डोनल्ड ट्रम्पको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको “अवरोधको प्रमाण” खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ। हालै  अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार “अतिगोप्य फाइलहरू” ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए। न्याय मन्त्रालयले आफूले “उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षी”लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ।

फ्लोरिडाको वेस्ट पाम बीच इस्टेटमा छापा मार्नुअघि अदालतमा कागजपत्र पेस गरिएको थियो। न्याय मन्त्रालयका अनुसार ती कागजपत्रहरू एउटा गल्फ क्लबबाट बरामद भएका थिए। उसका अनुसार ती ११ थान ‘गोप्य कागजपत्रमा’ नयाँ विस्तृत विवरण छैन। मुचुल्का बनाउने एफबीआईका एक अधिकारीले आफूहरूसँग “प्रमाण, तस्करी, अपराधको फल वा अवैध रूपमा राखिएका अन्य सामग्री ” पत्ता लाग्ने विश्वास गर्ने सकिने “सम्भावित कारण” थियो भनेर लेखेका छन्।

ट्रम्पको मारा लागो निवासमा

 “उक्त परिसरमा अवरोधको प्रमाण फेला पर्नेछ भन्ने विश्वास गर्ने सम्भावित कारण पनि छ,” त्यसमा उल्लेख गरिएको छ।

ट्रम्पको मारा लागो निवासबाट गत ज्यानुअरीमा फेला पारेका १५ बाकस कागजपत्र केलाउँदा न्याश्नल आर्काइभ्सले तीमध्ये केही ‘अतिगोप्य वर्गीकृत’ फाइल पनि रहेको पत्ता लगाएपछि ट्रम्पमाथि आपराधिक मामिलामा अभूतपूर्व अनुसन्धान सुरु भएको देखिन्छ। न्याश्नल आर्काइभ्सले ह्वाइट हाउससँग सम्बन्धित अभिलेख राख्ने गर्छ। एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा “अतिगोप्य” थिए। त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए।

ट्रम्पकेहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो।
Spread the love