‘प्रचण्ड’प्रधानमन्त्री भएपछि सेयरबजार ओरालो लाग्यो

Stock-Market-Challenge

‘प्रचण्ड’प्रधानमन्त्री भएपछि सेयरबजार ओरालो लाग्यो

२५ साउन, काठमाडौं – सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ ।   सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ । नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन । नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्ति (बियरिस ट्रेन्ड)मा छ । अघिल्लो साताको बुधबार -१२ साउन) नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो ।

पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो । खासगरी मारवाडी समुदायका लगानीकर्ता प्रचण्ड प्रधानमन्त्री बनेपछि त्रसित बनेको एक ब्रोकरले बताएका छन् ।  प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदारोहणबाट लगानीकर्ता डराएको ब्रोकरहरु बताउछन् । स्रोत:  नयाँ पत्रिका

fake ATM in Nepal of thepowernews

नक्कली एटीएम कार्ड प्रयोग गर्न प्रहरीको फन्दामा

६ साउन, काठमाडौं – सर्भर हृयाक  गर्ने मेसिन र पाँचवटा एटिएम कार्ड पनि बरामद भएको छ । उनीहरुबाट सपक्राउ पर्नेमा विराटनगर घर भएका कोषराज भट्टराई र दोलखा घर भएका लीलाबहादुर बाँण छन् ।    नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले अरुको खातको पैसा आफ्नो क्रेडिट कार्डमा सार्नेसमेत गर्दथे । झन्डै नै महिनादेखि उनीहरुले पोखराका विभिन्न स्थानबाट नक्कली एटीएम कार्ड प्रयोग गरी पैसा झिक्दै आएका थिए । स्रोत:-  नयाँ पत्रिका

international business about thepowernews

बैदेशिक रोजगार बचतपत्रप्रति नेपाली आकर्षण

४ साउन, काठमडौं । पछिल्लो समय बैदेशिक रोजगार बचतपत्रप्रति वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको आकर्षण बढेको छ । ‘गत आर्थिक वर्ष बैदेशिक रोजगार बचतपत्र हालसम्मकै सबैभन्दा बढी बिक्री भएको छ,’ भने- ‘हामीले निष्काशन विधिलाई केही सरलीकरण गरेपछि बिक्री बढेको हो ।’ गत आर्थिक वर्ष २०७२/०७३ मा यो बचतपत्र सरकारी लक्ष्यको ५५ प्रतिशत बिक्री भएको छ । गत आवमा सरकारले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने लक्ष्य राखेकोमा २७ करोड ५ लाख १५ हजार रुपैयाँको बचतपत्र बिक्री भएको छ ।  २९ गते २५ करोडको बचतपत्र निष्काशन गर्दा ८ करोड २० लाखको बिक्री भएको र बैश्ााख २९ मा २५ करोडकै निष्काशन गरिएकोमा ८ करोडको मात्रै बिक्री भएको थियो ।

सरकारले २०६७ सालदेखि पहिलोपटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न थालेको हो । ०६७ असार ३२ गते पहिलोपटक ९.९५ प्रतिशत व्याज दिनेगरी १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन हुँदा जम्मा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । जुन कुल निष्काशनमा बिक्रीको हिस्सा ०.४० प्रतिशत मात्रै हुन आउँछ ।

त्यसपछि ०६८ असार १२ गते ५ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गर्दा ०.०७ प्रतिशत ३३ लाख ८० हजार रुपैयाँको मात्रै बिक्री भयो । जसमा बचतपत्र खरिदकर्ताले १०.५० प्रतिशत व्याज पाउँथे । त्यसैगरी, ०६९ असार २८ गते १ अर्बको बचतपत्र निष्काशन गर्दा ०.८७ प्रतिशत अर्थात् ८६ लाख ६० हजार रुपैयाँको बचतपत्र बिक्री भएको थियो । जसमा १० प्रतिशत व्याजदर थियो । ‘सरकार ग्यारेन्टी भएको बचतपत्र भएकाले यसमा गरिएको लगानी डब्ने संभावना नरहने भएकाले वैदेशिक यसमा गरिएको लगानी सबैभन्दा सुरक्षित छ,’ भने- ‘प्रतिफल पनि उच्च छ ।’

pilot-flying-airplane

दुई महिनामा १८ जना पाइलटले जागिर छाडे

७ असार, काठमाडौं – दुई महिनामा २२ जना पाइलटहरुले धमाधम राजिनामा दिन थालेका छन् । राजिनामा दिएका आजको नयाँ पत्रिका देनिकले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गोमा एयरका को-पाइलट बिशाल कार्कीलाई पक्राउ गरेको थियो । चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस पढेजस्तै पाइलट पेसामा पनि त्उस्तै प्रवृत्ति देखिएको थियो । स्रोत :-नयाँ पत्रिका

same no school van and ambulance

दुईवटा सवारी साधन एउटै नंबरका

काठमाडौंः महानगरीय ट्राफिक महाशाखा रामशाहपथले एकै नम्बर उल्लेख भएको एउटा स्कुल भ्यान र एम्बुलेन्सलाई शुक्रबार नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाडौंबाट एउटै नम्बर प्लेट भएका दुईवटा भ्यानलाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका दुबै गाडीको नम्बर बा१च ७७५१ रहेको छ । प्रमुख प्रकाश अर्यालले क्लिटन स्कुलको विद्यार्थी बोक्ने भ्यानलाई चाबहिलस्थित गणेशस्थानबाट र एम्बुलेन्सलाई बौद्धबाट नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाले दिएको छ ।

petrol in nepal

नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि अध्ययन सुरु – दैलेखको चट्टान चीन लगियो

३ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र ग्यास उत्खनन् गरिसक्ने बताएसँगै सरकारले पेट्रोल उत्खननलाई प्राथमिकतामा राखेको छ । नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि चिनियाँ सरकारको सहयोगमा अध्ययन सुरु भएको छ । चिनियाँ टोलीले दैलेख लगायतका केही स्थानमा पुुगेर नमूना संकलन गरिसकेको छ ।  दैलेखबाट प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । दैलेखमा ३ सय वर्ष पुरानो ज्वाला देखिन्छ । अस्ति मैले पनि त्यहाँ ग्यास निभाएर फेरि आगो बालेर हेरेँ । त्यस क्षेत्रमा धेरै ग्यास लिकेज भइरहेको छ । त्यहाँका खोलामा पानीका फोका देखिने गरेको छ, त्यो पनि ग्यास बाहिरिएको हो । पहिलो चरणमा ६ जना विज्ञहरु आएका छन् । उनीहरुले दैलेखमा एक महिनासम्म अध्ययन अनुसन्धान गरी त्यहाँका चट्टानहरु चाइनाको प्रयोगशालामा लगेर अध्ययन गरिरहेका छन् । उनीहरु केही समयमै नेपाल फर्किन्छन् । सबैतिरको चट्टान समेटिएको छ । ड्रील गरेर पनि निकालिएको थियो, बाहिरका पनि थिए । उनीहरुले दैलेखमा ग्यासको अतिरिक्त पेट्रोलको पनि ठूलो सम्भावना देखियो भनेर गएका छन् ।

जहाँ ग्यास देखिएको हो, त्यो निकै उचाइमा भएका कारण यस्तो अनुमान गरिएको हो । अब ड्रिल गरेर ग्यासको स्रोत कति तल छ भन्ने हेरेपछि मात्रै उत्खननको काम शुरु हुन्छ ।

Korea language in nepal

कोरियन भाषा परीक्षामा पनि नक्कली परीक्षार्थी

४ असार, काठमाडौं – सरकारले यसवर्षदेखि इपीएस भाषा परीक्षामा खेताला परीक्षार्थी सहभागी हुने क्रम रोक्न भन्दै फारम भर्न नै मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको थियो । कोरियामा रोजगारीमा जानका लागि लिइने इपीएस कोरियन भाषा परीक्षाको पहिलो दिन शनिबार मात्रै ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पोखरा र काठमाडौंका २१ वटा परीक्षा केनद्रमा परीक्षा सञ्चालन भइरहेको छ । शनिबार भएको दुई चरणको परीक्षामा २८ हजार ६ सय ८२ जनाले सहभागिता जनाए । पहिलो सिफ्ट अन्तरगत १४ हजार ३ सय ६४ र दोस्रोमा १४ हजार ३ सय १८ जनाले परीक्षा दिए । भोलि आइतबारपनि दुई सिफ्टमा परीक्षा हुनेछ । तर, अरुकै एमआरपी बोकेरै पनि परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको इपीएस कोरिया शाखाका निर्देशक बास्तोलाले बताए । परीक्षा दिन आउँदा एआरपी र प्रवेशपत्रको सक्कल अनिवार्य गरिएको छ । परीक्षाको नतिजा आउँदो साउन ११ गते प्रकाशित हुनेछ । उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।

petrol pomp in nepal

बिहीबारदेखि पेट्रोल दिने सूची (पम्पहरुको सूचीसहित)

१७ कात्तिक, काठमाडौं – नेपाल आयल निगमले निजी सवारी साधनलाई तेल वितरण गर्ने पम्पहरुको नाम सार्वजनिक गरेको छ ।  मोटरसाइकलका लागि बिहीबार १ देखि ३० लटसम्म, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ देखिमाथिको लटका लागि पेट्रोल दिइनेछ । निगमका अनुसार ५० निजी पम्पमार्फत पेट्रोल बाँडिनेछ ।  बिहीबारदेखि तीन दिनसम्म निजी मोटरसाइकल र कारलाई लटका आधरमा तेल दिने निर्णय गरेको छ । उक्त निर्णय अनुसार तेल दिने सूची मंगलबार सार्वजनिक भएको छ ।Pump-list

totla auto

नयाँबर्ष २०७२ को हार्दिक मंगलमय शुभकामना – टोटल अटो सोलुसन एण्ड टेडिङ्ग प्रा.ली.

नेपालीहरुको घर आँगनमा आइरहेको नयाँबर्ष २०७२ ले हाम्रा सम्पुर्ण पर्यटन व्यबसायी बर्ग, राजनितिक बर्ग, उधोगी तथा व्यबसायी बर्ग, समाजसेबी साथै देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीदाजुभाई तथा दिदिबहिनीहरु लगायत हाम्रा शुभचिन्तक एवं शुभेच्छुक सहकर्मी मित्रहरु समक्ष यहाँहरुको जीबनमा नयाँ उत्साह, उमंग,जोस, नयाँ आयाम, दिर्घायु, समृद्घि, सु–स्वास्थ एवं उत्तरोत्तर प्रगती यसबर्षले ल्याओस् भन्ने सद्भाबना प्रकट गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

बिकास श्रेष्ठ
अध्यक्ष / प्रबन्ध निर्देशक
महेश भण्डारी
राजकुमार श्रेष्ठ
नबराज  श्रेष्ठ
राजु  श्रेष्ठ
प्रबन्ध निर्देशक

टोटल अटो सोलुसन एण्ड टेडिङ्ग प्रा.ली., चावहिल,काठमाडौ ।

फोन नं ४४६२५००

engine care Nepal Pvt ltd

नयाँबर्ष २०७२ को हार्दिक मंगलमय शुभकामना – सुमन पराजुली

नेपालीहरुको घर आँगनमा आइरहेको नयाँबर्ष २०७२ ले हाम्रा सम्पुर्ण पर्यटन व्यबसायी बर्ग, राजनितिक बर्ग, उधोगी तथा व्यबसायी बर्ग, समाजसेबी साथै देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीदाजुभाई तथा दिदिबहिनीहरु लगायत हाम्रा शुभचिन्तक एवं शुभेच्छुक सहकर्मी मित्रहरु समक्ष यहाँहरुको जीबनमा नयाँ उत्साह, उमंग,जोस, नयाँ आयाम, दिर्घायु, समृद्घि, सु–स्वास्थ एवं उत्तरोत्तर प्रगती यसबर्षले ल्याओस् भन्ने सद्भाबना प्रकट गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

सुमन पराजुली
प्रबन्ध निर्देशक
इन्जीन केयर नेपाल प्रा. लि. परिवार
तिनकुने, काठमाडौ ।