गभर्नरले ब्याज बढ्ने भनेपछि सेयर बजार ओरालो

गभर्नरले ब्याज बढ्ने भनेपछि सेयर बजार ओरालो

गभर्नरले ब्याज बढ्ने भनेपछि सेयर बजार ओरालो आएको छ। ३२२७ अंकको बुलबाट २२३८.६२ अंकमा बजार  झरेको हो।  न्यूनतम विन्दुलाई छोएको  बजारले बीचमा टेवा लिएर माथि जाने गरेको थियो। पछिल्लो सात कारोवार दिनमा बजार २०६ अंकले घटिसकेको छ।  बिहीबार बजार ३७.०६ अंक तल ओर्लिएको हो। नियामकको नियन्त्रणरुपी दबाबका कारण यसअघि २२६० को न्यूनतम विन्दुसम्म बजार फर्किएको थियो। बिहीबार उक्त विन्दुलाई समेत ब्रेक डाउन दिँदै परिसूचक २२३८ को विन्दुका सीमित हुन पुगेको हो।

मध्यान्हसम्म पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले एकाएक रणनीति परिवर्तन गर्दै बिक्री गर्न  पुगेका हुन्। तरलता संकट र अर्थतन्त्रको बिग्रंदो आकारले पनि बजारको गिरावटमा योगदान पुर्‍याएको जानकारहरु तर्क गर्दै आएका छन्।

शेयर बजारलाई ‘ग्रो’ अनि ‘फेयरनेस’ र ‘टान्सपरेन्सी’ बनाउने – अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार कार्यभार सम्हालेका छन् । गत बिहीबार बसेको मन्त्रीपरिषदले उनलाई बोर्डको अध्यक्ष नियुक्ति गरेको थियो । शुक्रबार नै अर्थमन्त्री जानर्दन शर्माबाट सपथ लिइ सकेका नवनियुक्त अध्यक्ष हमालले आइतबार कार्यभार सम्हाल्दै ‘बजार सुधारका लागि हदैसम्मको कदम’ चाल्ने बताएका छन् । यर बजारलाई यहासम्म ल्याउनका लागि तपाईहरुको योगदान ‘कन्ट्रिब्युसन’ पनि छ र हाम्रो पनि ‘कन्ट्रिब्युसन’ छ । नेपाल धितोपत्र बोर्डको टिम हामी सबैको एउटै उद्देश्य हो, नेपालको शेयर बजारलाई बलियो बनाउने, स्वस्थ्य बनाउने र ‘फेयर’ बनाउने हामी सबैको उद्देश्य हो ।  सबभन्दा ठूलो कुरा साना लगानीकर्ताहरुलाई मर्का नपरोस । किनकि साना लगानीकर्ता नबचाउने मार्केटमा कहिले पनि राम्रोसँग दीगो विकास हुन सक्दैन् ।

सैदान्तिक रुपमा तपाईहरुलाई शेयर बजारका बारेमा थाहा नै छ । ‘फिलोसोपी’ को कुरा गर्दा हामी कहाँ (नेपाल धितोपत्र बोर्ड)मा भएका कर्मचारीहरु २० औं वर्षदेखि यहा हुनु हुन्छ । यो बजारलाई कसरी हेल्दी रुपमा ‘ग्रो’ गर्ने, यसमा ‘फेयरनेस’ होस, ‘टान्सपरेन्सी (पारदर्शी) होस । यसमा एउटै किसिमको ‘रियालिष्टि’ रुपले हेरियोस र नियमन निकाय साच्ची नै नियमन निकाय नै होस । कसैलाई पनि अन्याय हुन नपाओस । – नवनियुक्त अध्यक्ष हमाल

 

दुई महिनामा २१.५०% घटेको बजार पाँच दिनमा ९.५५% फर्कियो

 दुई महिना लगातार घटेको शेयर बजारले गएको पाँच दिनमै आधाजसाे रिकभर गरेको छ। दुई महिनामा २१.५०% घटेको बजार पाँच दिनमा ९.५५% फर्कियो । गएको पाँच दिनमै बजारले ९.५० प्रतिशतको वृद्धि कायम गरेको छ।  गत भदौ २ गते उच्चतम बिन्दु कायम गरेको बजार गत कार्तिक २ गतेसम्म लगातार घट्दो क्रममा देखिएको थियो। उच्चतम बिन्दु ३१९९.०३ अंक छोएर घटेको बजार २५११.१० अंकसम्म ओर्लिएको थियो। लामो समय लगातार घटेको बजारले छोटो समयमै बाउन्स व्याक गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन्।

गएको दुई महिनामा बजारले उच्चतम बिन्दुबाट ६८७.९७ अंक गुमाइसकेको थियो। जुन २१.५० प्रतिशत थियो। तर गएको पाँच कारोबार दिनमै बजारले २३९.९७ अंकको वृद्धि कायम गरेको छ। जुन ९.५५ प्रतिशतको वृद्धि हो।बजार जसरी घटेको थियो ।  जुन सर्वाधिक कारोबार रकमको रेकर्डको तुलनामा ९३ प्रतिशत कम हो। कारोबार रकम समेत बढ्दै गएको छ। गएको दुई कारोबार दिनमा बजारमा कारोबार रकम समेत ह्वात्तै बढेको छ। दुई देखि साढे दुई अर्बको हाराहारीमा कारोबार हुँदै आएको बजारमा सोमबार कारोबार रकम बढेर चार अर्ब नाघेको थियो। सोमबारको तुलनामा थप रकम वृद्धि हुँदै मंगलबार कारोबार रकम ६ अर्ब २४ करोड माथि उक्लिएको छ। कारोबार रकम खुम्चिएर एक अर्ब ४० करोडमा झरेको तुलनामा मंगलबार कारोबार रकम ३४३ प्रतिशतले बढेको छ। जति जति बजार बढ्दै जाने छ। त्यति त्यति बजारमा घुम्ने पैसा थप बढ्दै जाने छ। जसले कारोबार रकम समेत बढाउन टेवा पुर्‍याउने छ। बुधवार शेयर बजार पुनः बढेमा कारोबार रकम समेत थप बढ्ने बाँस्तोलाको भनाई छ।

दुई महिना देखि शेयर बजार घट्दो लयमा थियो। बजार सर्ट टर्म बियरिस नै भई सकेको थियो। गएको एक महिना यता कुनै दिन शेयर किन्ने पनि नाफामा गएका थिएनन्। जसले गर्दा सर्ट टर्म कारोबारी हात बाँधेर बसेका थिए। किनकि कसैले पनि बजारमा नाफा कमाउने स्थिति थिएन। उनीहरूले कारोबार बन्द गरिदिएपछि कारोबार रकम समेत सुस्ताउँदै गएको थियो। तर गएको तीन दिन देखि बजारमा थोरै आश गर्ने ठाउँ देखिन थालेको छ। केही लगानीकर्ता थोरै नाफामा समेत जान थालेका छन्।

शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने- जनार्दन शर्मा

 नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या सामाधान गर्दै सर्वसाधारणकाे हित हुने गरी विकास गरिने  शर्माले बताएका छन्।  शर्माले  पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण अनुकुल बनाइने बताएका हुन्।

 

सर्वोच्चको फैसलापछि शेयर बजारमा तिव्र उतारचढाव

आज बजार खुलेको करिब डेढ घण्टासम्म उकालो लागिरहेको नेप्से सर्वोच्च अदालतको फैसलापछि नेप्सेमा तिव्र उतारचढाव देखिएको छ।आइतबार करिब ७५ अंकले बढेको नेप्से सोमबार नेप्से परिसूचक ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा झरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै यस दिन बजार ओरालो लागेको छ। तर २८ घण्टाभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको समाचारले बजारमा तिव्र उतारचढाव देखिएको छ। सूचक ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सेयर बजारमा छलाङ

काठमाडौं : सेयर बजारमा लगानी गर्न लगानीकर्ता हौसिएका छन्। पछिल्लो केही समययता सेयर बजार कारोबार उत्साहजनक ढंगले भइरहेको छ।  केही समयअघि हाइड्रोमा झुम्मिएका लगानीकर्ताहरू केही दिनयता बैंकिङ  क्षेत्रमा आकर्षित हुन थालेका छन्।  कुनै समय २० करोडको कारोबार हुन पनि मुस्किल भइरहेको बेला पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम भइरहेका छन्। जेठ महिनामा मात्रै तीनवटा भन्दा बढी रेकर्ड भइसकेका छन्।  सेयर बजारमा नयाँ रेकर्ड कायम गर्दै आइतबार १९ अर्ब ५५ करोडको कारोबार भएको छ। गत आइतबार १७ अर्ब २७ करोडको कारोबार भई नयाँ रेकर्ड कायम भएको थियो। यसअघि बजेट आएको दोस्रो दिन जेठ १६ गते पनि नयाँ रेकर्ड कायम राख्दै १७ अर्ब २ करोडको कारोबार भएको थियो। कारोबार मात्र होइन सेयर बजारका सबै सूचक सकारात्मक ढंगले अघि बढिरहेका छन्।

नेप्सेका अनुसार २ सय २१ कम्पनीका १७ करोड ५ लाख ९० हजार ६ सय ४३ कित्ता सेयर ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७ सय ६७ मा कारोबार भए। आइतबार नेप्से मापन गर्ने सूचक ३८.३२ अंकले बढेर परिसूचक २९८३.३२ विन्दुमा रोकिएको छ। आइतबार २ सय २० कम्पनीको १ लाख ८२ हजार ४ सय ३० कित्ता सेयर किनबेच भएको छ।

सेयर विश्लेषक सन्तोष मैनाली पछिल्लो समयमा लगानीकर्ता सेयर बजारमा आकर्षित हुँदै गएको बताउँछन्। लकडाउनले सबैको ध्यान सेयर बजारमा खिच्नुका साथै प्रविधि सहजताले पनि कारोबार बढाएको उनी ठान्छन्। ‘सर्वसाधारण लगानी गर्न चाहिरहेका छन् । सेयर बजारको उत्साहले थोरै पुँजी भएका कम्पनीले पनि सर्वसाधारणबाट रकम लिएर देश विकासका लागि उदाहरणीय काम गर्न सक्ने देखिएको छ।

पुँजीबजारको आकार बढेर चिन्ता लिनु नपर्ने ती विश्लेषकको भनाइ छ। मार्केट बढ्नु जोखिम नभई दीर्घकालीन विकासको आधार भएको उनको बुझाइ छ। सेयर बजारको उत्साहले अब देश गरिबीमै रहन सक्दैन भन्ने देखाउँछ।  तरलता र ब्याजदरले पनि सेयर बजारमा सहजता ल्याएको सेयर विश्लेषक मैनाली बताउँछन्। ‘लगानीकर्ता दिन आइरहेका छन्, कम्पनीले लिन आउनुपर्छ।’  पछिल्ला केही समययता हरेक दिनजसो १० अर्बभन्दा बढीको कारोबार भइरहेको छ। यो सातामा ८३ अर्बको कारोबार भएको छ। नेप्सेका अनुसार कारोबार भएका साताका पाँच दिन नै औसतमा १६ अर्ब रुपैयाँको कारोबार भएको छ।

३५ अंकले नेप्से घट्दा

साताको पहिलो दिन आइतबार नेप्सेमा करेक्सन’ देखिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५।८९ अंक घटेर २६९९।५१ विन्दुमा झरेको छ। अघिल्लो साताको बिहीबारदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६।२९ अंक घटेर ४८६।१६ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने केही बढेको छ। गत साताको अन्तिम कारोबार दिन ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९३ हजार ५६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Stock-Market-Challenge

‘प्रचण्ड’प्रधानमन्त्री भएपछि सेयरबजार ओरालो लाग्यो

२५ साउन, काठमाडौं – सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ ।   सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ । नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन । नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्ति (बियरिस ट्रेन्ड)मा छ । अघिल्लो साताको बुधबार -१२ साउन) नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो ।

पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो । खासगरी मारवाडी समुदायका लगानीकर्ता प्रचण्ड प्रधानमन्त्री बनेपछि त्रसित बनेको एक ब्रोकरले बताएका छन् ।  प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदारोहणबाट लगानीकर्ता डराएको ब्रोकरहरु बताउछन् । स्रोत:  नयाँ पत्रिका