प्रधानमन्त्री दाहालले दिए पत्नीलाई दागबत्ती

प्रधानमन्त्री दाहालले दिए पत्नीलाई दागबत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ। उनी ६९ वर्षकी थिइन्।सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट पीडित थिइन्। उनलाई बुधवार बिहान हृदयाघात भएको थियो। बुधवार काठमाण्डूस्थित नर्भिक अस्पतालमा उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। बुधवार दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ। प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा  अन्त्येष्टि गरिएको छ ।

Get 2 Months FREE on Yearly Subscriptions -Vianet Launches Renewal Offer

[Kathmandu], Vianet Communication Ltd., Nepal’s one of the leading internet service provider, has introduced Renewal Offer for its valued customers. By renewing their yearly subscriptions for any Vianet Internet package, customers will receive a bonus of 2 Months FREE internet service. This limited-time offer is available until Ashadh 2080. Renewal Offer highlights Vianet’s commitment to customer satisfaction and appreciation for their support. Existing customers can save more while enjoying a seamless online experience.

Vianet is the first in the country to start bringing fiber internet to homes, to launch the first multi-gig internet service, and as an internet and IPTV service provider for the past 23 years, it is famous for its reliable service and active customer support.

To learn more about the Renewal Offer and other exciting promotions, please visit www.vianet.com.np

 

 

नेपाल युनेस्को महासंघको पुर्ण बैठक सम्पन्न

काठमाण्डौ : हिजो २०८० आषाढ २२ गते शुक्रबारका दिन नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको काठमाण्डौको गोकर्ण स्थित केन्द्रिय कार्यलयमा राष्ट्रिय समितिको पुर्ण बैठक सम्पन्न भएको छ। दुई दिन चल्ने उक्त बैठक शुरु हुन भन्दा अगाडी केन्द्रिय कार्यालय परिसर वरिपरि भिषण सरसफाई कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख श्री आन्नद राज त्रिपाठीज्युले मन्तब्य राख्नु हुदै सरसफाईमा बिशेष जोड दिनु पर्ने कुरा बताउनु भएको थियो। उहाँले युनेस्कोको महत्वको बारेमा पनि प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा महासंघका राष्ट्रिय उपाध्यक्ष, ठमेल युनेस्को क्लबका अध्यक्ष तथा समाजसेबी श्री अनिल सिलवालज्युले युनेस्कोकर्मी सबै हातेमालो गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिदै निकट भबिष्यमानै बिश्व सम्पदा सुचीमा रहेको पशुपती क्षेत्रको भण्डारखाल क्षेत्रमा बृक्षारोपण गर्ने योजना बनाउनु पर्ने कुरा बताउनु भएको थियो।

कार्यक्रममा मानार्थ अध्यक्ष श्री हरिबंश किराँत, सल्लाहकार डा. श्री केदार नाथ दाहाल, बरिष्ठ उपाध्यक्ष श्री महेश्वर प्रसाद शर्मा, महासचिब श्री युवराज न्यौपाने, सहायक महासचिबद्वय श्री राजकुमार के.सी र रामनाथ मैनाली, बागमती प्रदेश उपाध्यक्ष श्री बिकाश अधिकारी, सदस्यज्युहरु श्री सुबाश चन्द्र दाहाल, सबिन शर्मा, प्रदिप राज अधिकारी, दाना प्रसाद अधिकारी, सिद्वेश्वर बोगटी लगायतको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रममा सबैले आ-आफ्नो छोटो मिठो मन्तब्य राख्नु भएको थियो।

 

प्रचण्डको राजीनामा माग शब्दका कारण कि गठबन्धनभित्रको खटपट

एउटा अभिव्यक्तिका कारण सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि अर्को अभिव्यक्तिका कारण विवादमा परेका छन्। उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध मात्रै गरेको छैन, उसले उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्ता साझेदार नेपाली कांग्रेसकै एक महामन्त्रीले आपत्ति व्यक्त गरेका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ सात राजनीतिक दलहरूको बैठकमा समेत प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको नेताहरूले बताएका छन्।

चण्डको अभिव्यक्तिपछि विकसित राजनीतिक घटनाक्रमलाई एक विश्लेषकले सत्तारूढ गठबन्धनभित्र चुलिँदै गरेको मतभेदको असरका रूपमा समेत व्याख्या गर्न सकिने बताए। नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपसँग जोडिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र टेलिभिजन बहसहरूमा पनि प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले चाहिँ आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्। बिहीवार प्रधानमन्त्रीका प्रेस सल्लाहकारले वक्तव्य जारी गर्दै उनको उक्त “अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको” जनाएका छन्।

गत सोमवार सिख समुदायका व्यवसायी प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले गरेका प्रयासहरूको चर्चा गरेका थिए। “उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो काठमाण्डूका धेरै पार्टी नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो,” विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा प्रचण्डले भनेको सुनिन्छ। ती भिडिओमा “राजनीति सफल भए मात्रै देश विकास हुने” सिंहको विश्वासको प्रशंसा गर्दै प्रचण्डले उनीसँगको निकटताबारे पनि चर्चा गरेको सुनिन्छ।

एसईईको प्रमाण पत्रमा ६ महिनाभित्र नाम, थर र जन्ममिति सच्याउन सकिने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र नतिजामा सुधार देखिएको बोर्डले जनाएको छ । तर प्रयोगात्मक नम्बरको व्यवस्था नभएका गणित, अर्थशास्त्र र ऐच्छिक गणितलगायत विषयमा न्यून ग्रेड ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् ।  ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ । यस वर्ष २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् । यस वर्ष २१.०९ प्रतिशत अर्थात् १ लाख २ हजार २ सय ९३ जनाले उक्त जीपीए ल्याएका छन्, गत वर्ष यही जीपीएका विद्यार्थी २२.७४ प्रतिशत थिए । जीपीए १.६ देखि २.० प्राप्त गर्ने ८८ हजार ४ सय ४७ जना अर्थात् १८.२४ प्रतिशत छन् । गत वर्ष २०.३० प्रतिशतले उक्त जीपीए ल्याएका थिए । यस्तै १.२ देखि १.६३ जीपीए प्राप्त गर्ने ८ हजार ७ सय ७० अर्थात् ७.९९ प्रतिशत छन्, गत वर्ष उक्त जीपीए भएका विद्यार्थी ९ प्रतिशत थिए । यस वर्ष २ हजार २ सय अर्थात् ०.४५ प्रतिशत विद्यार्थीले जीपीए ०.८ देखि १.२ ल्याएका छन् । गत वर्ष ०.६६ प्रतिशतको उक्त जीपीए थियो । १३ हजार ९ सय ९२ (२.६९ प्रतिशत) विद्यार्थीको नतिजा भने विभिन्न कारणले रोकिएको छ ।

कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्नेछ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको थर ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई थर सच्याउनको लागि सिफारिस सहित पठाउनुपर्छ । यी सबै प्रमाणहरू जुटाएर एसईईको प्रमाण पत्र पाएको ६ महिना भित्रै बोर्डमा आइपुग्नुपर्ने हुन्छ ।

इ डी आई ग्लोबल एजुकेशनको स्ट्डी इन अष्ट्रेलियामा सम्पन्न

इ डी आई ग्लोबल एजुकेशनको स्ट्डी इन अष्ट्रेलियामा एण्ड क्यानडा भव्यताका साथ सम्पन्न इ डी आई ग्लोबल एजुकेशनले विशेष गरी आफ्नो +२ शिक्षा पूरा गरेर क्यानाडा र अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई लक्षित गरी जुलाई ३, २०२३ मा आफ्नो कार्यालय परिसरमा इन्फर्मेसन सेसनको आयोजना गरेको छ। उक्त कार्यक्रम्मा ECA (एजुकेशन सेन्टर अफ अष्ट्रेलिया) को प्रतिनिधित्व गर्दै इन्टरनेशनल रिक्रुटमेन्ट म्यानेजर सपना थपलियाले इच्छुक विद्यार्थीहरूको लागि अष्ट्रेलियामा उपलब्ध असङ्ख्य अवसरहरूको बारेमा छलफल गर्दै शैक्षिक परिदृश्यको बारेमा बहुमूल्य जानकारी प्रदान गर्नुभयो। साथै, ATMC (अस्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज) का प्रतिनिधि श्री नारायण गौतमले ATMC द्वारा प्रदान गरिएका पाठ्यक्रमहरूको विस्तृत श्रृंखलाको बारेमा विस्तृत जानकारी गर्नुभयो। एडमिट अफरको प्रतिनिधित्व गर्दै सिम्रन कौरले क्यानाडामा उपलब्ध अवसरहरूको बारेमा प्रकाश पार्दै क्यानडाको शिक्षा प्रणालीको बारेमा चर्चा गर्नु भयो। समग्रमा, इ डी आई ग्लोबल एजुकेशन द्वारा आयोजित इन्फर्मेसन सेसनले विद्यार्थीहरूलाई क्यानडा र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने बारे जान्ने अवसर प्राप्त गरेको आयोजकले जानकारी गराएको छ।

क्यान कन्सल्टिङ सर्भिसेजले गर्यो स्टडी इन क्यानडा इन्फर्मेसन सेसन

क्यान कन्सल्टिङ सर्भिसेजले गर्यो स्टडी इन क्यानडा इन्फर्मेसन सेसन र प्री-डीपार्चर ब्रिफिङ्ग क्यान कन्सल्टीङ सर्भिसेजले क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आफ्नै कार्यालय नयाँ बानेश्वर मा स्टडी इन क्यानडा इन्फर्मेसन सेसन र प्री-डीपार्चर ब्रिफिङ्ग क्यानेडियन कलेज प्रतिनिधिबाट सम्पन्न गरिएको छ। उक्त सेसनमा जर्जियन कलेजका कन्ट्री रिप्रेजेनटेटिभ फर साउथ एसिया रोहन रावतले क्यानडा र जर्जियन कलेजका अवसरहरूबारे विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए । विगत आठ देखि दश वर्षमा, क्यानडा उच्च शिक्षा खोज्ने विद्यार्थीहरूको लागि शीर्ष देशहरू मध्ये एक भएको वताउदै शिक्षाको उच्च स्तर र कम खर्चमा उच जीवनयापन को कारण विद्यार्थीहरू अन्य विकसित राष्ट्रहरू भन्दा क्यानडालाई मन पराएको भन्ने कुरामा जोड दिनु भएको थियो । विद्यार्थीहरुको बाक्लो उपस्थीत रहेको एड्मीसन डेमा क्यानडाको गुणस्तरीय उच्च शिक्षाको बारेमा जानकारी प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। एड्मीसनडेमा क्यान कन्सल्टिङ्ग सर्भिसेजकी अंमृता खत्री मारिखुले विद्यार्थीहरुको आवश्यकता अनुरूप क्यानाडाको शिक्षा प्रणाली, क्यारियर,अध्ययन पछिको अवसरहरू र जीवन शैली बारे सही जानकारी प्रदान गरेकोमा बिध्यार्थीहरू सन्तुष्ट रहेको जानकारी गराउनु भयो। साथै कार्यक्रममा थुप्रै क्यानडा जान लागेका बिध्यार्थीहरूलाई प्री-डीपार्चर ब्रिफिङ्ग स्वयं जर्जियन कलेजका प्रतिनिधिबाट गाइड गरिएको थियो।