सर्वोच्चको फैसलापछि शेयर बजारमा तिव्र उतारचढाव

आज बजार खुलेको करिब डेढ घण्टासम्म उकालो लागिरहेको नेप्से सर्वोच्च अदालतको फैसलापछि नेप्सेमा तिव्र उतारचढाव देखिएको छ।आइतबार करिब ७५ अंकले बढेको नेप्से सोमबार नेप्से परिसूचक ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा झरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै यस दिन बजार ओरालो लागेको छ। तर २८ घण्टाभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको समाचारले बजारमा तिव्र उतारचढाव देखिएको छ। सूचक ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Spread the love