बोगटीको सपना दाहाल र भट्टराईले पुरा गर्ने वाचा गरे

दि पावर न्यूज संवाद दाता, काठमाडौ । -माओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईले एक साता अघि निधन भएका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई स्मरण गर्दै भने, ‘अब हामी एकतावद्ध भएर पार्टी पुननिर्माण गर्छौ ।’  एमाओवादीभित्र दाहाल र भट्टराईबीच अन्तरसंघर्ष ‘भुसको आगोझै सल्किरहेको बेला’ दुई नेताको प्रतिवद्धता दिवंगत नेता बोगटीको श्रद्धाञ्जलीसभाका दिन आएको छ । जीवीत रहदै बोगटीको सपना दुई नेता मिलेर पार्टी एकतावद्ध गराउने भएको स्मरण गर्दै दुवै नेताले उनको सपना पुरा गर्ने वाचा गरे । ‘दिवाकर सपना पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने थियो’ दाहालले रुदै भने, ‘उहालाई सम्झनु भनेको एकतालाई अझ मजबुद बनाउनु  भयो ।’ उनले पार्टी एकताका लागि आफू अन्तिम क्षणसम्म लागिरहने प्रतिवद्धता जनाए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोगटीले नेताहरुलाई इमान्दार हुन सिकाएको उल्लेख गर्दै नेताले भनाइ र गराइमा एकरुपता हुनुपर्ने बताए । ‘हामी जे भन्छौ, त्यो गर्ने बोगटीले सिकाउनु भएको छ, हामीले त्यही गर्नुपर्छ’ उनको भनाइ छ ।

Spread the love