अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको “अवरोधको प्रमाण” खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ।अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मार्दा ‘अवरोधका प्रमाण’ भेटिएको अमेरिकी गुप्तचर निकाय एफबीआईको दाबी गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार “अतिगोप्य फाइलहरू” ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए।न्याय मन्त्रालयले आफूले “उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षी”लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ। एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा “अतिगोप्य” थिए।त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए।केहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो।

Spread the love