कुन्दुज प्रान्तमा तीन यात्रुवाहक बस अपहरण

कुन्दुज प्रान्तमा तीन यात्रुवाहक बस अपहरण

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीनओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् । स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन् । अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ । सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन

बुहारी कुटेको आरोपमा पक्राउ

मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाइ बुहारी यशोदा लुईँटेललाई निर्घात कुटपिट गरेका हुन् । उनको कुटाइबाट बुहारी गम्भीर घाइते भएकी छिन ।  रत्नपार्कको हिरो मुकुन्देलार्इ प्रहरीले पक्राउ गरेको छ ।