नवलपरासीमा एम्बुलेन्स, बस र मोटरसाइकल ठोक्किँदा ७ जनाको मृत्यु

डोलराज रानाभाट,

नवलपरासी, असोज १,

नवलपरासीमा आज भएको दुर्घटनामा ७ को जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन् । भैरहवाबाट पोखरा जाँदै गरेको ना ५ ख २१८३ नं को बस र लु १ च ३७३० नं को रुपन्देही धकधहीको एम्बुलेन्स पूर्व पश्चिम राजमार्गको नवलपरासी रामनगर बासा बसाहीमा दिउँसो १ बजे दुई सवारी साधन एक आपसमा ठक्कर खादाँ ७ जनाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक सूर्यप्रसाद सुवेदीले बताउनुभयो ।

सो घटनामा मृत्यु हुनेहरुमा एम्बुलेन्समा रहेका रुपन्देही पथरकट्टी–७ बस्ने वर्ष ४४ की सबिना मिश्रा फकिर, रुपन्देही केरवानी–१ बस्ने वर्ष ५० की महरुन निशा फकीर र बसमा यात्रा गर्ने पोखरा गणमा दरबन्दी भै रामग्राम–९ नवलपरासी बस्ने वर्ष ३० का फुली सोरी पाती, रुपन्देही रामग्राम ९ बस्ने वर्ष ३५ का सयनिशा, रुपन्देही सिक्टहन २ बस्ने वर्ष ३५ का हुसेन मियाँ, कास्की लेखनाथ–८ चिसवा बस्ने वर्ष ५७ की राममाया गुरुङ्ग र स्याङजा किचनास ६ बस्ने वर्ष ४० की पार्वती गुरुङ्गको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाईते २० जना मध्ये १० को अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाईते सबैको बुटवलस्थित लुम्बिनी अंचल अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित काँग्रेस चोकमा आज भएको सवारी दुर्घटनामा परि २९ जना घाईते भएका छन् । बुटवलबाट काठमाण्डौका लागी छुटेको लु १ ख ७३७६ नं को बस र कावासोतीबाट नारायणगढका लागी छुटेको ना २ ख ६६६७ नंको बस एकै दिशातर्फ जादै गर्दा एक आपसमा ठोक्कीएर दुर्घटना भएको गंैडाकोट प्रहरीले जनाएको छ । घाईतेहरुको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको र घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । अहिले सवारी साधन र चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ । नारायणी अनलाईन बाट

Spread the love