न्यू योर्क शहरमा पाइप बम ‘विस्फोट’

प्रहरी स्रोतलाई उद्धृत गर्दै एबीसी न्यूज टेलिभिजनले जनाए अनुसार घटनामा उक्त बस टर्मिनलको भूमिगत मार्गमा एउटा पाइप बम विस्फोट गराइएको हुन सक्छ।  न्यू योर्क शहरको प्रहरीले त्यहांको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको बताएको छ। टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनिरहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार सोमबार विहान सो घटना भएको बताइएको छ। प्रहरीले घटनामा संदीग्ध व्यक्ति बाहेक अरुलाई चोट नलागेको बताएको छ।

Spread the love