बिहान साढे ६ /७ बजेदेखि एनटिसीका मोबाइल नम्बरमा फोन लाग्नेन

बिहान साढे ६ /७ बजेदेखि एनटिसीका मोबाइल नम्बरमा फोन लाग्नेन

९ असार, काठमाडौं  : नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् । मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण खुलेको छैन ।  र बिहान साढे ६ /७ बजेदेखि फोन नलाग्ने समस्या आएको छ ।

नेपाल टेलिकमले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए । ‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ ।

व्यवसायिक क्षेत्र चलायमान – निजी सवारी साधनहरु जोरबिजोर प्रणाली

८ असार, काठमाडौं   : कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्युनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ । आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।  जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ । यो पछिल्लो आदेश मंगलबार बिहान १ बजेदेखि असार १४ गते राति १२ बजेसम्मलाई हो ।    निषेधाज्ञा खुकुलो भएपछि काठमाडौं उपत्यकामा बिहानैदेखि कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।  सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ । खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स -ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

सुन पसल, भाँडा पसल, विद्युतीय सामग्री, घरायसी सामग्री, अटोमोबाइल, शोरुम, अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।   निर्माणजन्य सामग्रीका पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।  कुखुरा, दाना, चल्ला, पशुपक्षीजन्य पदार्थ, भेटेरिनरी, सरसफाइमा प्रयोग गर्ने सामान, पि्रन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।  सार्वजनिक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ । विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने व्यवस्था मिलाइएको छ । उक्त आदेशको पालना नगरे कारवाही हुने चेतावनीसमेत दिइएको छ ।

आईपीओ ल्याउदै १८ कम्पनीहरु

नेपाल धितोपत्र  बोर्डका अनुसार अहिले १८ वटा कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न आवेदन दिएका छन्। यी कम्पनीहरुले कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेका हुन। प्राथामिक बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा आईपीओ बिक्री गर्ने कम्पनीहरु समेत बढेका छन्। अहिले आईपीओको पाइपलाइनमा करिब ४ वर्ष अघि नै आवेदन दिएको मैलुङ खोला जलविद्युत समेत रहेको छ। उसले २०७४ असोज २० गते ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएको थियो।

आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।

अहिले आईपीओ जारी गर्न अनुमति माग्ने अधिकाँश कम्पनीहरु हाइड्रोपावर क्षेत्रका रहेका छन्। १८ वटा कम्पनीमा १३ वटा हाइड्रोपावर रहेका छन् भने दुई माइक्रोफाइनान्स, दुई इन्स्योरेन्स र एक अन्य क्षेत्रको कम्पनी रहेको छ।

यी १८ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा नै आईपीओ जारी गर्न आवेदन दिएका छन्। लकडाउनले रोकिएको आईपीओ निष्काशन लकडाउन खुकुलो भएसँगै कम्पनीहरुले पुनः आईपीओ बिक्रीमा ल्याउन थालिसकेका छन्।

लकडाउनको कारण पछिल्लो समय धितोपत्र बोर्डबाट अनुमति पाएका कम्पनीहरुले समेत आईपीओ बिक्रीमा ल्याउन पाएका थिएनन्। नेपाल धितोपत्र बोर्डले गत जेठ ३० गते मात्रै जीवन विकास लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो। उसले यहि असार ११ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने गरी विवरणपत्र सार्वजानिक गरिसकेको छ।

 

सुनको भाउमा गिरावट, प्रतितोला ९० हजारमा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार तोलामै १ हजार १०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

धितोपत्र बोर्डको विज्ञप्तिपछि शेयरमूल्यमा उच्च गिरावट

मंगलबार नेपाल धितोपत्र बोर्डले लगानीको लागि जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजानिक गरेपछि बुधबार शेयर बजारमा पहिरो गएको छ।   केहि समयदेखि लगातार बढ्दाे क्रममा रहेकाे बजार मंगलबार सामान्य अंकले घटेको थियो भने बुधबार ५२ अंकले घटेर नेप्से सूच ३ हजार विन्दुभन्दा तल झरेको छ।  बैभन्दा धेरै ६० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको ५५ करोड ५७ लाख, नेश्नल हाइड्रोपावरको ४६ करोड ७६ लाख र अरुण भ्यालि हाइड्रोपावरको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन नेप्से सूचक ५२.३९ अंकले घटेर २९६९.७२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ८.५६ अंकले घटेको छ। यस दिन शेयरमूल्य उच्च दरले घट्ने कम्पनीमा पछिल्लो समय उच्चदरले बढ्दै आएका फाइनान्स, हाइड्रोपावर र विकास बैंक रहेका छन्।

बुधबार कारोबारमा आएका १३ उपसमूहको सूचमकध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने माइक्रोफाइनान्स उपसमूहको सूचक भने २.६२ प्रतिशतले बढेको छ। यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९.९२ प्रतिशत, नेश्नल हाइड्रोपावरको ९.९१ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९.८८ प्रतिशत र आँखु खोला हाइड्रोको ९.८५ प्रतिशतले घटेको छ। बुधबार लगानीकर्ताहरुरु माइक्रोफाइनान्स कम्पनीहरुमा आकर्षित भएको देखिन्छ। उन्य समूहमा बिक्रीचापको कारण उच्च गिरावट आइरहदा माइक्रोफाइनान्सहरुमा भने लगानीकर्ताले खरिद चाप बढाएका छन्।

यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ६.८१ प्रतिशतले घटेको छ भने विकास बेंक उपसमूहको ४.०३ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.७४ प्रतिशतले घटेको छ। यस्तै होटल उपसमूहको सूचकमा पनि ५ प्रतिशतभन्दा धेरैको गिरावट देखिन्छ।

यस दिन कारोबार रकम पनि केहि घटेको छ। बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजजार १२८ कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा खरिदबिक्री भएको छ। बुधबार कारोबारमा आएका १७ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन्। बुधबार सिइडिबि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९० प्रतिशतले बढेको छ भने फस्ट माइक्राेफाइनान्सको ७.२० प्रतिशत, युनियन हाइड्रोपावरको ६.४४ प्रतिशत, आरएसडिडि लघुवित्तको ५.६२ प्रतिशत र सामुदमयिक लघुवित्तको ५.२३ प्रतिशतले बढेको छ।

कोरोनासम्बन्धी प्रतिबन्धहरुलाई बिदाइ गर्दै क्यालिफोर्निया

झण्डै एकबर्ष लामो महामारीको कहालीलाग्दो कहरपछि क्यालिफोर्नियामा नयाँ अध्यायको सुरुवात भएको छ।  कोरोनाकाे महामारी सुरु भएपछि अमेरिकामा पहिलोपटक लकडाउन गर्ने क्यालिफोर्निया कोरोना सम्बन्धि प्राय सबै प्रतिबन्धहरुलाई विदाई गर्दै खुल्ला भएको छ ।

 क्यालिफोर्नियाले प्राय सबै प्रतिबन्ध हटाएर ग्रयाण्ड ओपनिङको घोषणा गरेको छ ।  मंगलबारदेखि लागू हुनेगरी क्यालिफोर्नियामा सामाजिक दुरीको नियम हटाइएको छ । साथै रेष्टरेण्ट, बार, सुपरमार्केट, जिम र स्टेडियम लगायत कुनै पनि स्थानमा कुनै प्रतिबन्ध लगाइएको छैन । पूर्ण क्षमतामा संचालन गर्न सकिनेछ ।

E-Commerce Expert Luca Valori Confirms: In 2020

The e-Commerce and the Social Media Marketing are sectors in constant growth, with ample opportunities to expand, and 2020 is giving us a glimpse of that growth potential.

That is why Luca Valori – a young entrepreneur defined by Forbes Italia as one of the leading online marketing experts – decided to create some of the most relevant courses in the world on e-commerce and social media marketing.

Observing that these niches are a real trend nowadays, it is easy to understand why Luca Valori had a turnover of over $ 3,000,000 in the first six months of 2020. These positive numbers have allowed Luca to create a network of over 6,000 students, most of which are making a profit as well.

There is a positive trend also in the “Valori Luca International” team, that has reached over 30 employees, with salary peaks for the Head of Sales of $ 70,000 per month. Staggering figures that are expected to grow 80% in 2021.

These figures may seem unbelievable and not achievable for most people, but Luca Valori is keen to clarify: “Thanks to my courses, these numbers are now accessible to everyone, and thanks to ongoing assistance, my students can count on constant support during their path”.

अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति

काठमाडौँ : अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।  बाढीपहिरोका कारण विभिन्न जिल्लामा हराएका मानिसको खोजी र विस्थापितको सुरक्षित स्थानान्तरण सरकारको प्रमुख प्राथमिकता रहेको एक मन्त्रीले बताएका छन्।

मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।  हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको छ ।  जिल्ला प्रहरीका अनुसार  सिन्धुपाल्चोकमा एक जनाको शव भेटिएको र ३० जना जति सम्पर्कविहीन रहेको विवरण छ ।

 

सिन्धुपाल्चोकको भीषण बाढी-पहिरो

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्‍याएको छ।   यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि  बाजुरासम्म  बाढी-पहिरो आएको छ।

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएको र सातजनाको मृत्यु भएको  छ । स्थानीय क्षितिज लामाका अनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए। हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै मानिसहरूलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको स्थानीय प्रशासनले जनाएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारी अनुसार हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन्। लमजुङको दोर्दीखोलामा मंगलबार साँझ आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ।

३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका मुखियाको मृत्यु

विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ।  बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको छ। उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन्।

मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा ‘मन भारी’ भएको भन्दै समवेदना प्रकट गरेका छन्। चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो।  चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्। अन्य व्यक्तिहरूले पनि उनीहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरेका कारण चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन।

त्यस्तै चानाको परिवारको ठ्याक्कै सङ्ख्या यकिन गर्न पनि सहज छैन। एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिए पनि त्यसको आधिकारिकता पुष्टि भएको छैन। त्यो परिवार १०० कोठा भएको घरमा बस्छ।

चानाको घर

रोयटर्सका अनुसार   सो घर हेर्न विश्वभरिबाट पर्यटक आउने गरेका छन्। चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन्। सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ।