२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको शानदार जित

sports

८ माघ, काठमाडौं – नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो ।

खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए ।  विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए । तर, अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए । नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयरका साथै टप स्कोरर बने । उनले ह्याट्रिकसहित चार गोल गरे । नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए ।

Spread the love