सरकारी अस्पतालमा भोलिदेखि दुई हजार २८ शय्या निःशुल्क हुने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा असहाय , विपन्न र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएको छ । बिहीवारदेखि उपत्यकाका प्रसूति गृह, कान्तिबाल, गङ्गालाल हृदयरोग केन्द्र  र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिएको छ ।

‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेको मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएको छ ।

निजी अस्पताल पनि  कूल शय्याको १० प्रतिशत  विपन्नका लागि  निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताएको छ ।

Spread the love