कुन्दुज प्रान्तमा तीन यात्रुवाहक बस अपहरण

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीनओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् । स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन् । अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ । सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन

Spread the love