बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा १,००० भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको सल्मान सुफी बताउँछन्।देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन्।दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन्।कैयौँ विकास परियोजनाका बजेटलाई रकमान्तर गरी प्रभावित मानिसहरूसम्म राहत पुर्‍याइएको छ।

पक्तुन्वा प्रान्तमा बाढीले निम्त्याएको विध्वंसको पूर्ण स्तर अझै पनि बुझ्न नसकिए पनि स्थानीय बासिन्दाले त्यो उनीहरूले आफ्नो जीवनमा भोगेको सबैभन्दा खराब विपद् भएको बताइरहेका छन्।पाकिस्तानका लागि बाढी नौलो होइन तर यहाँका मानिसहरूले यसपालिको वर्षा फरक भएको बताएका छन्।उनीहरूले पहिला त्यस्तो कहिल्यै नदेखेको टिप्पणी गरे। एक जना स्थानीय अधिकारीले बाढी असाध्यै भीषण भएको उल्लेख गरे।

Spread the love