जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन गर्दै – राष्ट्रिय वाणिज्य बैंक

जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन गर्दै – राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) ले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले जेठ २५ गतेदेखि ‘८।५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ।   बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षा हुने – नतिजा सार्वजनिक गर्ने निर्णय

 जेठ, काठमाडौं  :  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । आन्तरिक मूल्यांकनबा नतिजा सार्वजनिक गर्ने निर्णय  मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले  जानकारीको छ ।

कालो ढुसीको संक्रमण बढ्दो – काठमाडौंमा भेटिए संक्रमित

जेठ, काठमाडौं :  म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको छ ।

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएका छन्त्रि  वि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको सूचना पाएको छ ।  एकजनालाई भने काठमाडौं रेफर गरिएको थियो ।  नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ ।

विशेष गरी मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड एवं एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने बिरामीसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ ।  जसले गर्दा त्यस्ता व्यक्तिहरुमा आँखा सुनिने, दुख्ने, धमिलो देख्ने, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, एक्कासी सुगर बढ्ने, सास फेर्न असहज हुने लगायतका लक्षणहरु देखा पर्छन् ।  बढी ओसिलो ठाउँमा कालो ढुसीको संक्रमण हुने जोखिम बढी हुने हुन्छ ।