कोरियन भाषा परीक्षामा पनि नक्कली परीक्षार्थी

Korea language in nepal

४ असार, काठमाडौं – सरकारले यसवर्षदेखि इपीएस भाषा परीक्षामा खेताला परीक्षार्थी सहभागी हुने क्रम रोक्न भन्दै फारम भर्न नै मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको थियो । कोरियामा रोजगारीमा जानका लागि लिइने इपीएस कोरियन भाषा परीक्षाको पहिलो दिन शनिबार मात्रै ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पोखरा र काठमाडौंका २१ वटा परीक्षा केनद्रमा परीक्षा सञ्चालन भइरहेको छ । शनिबार भएको दुई चरणको परीक्षामा २८ हजार ६ सय ८२ जनाले सहभागिता जनाए । पहिलो सिफ्ट अन्तरगत १४ हजार ३ सय ६४ र दोस्रोमा १४ हजार ३ सय १८ जनाले परीक्षा दिए । भोलि आइतबारपनि दुई सिफ्टमा परीक्षा हुनेछ । तर, अरुकै एमआरपी बोकेरै पनि परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको इपीएस कोरिया शाखाका निर्देशक बास्तोलाले बताए । परीक्षा दिन आउँदा एआरपी र प्रवेशपत्रको सक्कल अनिवार्य गरिएको छ । परीक्षाको नतिजा आउँदो साउन ११ गते प्रकाशित हुनेछ । उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।

Spread the love