मुम्बई सहरमा आगलागी बाह्रको मृत्यु

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलमा आगलागीमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ  ।  आगलागीबाट ध्वस्त भएको यस भवनको भग्नावशेषमा अझै पनि ६ जना व्यक्ति पुरिएका  छन्। पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको  छ । घटनामा घाइते  भएका व्यक्तिहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।  अग्निनियन्त्रणसम्बन्धी सरकारी अधिकारीहरुले आगो अहिले नियन्त्रणमा लिएका  छन् । मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन् ।

Spread the love