ओलाङचुङगोलामा गाडी गुड्यो

चीन नेपालको सीमामा अवस्थित ओलाङचुङगोलामा सडकको ट्र्याक खोल्ने काम सकेर पहिलो पटक चार पाङ्ग्रे सवारी साधन पुर्‍याएका उक्त सडक नेपाल चीन र भारतबीचको सम्पर्क सञ्जाल विस्तारको एउटा प्रमुख कडी बन्न सक्ने विश्वास गरेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्ना दलका केही नेता र सरकारका दुई मन्त्रीहरू लिएर बिहीवार ओलाङचुङगोला पुगेका थिए। सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राख्दै उनले पहिलो पटक उक्त ठाउँमा सडक पुगेको बताए। उनले जोगबनी हुँदै भारत र चीन जोडिने त्यो सबैभन्दा छोटो मार्ग भएको बताएका छन्। सडक विभागका अधिकारीहरूले ट्र्याक खुले पनि तत्कालका लागि फाट्टफुट्ट गाडी गुड्ने अवस्थामात्रै रहेको भन्दै उक्त सडकलाई कालोपत्रे गर्ने सहितका बाँकी काम पूरा गर्न कम्तीमा विक्र‍म संवत् २०८६ सालसम्म लाग्नसक्ने जनाएका छन्।

तमोर कोरिडोर राष्ट्रिय गौरवको परियोजनाका रूपमा सूचीकृत गरिएको छैन। तर कोशी प्रदेशको सीमामा अवस्थित जोगबनीदेखि चीनसम्म सिमामा रहेको सङ्खुवासभामा अवस्थित किमाथाङ्कासम्मको कोशी कोरिडोरमा अब तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सुनिश्चितता भए कामले अझ तीव्रता पाउन सक्ने धारणा राखेका छन्। आर्थिक वर्ष २०६६-६७ बाट सुरु भएको यो परियोजना अन्तर्गत उक्त खण्डमा हालसम्म करिब २० प्रतिशत काम सकिएको उनको भनाइ छ।

तमोर नदी हुँदै यो राजमार्ग अघि बढ्नेछ

चतराबाट तमोर नदीको किनारै किनार सुभाङखोलासम्मको सडक निर्माणको जिम्मा पाएका अधिकारीहरूले कुल ११२ किलोमिटर खण्डमा करिब ३० प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्।  “चतरादेखि मूलघाटसम्म ४३ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लगाउन बाँकी छ। तर मूलघाटबाट ११२ किलोमिटर गणेश चोकसम्म ठेक्का लगाएका छौँ। उनले उक्त खण्डका लागि ४ अर्ब २५ करोड रुपैयाँ लाग्ने भए पनि यस आर्थिक वर्षमा जम्मा ५८ करोड रुपियाँ मात्रै बजेट आएको बताए। “बेला बेलामा बजेटको अभाव हुन्छ। हामीले चतराको पुलबाट मूलघाटसम्म ठेक्का लगाउने प्रयोजनका लागि २ अर्ब २५ करोड रुपैयाँ मागेका छौँ,” उनी भन्छन्। “अर्थ मन्त्रालय पुगेर स्रोत सहमति आएको छैन। अहिले बनेको बाटोलाई धेरै सुधार गर्नुपर्ने अवस्था छ।”

काठमाण्डूबाट सेनाको हेलिकोप्टरमा गएका पूर्व प्रधानमन्त्री ओली ओलङचुङगोलामा जीप चढ्दैं

पूर्व प्रधानमन्त्री ओली ओलङचुङगोलामा जीप चढ्दै

ओलाङचुङगोला पुगेका पूर्वप्रधानमन्त्री ओलीले नेपाल र चीनबीच विगतमा आफ्नो कार्यकालमा पारवहन सन्धि भएपछि यो सहित ९ वटा सडक मार्गले नेपाल र चीनलाई जोड्ने योजना बनाएको उल्लेख गरेका छन्। केही महिना अघिसम्म उक्त आयोजना कार्यालयको प्रमुख भई ताप्लेजुङमा कार्यरत अमिन्द्र खड्का गल्छी-त्रिशुली हुँदै मैलुङ र त्यहाँबाट ठोरी हुँदै सडक मार्ग निर्माण नगरिएसम्मको अवस्थामा नेपाल हुँदै भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो बाटो तमोर कोरिडोर हुने बताउँछन्।  “तमोर कोरिडोरको रेखाङ्कन चाहिँ चतरा हुँदै हो तर मैले धरानपट्टिबाट हिसाब गर्दा २९५ किलोमिटर जति दूरी देखिएको छ। चतरातर्फबाट गर्‍यो भने १५ किलोमिटर जति धेरै होला।” यो सडक मार्गलाई दुई लेनमा विकास गर्ने लक्ष्य राखिएकाले र नेपाल तर्फको अन्तिम बजार मान्ने गरिएको र ओलाङचुङगोलाबाट टिप्ताला झन्ज्याङसम्म स्थानीय बासिन्दाको पहलमा पहिला नै ट्रयाक खुलिसकेको उनले सुनाए। अमिन्द्र खड्काले  थपे, “ओलाङचुङगोलाबाट टिप्ताला भन्ज्याङसम्म पुग्न २० किलोमिटर जति लाग्छ। त्यहाँबाट रिऊ बजार जान १६ किलोमिटर लाग्छ। त्यहाँ केही सय घर भएको बस्ती नै रहेछ। उत्तरी मानिसहरूको कुरा सुन्दा ठ्याक्कै कलकत्ता बन्दरगाहको छोटो बाटो भनेर यसलाई भन्ने पनि गरिएको छ। नेपालतर्फबाट बिहार र उत्तर प्रदेश जान यताबाट छोटो पर्छ भन्ने कुरा रहेको छ।”

Spread the love