पुस्तकलाई एक कार्यक्रम गरि पाठकहरुका लागि सार्बजनिक गरिएको हो।

 

अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको “अवरोधको प्रमाण” खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ।अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको अमेरिकी गुप्तचर निकाय एफबीआईको दाबी गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार “अतिगोप्य फाइलहरू” ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए।न्याय मन्त्रालयले आफूले “उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षी”लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ। एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा “अतिगोप्य” थिए।त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए।केहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो।

आज कुशे औँशी/बाबुको मुख हेर्ने दिन

आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी मनाइँदै छ ।सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।आजकाे दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएकाे छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ र  बाबुको मुख हेर्ने गर्दछन् ।गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

 

As harvest time looms, China tells farmers to replant or switch crops

China, Aug 26 As China’s record heatwave starts to subside, farmers are assessing the damage caused by a prolonged drought and the government is urging them to replant or switch crops where they can.

More than 70 days of extreme temperatures and low rainfall have wreaked havoc along the basin of the Yangtze, which supports more than 450 million people as well as a third of the country’s crops. Though rain is expected over the coming 10 days, farmers near the depleted Poyang Lake in central China’s Jiangxi province, normally a flood outlet for the Yangtze, worry that the heat has already done too much damage. “We can’t switch to other crops because there’s no land,” said Hu Baolin, a 70-year old farmer in a village on the outskirts of Nanchang, Jiangxi’s provincial capital. He said his plants, including rapeseed oil and sesame, were far less developed compared to normal years, and his pomelos were just a third of their usual size.

 

“Don’t let people see it and think I brought you here on purpose. You can go anywhere you like (in this village), it’s all the same.” The agriculture ministry said on Tuesday that the hot weather posed a “serious threat” to autumn grain production and urged local governments to “do everything possible” to find more water. Drones were deployed in the worst hit province of Sichuan in China’s southwest on Thursday to seed clouds and induce rain, while other regions along the Yangtze have been mobilising firefighters to spray parched crops, state broadcaster CCTV said.

Nearby wells were severely depleted, and a gaggle of geese milled around a pond that had completely dried up around 10 days ago. Villagers had also been battling a brush fire nearby. The agriculture ministry in an emergency notice on Tuesday called on farmers to harvest and store rice and take action to strengthen grain growth in coming weeks. In areas where the drought has already inflicted heavy damage, farmers are encouraged to switch to late-autumn crops like sweet potatoes, but that is no easy task.

Analysts saw rice production as the most vulnerable. “I think the biggest impact of the heatwave is going to be on the rice crop – corn also has issues but not that much,” said Ole Houe, director of advisory services at agriculture brokerage IKON Commodities in Sydney. China, the world’s biggest rice consumer and importer, was already expected to import a record 6 million tonnes in 2022/23, according to estimates from the U.S. Department of Agriculture. Chongqing and Sichuan province in the southwest are reeling after more than two weeks of temperatures in excess of 40 Celsius (104 Fahrenheit) – causing crop damage, forest fires and power rationing.

Low rainfall has also affected the Yangtze’s lower reaches, including Zhejiang and Jiangsu on the eastern coast. Water levels at Lake Tai, sandwiched between the two provinces, have fallen to their lowest in 20 years despite the diversion of 500 million cubic metres of Yangtze river since mid-July, the Ministry of Water Resources said on Thursday. China’s water ministry said on Aug. 11 that the drought had already affected nearly 33 million mu (22,000 square kilometres) of arable land and 350,000 livestock, but the final impact is likely to be far bigger.

Factories in Chongqing were originally ordered to restrict output from Aug. 17 until Aug. 24 in order to save power, but curbs have now been extended and normal operations will not resume until weather conditions improve and authorities approve restarts. Although national forecasters reduced their heat alert level from “red” to “orange” from Tuesday, temperatures are still expected to exceed 40C in some places in Chongqing, neighbouring Sichuan and other parts of the Yangtze delta until the weekend.