ओलाङचुङगोलामा गाडी गुड्यो

ओलाङचुङगोलामा गाडी गुड्यो

चीन नेपालको सीमामा अवस्थित ओलाङचुङगोलामा सडकको ट्र्याक खोल्ने काम सकेर पहिलो पटक चार पाङ्ग्रे सवारी साधन पुर्‍याएका उक्त सडक नेपाल चीन र भारतबीचको सम्पर्क सञ्जाल विस्तारको एउटा प्रमुख कडी बन्न सक्ने विश्वास गरेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्ना दलका केही नेता र सरकारका दुई मन्त्रीहरू लिएर बिहीवार ओलाङचुङगोला पुगेका थिए। सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राख्दै उनले पहिलो पटक उक्त ठाउँमा सडक पुगेको बताए। उनले जोगबनी हुँदै भारत र चीन जोडिने त्यो सबैभन्दा छोटो मार्ग भएको बताएका छन्। सडक विभागका अधिकारीहरूले ट्र्याक खुले पनि तत्कालका लागि फाट्टफुट्ट गाडी गुड्ने अवस्थामात्रै रहेको भन्दै उक्त सडकलाई कालोपत्रे गर्ने सहितका बाँकी काम पूरा गर्न कम्तीमा विक्र‍म संवत् २०८६ सालसम्म लाग्नसक्ने जनाएका छन्।

तमोर कोरिडोर राष्ट्रिय गौरवको परियोजनाका रूपमा सूचीकृत गरिएको छैन। तर कोशी प्रदेशको सीमामा अवस्थित जोगबनीदेखि चीनसम्म सिमामा रहेको सङ्खुवासभामा अवस्थित किमाथाङ्कासम्मको कोशी कोरिडोरमा अब तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सुनिश्चितता भए कामले अझ तीव्रता पाउन सक्ने धारणा राखेका छन्। आर्थिक वर्ष २०६६-६७ बाट सुरु भएको यो परियोजना अन्तर्गत उक्त खण्डमा हालसम्म करिब २० प्रतिशत काम सकिएको उनको भनाइ छ।

तमोर नदी हुँदै यो राजमार्ग अघि बढ्नेछ

चतराबाट तमोर नदीको किनारै किनार सुभाङखोलासम्मको सडक निर्माणको जिम्मा पाएका अधिकारीहरूले कुल ११२ किलोमिटर खण्डमा करिब ३० प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्।  “चतरादेखि मूलघाटसम्म ४३ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लगाउन बाँकी छ। तर मूलघाटबाट ११२ किलोमिटर गणेश चोकसम्म ठेक्का लगाएका छौँ। उनले उक्त खण्डका लागि ४ अर्ब २५ करोड रुपैयाँ लाग्ने भए पनि यस आर्थिक वर्षमा जम्मा ५८ करोड रुपियाँ मात्रै बजेट आएको बताए। “बेला बेलामा बजेटको अभाव हुन्छ। हामीले चतराको पुलबाट मूलघाटसम्म ठेक्का लगाउने प्रयोजनका लागि २ अर्ब २५ करोड रुपैयाँ मागेका छौँ,” उनी भन्छन्। “अर्थ मन्त्रालय पुगेर स्रोत सहमति आएको छैन। अहिले बनेको बाटोलाई धेरै सुधार गर्नुपर्ने अवस्था छ।”

काठमाण्डूबाट सेनाको हेलिकोप्टरमा गएका पूर्व प्रधानमन्त्री ओली ओलङचुङगोलामा जीप चढ्दैं

पूर्व प्रधानमन्त्री ओली ओलङचुङगोलामा जीप चढ्दै

ओलाङचुङगोला पुगेका पूर्वप्रधानमन्त्री ओलीले नेपाल र चीनबीच विगतमा आफ्नो कार्यकालमा पारवहन सन्धि भएपछि यो सहित ९ वटा सडक मार्गले नेपाल र चीनलाई जोड्ने योजना बनाएको उल्लेख गरेका छन्। केही महिना अघिसम्म उक्त आयोजना कार्यालयको प्रमुख भई ताप्लेजुङमा कार्यरत अमिन्द्र खड्का गल्छी-त्रिशुली हुँदै मैलुङ र त्यहाँबाट ठोरी हुँदै सडक मार्ग निर्माण नगरिएसम्मको अवस्थामा नेपाल हुँदै भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो बाटो तमोर कोरिडोर हुने बताउँछन्।  “तमोर कोरिडोरको रेखाङ्कन चाहिँ चतरा हुँदै हो तर मैले धरानपट्टिबाट हिसाब गर्दा २९५ किलोमिटर जति दूरी देखिएको छ। चतरातर्फबाट गर्‍यो भने १५ किलोमिटर जति धेरै होला।” यो सडक मार्गलाई दुई लेनमा विकास गर्ने लक्ष्य राखिएकाले र नेपाल तर्फको अन्तिम बजार मान्ने गरिएको र ओलाङचुङगोलाबाट टिप्ताला झन्ज्याङसम्म स्थानीय बासिन्दाको पहलमा पहिला नै ट्रयाक खुलिसकेको उनले सुनाए। अमिन्द्र खड्काले  थपे, “ओलाङचुङगोलाबाट टिप्ताला भन्ज्याङसम्म पुग्न २० किलोमिटर जति लाग्छ। त्यहाँबाट रिऊ बजार जान १६ किलोमिटर लाग्छ। त्यहाँ केही सय घर भएको बस्ती नै रहेछ। उत्तरी मानिसहरूको कुरा सुन्दा ठ्याक्कै कलकत्ता बन्दरगाहको छोटो बाटो भनेर यसलाई भन्ने पनि गरिएको छ। नेपालतर्फबाट बिहार र उत्तर प्रदेश जान यताबाट छोटो पर्छ भन्ने कुरा रहेको छ।”

बाँदरले किसान लखेट्दै कतै बन्दुक पड्काइँदै, यसरी भइरहेछन् हायलकायल

चैतको मध्ये दिउँसो पर्वत जिल्लाको पैयूँ गाउँपालिकास्थित सौरीकोट गाउँमा एक हुल गाउँले हस्याङफस्याङ गर्दै बाँदर धपाइरहेका थिए। चर्को घाममा असिनपसिन मानिसहरू होहल्ला गर्दै बाँदरको पछि लाग्दै थिए। कसैको हातमा लाठी थियो भने कसैको हातमा गुलेली। गहुँ बारीमा पसेका बाँदरका बथान उफ्रिएर छेउको बाँस झ्याङमा पुग्यो। केही गाउँलेको लसुन र प्याजका मुन्टा पनि चुँडाल्न तिनले भ्याइसकेका रहेछन्। मान्छेको हुल देखेपछि बाँसको बाक्लो झ्याङमा छिरेका बाँदर त्यसपछि केही बेरका लागि अलप भए दिनैपिच्छेको हैरानीबाट आजित स्थानीय किसान राधा न्यौपानेले बाँदरले आफूहरूलाई ‘रुवाइ छाडेको’ बताइन्। “खेती गरेर भित्र्याउँछु भन्नै परेको छैन। गाउँतिर खेतहरू बाँझै छन्। त्यसले केही बाँकी नराख्ने रहेछ। मकै, गहुँ, मुसुरो, केराउ, कोदो केही छाडेन। धान पनि मिच्ने रहेछ,”

“बिहान ६ बजेदेखि घरबाट निस्केको। खान पनि पाएको छैन। यिनीहरूकै पछि लाग्दैमा ठिक्क छ। घरैभित्र छिरेर आँटीको मकै पनि बाँकी राख्दैन,” निधारको पसिना पुछ्दै उनले भने। बिहान उठेदेखि अरू काम छाडेर भए पनि बाँदर धपाउन जानै पर्ने अवस्थाको चित्रण गर्दै न्यौपानेले चर्को स्वरमा सरकारको आलोचना गरे। “सरकारले बरु हामीलाई पाल्देओस्। नत्र आफ्नो खेतीको पनि खान नपाएपछि किन गर्नु यो खेती?”  जाने जतिको उपाय अपनाउँदा पनि बाँदरबाट जोगाउन नसकिएको सुनाउँदै उनले भने, “अलि अघि पटाका ल्याएर सालघारीमा पनि पड्कायौँ। तर पुलिस आएर उल्टै हाम्रो सातो गयो।”

अचेल नेपालका कैयन् स्थानका किसानहरू खास गरी मकै खेतीबाट एक किसिमले विकर्षित नै भइरहेको नेपाल कृषि अनुसन्धान परिषद्का अधिकारीहरू बताउँछन्। खेतमा बाँदर पसेर बाली खाइदिने, भाँच्दिने अनि बिगारिदिने क्रम बढेपछि किसानहरू बिलखबन्दमा परिरहेका छन्। मकै मात्र नभई लगभग सबैजसो खाद्यान्न, तरकारी, तथा फलफूलमा पनि बाँदरले त्यसै गरी नोक्सानी पुर्‍याउने गरेको किसानहरूको साझा गुनासो रहँदै आएको छ। देशभरि बाँदरका कारण किसानलाई कति नोक्सानी पुगिरहेको छ भन्ने बारे न त कृषि मन्त्रालय न त कृषि विभाग न त अन्य सरकारी निकायले नै कुनै लेखाजोखा गरेका छन्। ती निकायका अधिकारीहरू बाँदरले धेरै हानि पुर्‍याइरहेकोमा चाहिँ एकमत छन्।

“विशेष गरी मध्ये पहाडी क्षेत्रमा बाँदर, बँदेल र दुम्सी अनि तराईमा नीलगाई समेतले बालीनालीमा नोक्सानी पुर्‍याउँदै आएका छन्। एक दशक यता चाहिँ बाँदरको समस्या महामारी जस्तै भएर देखा परेको छ,” नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि वैज्ञानिक श्रीमत श्रेष्ठले बताए। त्यसरी बाँदरको सङ्ख्या र समस्या फैलनुमा देशमा बसाइँसराइको प्रवृत्ति मुख्य जिम्मेवार भएको उनी ठान्छन्।

आफ्ना गाउँमा बाँदरले दु:ख दिएकै कारण मानिसहरू खेतीबाट पलायन हुन थालेको कृषक लेखनाथ बस्याल बताउँछन्। “एक हलको मेलोलाई उत्पादन गराउनका लागि हामीकहाँ मकै छर्दा तीन हजार रुपैयाँ खर्च हुन्छ। गोडमेललाई अर्को तीन हजार लाग्छ तर भित्र्याउने बेला केही पनि पाइँदैन,” । यस्तो राम्रो उर्वरा शक्ति भएको ठाउँमा बाँदरले नाश गरेपछि मानिस विस्थापित भएका छन्।” आगामी चार-पाँच वर्षमा त खेती गर्ने कोही बाँकी नहुने चिन्ता उनले प्रकट गरे। तर बाँदरले बाली नोक्सानी गरेकै कारण कुल खेती योग्य जमिनमध्ये कति प्रतिशत बाँझो छाडिएको छ त भन्ने प्रश्नको उत्तर आफूहरूसँग पनि नभएको कृषि अनुसन्धान परिषद्का अर्का वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए। अर्बौँ रुपैयाँको नोक्सानी भइरहेको हामी अनुमान गर्न सक्छौँ। एउटा लगाएको बालीमा हुने नोक्सानी छ भने अर्को उसले नाश गर्ला भनेर बाली तथा फलफूल रोप्नै छाडेका पनि छन्,” उनले भने। सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा कृषि विभागसँग पनि बाँदरले पुर्‍याएको नोक्सानी यकिन विवरण छैन। प्रदेशहरूले आफ्नै तहबाट यस्ता समस्याको रेकर्ड राखिरहेको पाइन्छ। “हामीले जिल्ला तथा पालिकाबाट आँकडाहरू सङ्कलन त गर्न खोजिरहेका छौँ। तर यो एउटा राष्ट्रिय मुद्दा नै बनिसकेको छ। कसरी अगाडि बढ्ने भन्ने एउटा नीति चाहिन्छ,” गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टंकप्रसाद प्रसाईले भने। यसै साता राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको राष्ट्रिय कृषि गणना २०७८ को ‘सामुदायिक प्रतिवेदन’मा जङ्गली जनावरले कृषि उत्पादनमा पुर्‍याएको हानिनोक्सानीबारे वडा तहमा गरिएको अध्ययनको नतिजा उल्लेख छ। सो नतिजाअनुसार देशभरिका करिब ६ हजार वडामा गरिएको अध्ययनमा सबैभन्दा बढी झन्डै ४ हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा हानिनोक्सानी पुर्‍याउने गरेको उल्लेख छ।

बैशाख १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ – प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.

२०८१ बैशाख १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.

बैशाख १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ – नगर उप प्रमुख मुरारी तामाङ

२०८१ बैशाख  १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ टोखा नगरपालिका नगर उप प्रमुख मुरारी तामाङ

बैशाख १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ – नगर प्रमुख प्रकाश अधिकारी

२०८१ बैशाख१ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी

बैशाख १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ – पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा,प्रमुख अशोक अधिकारी

२०८१ बैशाख  १ देखि ७ गतेसम्म संचालन भैरहेको व्यतिगत घटना दर्ता अभियान सफल पारौ टोखा नगरपालिक पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा,प्रमुख अशोक अधिकारी

कर बिषयमा जानकारी दिनुहुदै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.

टोखा नगरपालिकामा व्यवसायदर्ता अभियान कार्यक्रममा कर बिषयको जानकारी दिनुहुदै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.