बस कालीगण्डकी नदीमा खस्दा १७ जना घाइते

बस कालीगण्डकी नदीमा खस्दा १७ जना घाइते

मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको  ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ।बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकाले जानकारी दिएको छ।

बस करिब ४५ मिटर तल खसेको हो । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकाले जानकारी दिएको छ।

बन्दीपुरमा बस दुर्घटना

तनहुँको बन्दीपुरमा बा४ख ५९८८ नम्बरको बस दुर्घटना हुँदा १९ जना घाइते भएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैरहेको छ । चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दाङ दुर्घटनाका घाइते सबै लाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

दाङ: दाङमा भएको बस दुर्घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ भने   १४ जनाकै अवस्था गम्भीर रहेको छ ।  गम्भीर घाइते सबैलाई हेलिकप्टरबाट आज काठमाडौं लगिएको छ । मृतक  सबैको सनाखत भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३ राम्रीमा बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाले भोलि आइतबार तुलसीपुरका सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बस दुर्घटनामा   १० विद्यार्थीको मृत्यु

दाङको तुलसीपुरमा   बा ४ ख ९७६६ नम्बरको  विद्यार्थी बोकेको  बस दुर्घटनामा पर्दा  १० विद्यार्थीको मृत्यु भएको  छ ।  त्यस बसमा कृष्णसेन प्राविधिक शिक्षालयका विद्यार्थी सवार थिए । सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्किएका  बस सडकभन्दा ६/७ सय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएकाे छ ।

 

बस दुर्घटनामा २८ जनाको मृत्यु

भारतको कर्नाटकमा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीले जनाएको छ । घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।  घटनाको बारेमा थप अनुसन्धान हुदैछ ।

 

 

 

Dhading Bus Accident

आबुखैरेनीको नारीघाटमा बस दुर्घटना

तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा  बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएको छ । बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको  छ ।

 

सुनकोशी नदीमा  बस खस्दा तिन जनाको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा  बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा  ३ जनाको मृत्यु भएको छ । घाइतेहरुले दुर्घटनाको कारण चालक भन्दा पनि काठमाडौबाट पूर्व जादै गरेको एउटा मोटरसाइकल दोषी रहेको बताएका छन् ।दुर्घटनामा बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामाको पनि मृत्यु भएको छ । प्रहरीका अनुसार ४ जना घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

धुलिखेलमा बस दुर्घटना

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई  पल्टिँदा २८ जना यात्रु घाइते  भएका छन् ।  बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका मृतकको नगद र गरगहना बेपत्ता

५ वैशाख, काठमाडौं । दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् । खोटाङको बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् । महादेवस्थान-१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत यात्राका क्रममा बोकिएको नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन् । आजको अन्नपूर्णमा समाचार छ । घाइतेले बोकेको झोलासमेत आफन्तले पाएका छेनन् । तनवटा झोलासहित सरसामान बोकेर यात्रा गरेका घाइते तथा मृतकका परिवारले एउटा पनि झोला नपाएको दुखेसो पोखेका छन् ।