कविता त लेख्नै पर्छ !´     राजेन्द्र कार्की


कविता त लेख्नै पर्छ !  

अघाए पछि डकार्नै पर्छ
तिमिले सधैं हकार्नै पर्छ
निधाए पछि घुर्नै पर्छ
तिमी जे सुकै नाप
आज कविता त लेख्नै पर्छ।

चौबिसै घन्टा छुट्टि
फेरि किन हुट- हुट्टि
ज्यानलाई गाली गर्न
लाली या सारी फेर्न
मन शान्ती हुनै पर्छ
तिमी जे सुकै नाप
आज कविता लेख्नै पर्छ ।

बुढी औंला नहटाऊ
थुतुनो धेरै नफटाऊ
मोवाईल थाक्नैपर्छ
जुठा भाँडा सुक्नै पर्छ
फोहर थुप्रनै पर्छ
कमिला नाच्नै पर्छ
स्वास्थ्यको के कुरा
ज्यान चल्नै पर्छ
तिमी जे सुकै नाप
आज कविता लेख्नै पर्छ।

लोग्ने हुँ उठ्नै पर्छ
मेला  त हिंड्नै पर्छ
थाकेर माड हाल्नै पर्छ
चूर छु तर हाँस्नै पर्छ
पेटमा चारो हाल्नै पर्छ
तिमी जे सुकै नाप
आज कविता लेख्नै पर्छ।

Spread the love