संविधान निर्माणमा दाहालको वेवास्ता – भट्टराई-श्रेष्ठ खिन्न

संविधान निर्माणमा दाहालको वेवास्ता – भट्टराई-श्रेष्ठ खिन्न

दि पावर न्युज सम्वाद दाता, काठमाडौ । संविधान निर्माणको कार्यतालिका जटिल मोडमा पुगेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले देखाएको वेवास्ताले उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता बाबुराम भट्टराईलाई खिन्नता भएको छ । दाहाल रोल्पाबाट नफर्कंदै भट्टराई निवास सानेपामा संयुक्त पत्रकार सम्मेलन गरेर संविधान निर्माणमा आफूहरु गम्भीर रहेको संकेत गरेका छन् । ‘पार्टी आधिकारिकरुपमा वार्ता र छलफलबाट भागेको छैन,’ दाहालका धारणालाई व्यक्तिगत बुझ्न आग्रह गर्दै उपाध्यक्ष श्रेष्ठले भने, ‘अध्यक्ष केहीदिन राजधानी बाहिर जाँदैमा वार्ताबाट विमुख भएको भन्न मिल्दैन ।’

दाहाल काठमाडौं छाडेर अन्यत्रै गएपछि भट्टराई र श्रेष्ठलाई बचाउ गर्नसमेत कठीन भएको छ । कांग्रेस-एमालेले पर्यटन बोर्डमा पत्रकार सम्मेलन र सोल्टी होटलमा कुटनीतिज्ञहरुलाई संविधान निर्माणमा अवरोध गरेको स्पष्ट पारेपछि एमाओवादीप्रतिको दृष्टिकोणमा पुनः नकारात्मक सन्देश गएको छ ।

संविधान बनाउन प्रधानमन्त्री उत्साहित देखिएनन

काठमाडौँ, २२ कात्तिकः – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति  बाबुराम भट्टराईले त उनलाई भेटेरै सहमतिको पहल गर्न पटकपटक आग्रह पनि गरे । तैपनि,त्यस्तो बैठकहरुमा प्रधानमन्त्री कोइराला रुची नै देखाउँदैनन् ।  

संविधानको विवादित विषयमा सहमति जुटाउन बस्ने बैठकहरुमा सरकार प्रमुख र संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री सुशील कोइरालाको भूमिका र माग धेरै छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्केपछि कोइराला शीर्षतहका एक–दुई बैठकमा मात्रै सहभागि भएका छन्,त्यो पनि एमाओवादीले आपत्ति जनाएपछि । आफ्नो सरकारी निवास बालुवाटारबाहिर हुने बैठकमा उनी सहभागि छैनन् । अमेरिकाबाट फर्केयता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा त कोइराला एकपटक पनि सहभागि भएनन् । उनी समितिका सदस्य पनि हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार संसद् खुलाउन एकीकृत माओवादीसँग भएको छलफलमा कोइराला उपस्थित भएका थिए । त्यसयता उनी एकदुई बैठकमा मात्रै सहभागि भए । आफू सहभागि नभए पनि प्रधानमन्त्रीले अरु नेतालाई वार्ता,संवाद र सहमति गर्ने जिम्मा दिएको अधिकारीले बताए ।
नयाँपत्रिका दैनिक

निर्धारित माघ ८ भित्र कुनैपनि हालतमा संविधान बन्न नसक्ने – एकीकृत नेकपा माओवादी

दि पावर न्युज संवाद दाता, काठमाडौ – निर्धारित समय माघ ८ भित्र कुनैपनि हालतमा संविधान बन्न नसक्ने एकीकृत नेकपा माओवादीले दाबी गरेको छ ।  अबको २ महिनामा संविधान जारी हुने कुनै आधार नभएको भन्दै माओवादीले प्रमुख सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले जनतामा लालिपपको आश्वासन बाँडिरहेको बताएको छ ।  केन्द्रीय कार्यलय कोटेश्वर पेरिसडाँडामा भएको नियमित पत्रकार भेटघाटमा प्रवक्रा दिनानाथ शर्माले काँग्रेस र एमाले संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा नरहेको आरोप लगाउनुभयो ।

संघीयता, धर्म निरपेक्षता जस्ता विषय माओवादीले उठाएको भन्दै उहाँले यी मुद्धाहरुले सफलता पाए माओवादीले जस पाउने भन्ने डरले काँग्रेस÷एमाले पछि हटेको बताउनुभयो । अहिले पनि २०४७ सालकै संविधान ब्युताउने खेल भईरहेको भन्दै उहाँले संविधानसभाबाट संविधान जारी हुने आसा लगभर सकिएको जिकिर गर्नुभयो ।
२०६३ को अन्तरिम संविधान, विस्तृत शान्तिसम्झौता, १२ बुँदे सहमती लगायत विगतका सहमति बेगर जान नसकिने भन्दै उहाँले काँग्रेस÷एमाले लगायत दलहरु पश्चगामि दिशातिर अग्रसर भैरहेको बताउनुभयो ।
काँग्रेस र एमालेले संघियताका विषयमा ल्याएको नयाँ प्रस्ताव सहमति भाँड्ने प्रयत्न भएको भन्दै उहाँले उनीहरुको प्रस्तावलाई संवाद समितिको प्रतिवेदनमा समावेश गर्न नसकिने बताउनुभयो । पछिल्लो समय समिति सभापति बाबुराम भट्टराईले सक्दो सक्रियता देखाएपनि सहमतिलाई नमान्ने खेलमा काँग्रेस र एमाले लागिपरेकाले सफल हुन नसकेको बताउनुभयो ।

नेता माधव कुमार नेपाललाई पार्टीको तेस्रो वरियतामा राख्ने

दि पावर न्युज संवाद दाता, काठमाडौ – नेकपा एमालेले पूर्व प्रधानमन्त्री एंव नेता माधव कुमार नेपाललाई पार्टीको तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय मदननगर बल्खुमा आज बसेको बैठकमा अध्यक्ष केपि शर्मा ओलिले नेता माधव कुमार नेपाललाई पार्टीको तेस्रो वरियतामा राख्न गरेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।  यस अघि वरिष्ट नेताको जिम्मेवारी सम्हाल्नु भएका नेता नेपाल नवौ महाधिवेसनमा अध्यक्षमा पराजित भएपछि नेताका रुपमा मात्रै हुनुहुन्थ्यो ।  आजको बैठकमा उपाध्यक्ष भिम रावलले पार्टीको तर्फबाट संविधान निमार्ण, सरकार गठन लगाएतका विषयमा भए गरेका कामको जानकारी गराउनुभएको छ ।
उँहाले पार्टी पंक्ति अव संविधान निमार्णमा केन्द्रीत हुनुपर्ने सुझाव सहितको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्य भट्टराईले जानकारी दिनुभयो । अर्को बैठक मंसिर २२ गते वस्ने नेकपा एमालेले जनाएको छ । यसअघिका दुईवटा बैठक बरिष्ठ नेता माधबकुमार नेपालले नवौँ महाँधिबेशनले गरेको निर्णय बिपरित प्रकाशित बिधान अस्विकार गर्ने बताएपछि र संबिधानका बिबादित बिषयमा छलफल गर्नु पर्ने भएकाले स्थगित भएका थिए । नेता नेपालले अबैधानीक रुपले बिधान छापिएको, पार्टी व्यक्तिबादमा चलेको, गुटगत आधारमा सुकुम्बासी आयोग गठन गरेको लगाएतका बिषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई ६ पृष्ठ लामो ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो ।

नौंबुँदेमा अडिए शान्ति सम्झौता भंग – प्रचण्ड

१९ कात्तिक, बिराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेको हालत पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिएका छन् । नौंबुँदे प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यतालाई तोडिदिएको उनले बताए । सुशील कोइराला र केपी ओलीले आफूहरुलाई ढाँटेर नौंबुँदे साझा प्रस्ताव ल्याएको भन्दै उनले प्रस्तावको मनशाय शान्ति सम्झौता भंग गर्ने भएको दावी गरे । उनले भने-‘यदि त्यसैमा कांग्रेस र एमाले अडिने हो भने शान्ति सम्झौता भंग’ हुने चेतावनी दिएका छन् ।

हतारमा कुनै निर्णय नगरौं- बाबुराम भट्टराई

संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान लेखन द्धन्द्ध व्यवस्थापनको विषय समेत रहेकोले हतारमा कुनै निर्णय गर्न नहुने बताएका छन्।

कार्तिक १६ गतेदेखि निरन्तर जारी भनिएको संवाद समितिको बैठक मंगलबार तेस्रोपटक स्थगित भएको निर्णय सुनाए लगत्तै भट्टराईले सञ्चारकर्मीसँग यस्तो बताएका हुन।

सात प्रदेशको संघीय खाका सहितको साझा प्रस्ताव संवाद समितिमा बुझाएको सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भने सहमति नभए अब प्रकृयाबाट संविधान लेखनको विषय अघि बढ्ने बताएका छन्।

सहमतिका लागि अन्तिम पटक भन्दै दिइएको समयसीमा दुई दिन अघि नै गुजारेको संवाद समितिको मंगलबारको बैठक पनि आइतबारको निरन्तरता भन्दै अनिश्चित समयका लागि स्थगित भएको छ।

स्थगित
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले केही साना दलको समर्थन सहित सोमबार संवाद समितिमा पेश गरेको साझा प्रस्तावमाथि छलफल हुँदा हुँदै मंगलबारको बैठक स्थगित भएको घोषणा सभापति बाबुराम भट्टराईले गरेको बताइएको छ।

पार्टीगत रुपमा संविधानका विवादित विषयमा साझा प्रस्ताव संवाद समितिमा पेश गर्न नियमावली अनुसार नमिल्ने भन्दै एकिकृत माओवादी लगायत कतिपय तराइ केन्द्रित दलहरुले विरोध गरेका थिए।

बैठक स्थगित गरेर बाहिरिए लगत्तै उक्त समितिका सभापति भट्टराईले हतारमा संविधानको विषयमा कुनै निर्णय गर्न नहुने बताए। उनले भने, “संविधान बनाउने भनेको विगतको द्धन्द्ध व्यवस्थापनको विषय पनि हो, त्यसैले हतारमा निर्णय गरेर फेरी द्धन्द्धको पुनरावृत्ती गर्नुभन्दा केही समय लिएर द्धन्द्धलाई स्थायी रुपमा समाधान गर्नुपर्छ।”

अन्तिम भन्दै दिइएको समयसीमा गुजारेको संवाद समितिका सभापतिले त्यस्तो प्रतिकृया दिइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकिकृत माओवादीले सहमति नगरे प्रकृयाबाटै संविधान जारी गर्न सकिने बताएका छन्।

प्रकृया
ओलीले भने, “तर्कको पनि एउटा आधार चाहिन्छ नि, सहमत पनि नहुने सहमति बिना पनि नहुने, हाम्रो संविधान दुई तिहाइ वा सो भन्दा बढीले आरामले जारी गर्न सकिन्छ, त्यसैको लागि संविधानसभाको निर्वाचन गरिएको हो।”

सत्तारुढ अर्को दल नेपाली कांग्रेसले भने एकिकृत माओवादीले सहमतिका लागि गम्भीरता नदेखाएर केवल आफ्नो प्रस्तावको विरोध गरिरहेको बेला अब प्रकृयाका लागि बुधबारदेखि संविधानसभाका अन्य समितिहरुसँग छलफल गरिने बताएको छ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “बहुमत सदस्यहरुको समर्थन हामीलाई छ, अब बुधबार हामी सबै संवैधानिक समितिका सदस्यहरुसँग छलफल गरेर प्रकृया अगाडि बढाउने काम गर्छौं।” सत्ताधारी र प्रतिपक्षीबीच संविधानका विषयलाई लिएर बढीरहेको दुरीलाई पछिल्लो गतिरोधले थप फराकिलो बनाउने धेरैको चिन्ता छ। –  बि बि सि

सार्क शिखर सम्मेलनमा भाग लिनमोदी मोटर चढेर नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिमानाकाबाट आउदो मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन गाडी चढेर नेपाल आउने भएका छन् । मोदी गाडी चढेरै नेपाल आउने सुचना पाएपछि बिर्तामोड जनकपुर सडक खण्डमा पिच गर्ने काम धमाधम थालिएको छ ।  पटनाबाट स्थलमार्ग हुँदै भारतीय प्रधानमन्त्री मोदी नेपाल प्रवेश गर्ने बताईएको छ । मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको बैठकमा आउँदा सडकमार्गबाट आउने भएपछि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्ड तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
पटनाबाट ४ घण्टामा यहाँ सिमा नाका आइपुगिन्छ । जिल्ला विकास समितिले समेत सडक स्तरोन्नती र सरसफाइनको लागि विशेष पहल थालेको छ । तिन महिना अघिमात्र नेपाल आउँदा जनकपुर रामजानकी मन्दिरमा सार्क सम्मेलनमा आउँदा जाने बताएपछि यस क्षेत्रमा विशेष चहल पहल सुरु भएको छ ।  भारत पटनाबाट जनकपुरसम्म स्थलमार्गबाट आएर मोदी जनकपुरधाममा रामजानकी मन्दिरको दर्शन गरेर हवाई मार्ग भएर काठमाडौं जाने बताइएको छ । यसबारेमा भारतीय दुतावासले भने अझैसम्म केही बताएको छैन । परराष्ट मन्त्रालयले भने यसबारेमा कुनै आधिकारीक जानकारी नआएको बताएको छ ।

कांग्रेसमा सुजातासहित १८३ निलम्बन गर्न सिफारिस

आश्विन ८, काठमाडौ- संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् । पौडेलले समितिले गरेको निर्णयले पार्टीभित्र संस्थागत अनुशासनको पद्धति बसाल्ने बताए । ‘यो महत्त्वपूर्ण निर्णय हो । समितिले गरेको कारबाहीका निर्णयको सूचना बुधबार केन्द्रीय कार्यसमितिले प्रकाशित गर्छ,’ पौडेलले भने, ‘चित्त नबुझे ३५ दिनभित्र उजुरी गर्न पाउने व्यवस्था भएकाले त्यसलाई समेत ध्यान दिएर पार्टीले निर्णय लिन्छ ।’

‘सुजाता कोइरालाले आफ्नै उम्मेदवारलाई हराउन अन्तर्घात गरेको ठहर भयो,’ स्रोतले भन्यो, ‘पार्टीको नियमावली ०६८ को नियम ४४ ९१० ‘ख’ बमोजिम बहाल रहेको पदीय दायित्व र जिम्मेवारीअनुसार पार्टीको कामकारबाही गर्नबाट उनलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ ।’ ‘सभासद भनिएको छैन । पार्टी दायित्वबाट मुक्त गर्ने भनिएको छ,’ ती सदस्यले भने, ‘सभासदबाट पनि हटाउन सक्ने कि नसक्ने भन्ने विषय केन्द्रीय समितिमा छलफल होला ।’ अनुशासन समितिका सदस्य सुरेन्द्र पाण्डेले कांग्रेसको इतिहासमै पहिलोपटक पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनको कसीमा राख्न संस्थागत निर्णय सुरु भएको बताए । समितिले ५२१ उजुरी माथि छानबिन थालेकोमा १८३ जनालाई कारबाही गर्ने निर्णयसहितको प्रतिवेदन पार्टीलाई बुझाएको हो । ४९ जिल्लाको ७६ निर्वाचन क्षेत्रबाट परेका उजुरीमाथि छानबिन गरिएकोमा १२ उजुरी फिर्ता भएका थिए ।

जनमैत्री अस्पतालको दैनिक आम्दानी सभासद जनार्दन शर्माको घरमा

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमाओवादी सभासद जनार्दन शर्माले जनमैत्री अस्पतालको पैसा आफ्नो घरमा जम्मा गर्न लगाउने गरेको र संसदमा भन्दा बढी समय अस्पतालमा विताउने गरेको समाचार बुधबार साप्ताहिकले छापेको छ । नयाँ ब्यवस्थापनले चित्तबुझ्दो ढंगले अस्पताल चलाउन नसकेको र झनै भद्रगोल हुन पुगेको आरोप लगाउँदै नाबेल समूहबाट ब्यवस्थापनको तालाचाबी प्रभाकर आफैले लिएका हुन् । सार्वजनिक लेखा समितिका सभापति भएका प्रभाकर अचेल संसद भवनतिर भन्दा जनमैत्री अस्पतालमा नै बढी समय भेटिन्छन् । नोबेल समूहले ब्यवस्थापनको जिम्मा लिनुअघि पनि उनले नै अस्पतालमा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने गर्दथे । दैनिकरुपमा आम्दानी भएको रकम नै उनको घरमा पुर्याउन थालिएपछि कर्मचारीहरुले समयमै तलब पाउन नसकेपछि उनीविरुद्ध एमाओवादीका शीर्ष नेताहरुसमक्ष कुरा पुगेको बताइन्छ ।’ बुधबार प्रकाशित सो साप्ताहिकमा लेखिएको छ-

प्रधानमीन्त्रीको बचन

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।-प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितका लागी दाताहरुले उदारतापूर्वक दिएको सहयोग रकमको सदुपयोग गरिने बचन दिनु भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा गणेशमान सिंह फाउण्डेशन र मदन मेमोरियल कलेज, विनायकनगर, नयाँ बानेश्वरले उपलब्ध गराएको राहत रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले पहिरो र बाढी पीडितलाई आएको राहत रकम र राहत सामग्री दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भयो । गणेशमान सिंह फाउण्डेशनले प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा ९ लाख र मदन भण्डारी मेमोरियल कलेजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ । यसैबिच, नेकपा एमालेको राजधानी बिषेश समन्वय कमिटीले देशभर आएको बाढी पहिरो पिडीतको राहातका लागि भन्दै प्रति सदस्य एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । राजधानी कमिटीको आज बसेको बैठकले राजधानीका तिन जिल्ला, बिद्यार्थी, मजदुर बिशेष तथा पेशागत महांसंघमा आबद्ध १७ हजार संगठित सदस्यहरुले अनिवार्य रुपमा प्रतिव्यक्ति एक सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको ईन्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।