उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात – निषेधाज्ञा अझै खुकुलो

असार, काठमाडौं :उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सिडिओकै तहबाट टुंग्याइएको स्रोतले बतायो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषय टुंगो लगाइनेछ । नयाँ निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर सार्वजनिक यातायात पनि चल्ने भएका छन्।

Spread the love