कोभिड नेपाल: थप २,६३८ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। नेपालमा थप २,६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार बताएको छ।

पछिल्लो २४ घण्टामा ११,७४८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,४८९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। कुल परीक्षणको २२.४ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा ४,३४८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३ प्रतिशत पुगेका छन्।  नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ७० हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०७१ पुगेको छ। अहिले कुल ३२,३४९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,९६१ जना संस्थागत आइसोलेशनमा रहेका छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ८,२३० जना काठमाण्डू उपत्यकामा रहेका छन्।

Spread the love