बिदेशी बिद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

काठमाडौ : हिजो २०८० साल आषाढ ३० गते शनिवारको दिन ग्रामिण सामुदायिक कार्यक्रम ( RCDP ) अन्तर्गत ३ हप्ताको सामुदायिक कार्यक्रम समाप्त गरेको उपलक्ष्यमा बिदाई कार्यक्रमको आयोजना भएको थियो। उक्त कार्यक्रममा स्पेनिस समुहको बिदाई गरिएको थियो। कार्यक्रममा भानु नगरपालिका, तनहुँका नगर प्रमुख तथा युनेस्को महासंघका अध्यक्ष श्री आन्नद राज त्रिपाठीज्युले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो।
होटल लाफा प्रा.लि., लैनचौर, ठमेलमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिपक अधिकारीज्यु तथा ठमेल युनेस्कोका अध्यक्ष तथा युनेस्को महासंघका उपाध्यक्ष श्री अनिल सिलवालज्युको पनि सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन संस्थाका राष्ट्रिय संयोजक श्री होम ओझाज्युले गर्नु भएको थियो। सोही कार्यक्रममा हट न्युज एक्सप्रेस प्रा.लि.का अध्यक्ष श्री दिपक न्यौपानेज्युको पनि सहभागिता रहेको थियो।

Spread the love