AIBI Higher Education को एजेन्ट मिट सम्पन्न

AIBI Higher Education को एजेन्ट मिट सम्पन्न

 हात्तीसारमा रहेको आर्याना बुटिक होटलमा अस्ट्रेलियन ईन्स्टिच्युट अफ बिजिनेस ईन्टलीजेन्टस हाएर एजुकेशन (AIBI Higher Education)ले एजेन्ट मिट सम्पन्न गरेको छ । कार्यक्रममा ईन्डीया र नेपालका लागि रिजनल म्यानेजर करनजित सिङ्हले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई उक्त AIBI Higher Educationमा पढाइ हुने विषय ,स्कलरसीप र कोर्सको बारेमा जानकारी प्रदान गरेका थिए। सोही कार्यक्रममा AIBI Higher Educationकी हेड अफ रिक्रूटमेंट ग्युलीया कारीडीले भिजा प्रोसेसीङ, त्यहा पढाइ हुने कोर्स र फि स्टक्चरको बारेमा चर्चा गरेकी थिईन। त्यसतै ए AIBI Higher Educationका सि ई ओ फाबियो मेहियाले आफुले प्रदान गर्दै आइरहेको शैक्षिक कार्यक्रम र उपलब्धिको बारेमा शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी गराएका थिए। परामर्श व्यवसायीहरुको बाक्लो उपस्थीत रहेको सेसनमा जिज्ञासुहरुले आफ्ना जिज्ञासाको समाधान सहजै प्राप्त गरेका थिए। कार्यक्रममा सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई सर्टिफिकेट साथै मायाको चिनो समेत प्रदान गरीएको थियो।

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

१५ जेठ, काठमाडौं :  सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।  चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ करोड रूपैयाँ विनियोजन रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

बालकृष्णको आदेशमा बसन्तले गरे बन्दफाइलको पर्दाफास

१० जेठ, काठमाडौँ  :  अहिले सबै नेपाली नागरिकले जानकारी पाउने गरी चर्चामा रहेको नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकको अमेरिकामा मानवस्तकरी गर्ने तयारी भएको प्रकरणमा बन्द गरिएको अनुसन्धानको फाइल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले खोलेको पाइएको छ । पक्राउ परेका उनीहरूले प्रारम्भिक वयानमै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र तत्कालीन गृहसचिव प्रेमकुमार राई, टेकनारायण पाण्डे लगायतको नाम लिएर उनीहरूलाई पैसा बुझाएको बताएका थिए ।  गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा तत्कालीन कार्यालय प्रमुख हालका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले बन्द गरेको फाइल खोलेर केसीले अनुसन्धान प्रकिया अघि बढाएका हुन । कुँबर पक्राउ परेका अभियुक्त केही घण्टामै छाडेर त्यसको प्रमाणसमेत नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ ।

राज्यविरूद्धकै अपराध हुनेगरी थुप्रै हाइप्रोफाइल समेत संलग्न रहेको सुइको पाइपछि एसएसपी केसीले भने जाहेरी लिएर घटनामा संलग्न भएकाहरू माथि अनुसन्धान अघि बढाएका थिए ।   अभियुक्तहरूको वयानको आधारमा प्रमाणसंकलन गर्दै प्रहरीले थप अभियुक्तहरू पक्राउ गरेको थियो ।   प्रहरी सम्पर्कमै रहेका घटना दबाबन खोजिरहेका बालकृष्ण खाँणलाई समेत केसी नेतृत्वको टोलीले पक्राउ गरेर अुनसन्धानको दायरामा ल्याएको थियो । बीचमै कांग्रेसको सेटिङमा मुद्दा चलाउने अन्तिम तयारी भैरहेको अवस्थामा एसएसपी केसीले थप १० जनाको जाहेरी लिएर संगठित अपराधको मुद्दा चलाउनका लागि ग्राउण्ड तयार गरेका थिए । जुन प्रमण अनुसन्धानका क्रममा अधिकृतहरूले प्राप्त गरेका छन । कतिपय अवस्थामा कुँवर विचौलियाको बीचको भेटघाटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मध्यस्तकर्ताको भूमिका समेत खेलेको पाइएको छ ।  कुँबर एसएसपी हुँदा बालकृष्ण खाँडदेखि टेकनारायण पाण्डेसम्म जोडिएपछि अनुसन्धानको फाइल पिलरबाट मगाएर आफ्नो घरमै लगेको प्रहरी स्रोतले बताएको छ ।

स्थापना २०५० सालमा काठमाडौँ प्रहरी परिसर मातहत ‘केरकार शाखा’ को रुपमा भएको थियो । पछि उपत्यका अपराध अनुसन्धान शाखा, महानगरीय अपराध अनुसन्धान महाशाखा हुँदै अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालको रूपमा रहेको छ । यो २०६३ साल मंसिर १ देखि महाशाखाको रूपमा स्थापित भएको हो । तर धेरै पछिसम्म काठमाडौँ प्रहरी परिसरसँगै रहेको यो निकाय केही वर्षयता नयाँबानेश्वरमा रहेको छ ।

देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरीले यो कार्यालयलाई जिम्मा दिएको छ ।  नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्ने योजना तत्कालीन कांग्रेस, एमाले र माओवादी नेता कार्यकर्ता र विचौलियाको सेटिङमा तयार भएको थियो । गिरोहले ८७५ जना नेपालीसँग १० लाखदेखि ५० लाख रूपैयाँ असुल गरेको पाइएको छ । गिरोहकै योजनामा तत्कालीन सरकाले २०७६ जेठ ३० मा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको दाबी समेत कतिपयले गरिरहेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्ने गिरोहमा संलग्न भएकाहरू मध्ये अहिलेसम्म १२ जनालाई पक्राउ परेका छन । ती सबै काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालको अगुवाइमा पक्राउ परेका छन ।

२०८० जेठ ०४

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० वैशाख ३१

नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख २७ गते

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उका निजी सचिव नरेन्द्र केसी पक्राउ

२०८० वैशाख २६ गते

नक्कली शरणार्थी बनाइदिन्छु भनेर पैसा असुल्ने काममा लागेका टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २०

पूर्व गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । पूर्व ऊर्जामन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२०८० वैशाख १९

तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

२०७९ चैत १५

विचाैलिया भनेर चिनिएका सागर राई पक्राउ

२०७९ चैत १२

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याइदिने प्रलोभन बाँडेर पैसा उठाउने काममा संलग्न पूर्वमन्त्री समेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेको स्रोतले जनाएको छ ।

 

“Journey to Success: Unveiling Quality Education and Scholarships at Tyoyo Info Session”

On Wednesday, May 24, Tyoyo Education Consultancy organized the Tyoyo Info Session at its office premises located at Devkota Sadak, Mid-Baneshwor, Kathmandu (opposite Apex College). The purpose of the event was to provide information to students interested in studying abroad. Representatives from educational institutions in the USA, UK, Canada, and Australia were present at the event. During the session, Mr. Sanjaya Tamang, the Marketing Officer of Edu Group, discussed the numerous opportunities and benefits available to students who choose to study abroad. He highlighted the advantages of gaining a global education experience. Mr. Bishal Poudel, Marketing Specialist of Skyline International College – Australia, served as another speaker and presented information about the college’s courses. He emphasized the quality education provided by the institution, which helps students achieve their personal best and develop the self-confidence necessary to succeed in their chosen fields. Mr. Abhimanyu Devkota, Regional Recruitment Manager of Stanley College, spoke about the colleges located in Adilet and Perth, Australia. He discussed the opportunities available to international students in these locations, highlighting the advantages of studying there. Ms. Geeta Rajbahak, the Marketing Manager of NAPS College, shared details about the college’s exceptional education system, which focuses on student-centered learning and promotes professional readiness and an international perspective. She also highlighted the scholarships available to deserving international students. The event concluded with a closing speech by Mr. Bidit Acharya, the Managing Director of Tyoyo Education Consultancy. He expressed gratitude to the college representatives and all the participating students for their valuable time and contribution to the event’s success.

 

गुप्तेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

 काठमाडौं । काठमाडौं टोखा नगरपालिका – १ झोर महाँकाल, फुलबारी घोप्टे पहरोमा अवस्थित गुप्तेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । गुप्तेश्वर महादेव मन्दिरको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले जेठ ९ गते (मंगलबार) बाट महायज्ञ सुरु भएको हो । उक्त महायज्ञ जेठ १७ गतेसम्म लाग्ने आयोजक मूल समितिका अध्यक्ष सहदेव तिवारीले बताए । महायज्ञमा श्रद्धेय भागवत कथा व्यास युवा पण्डित आर्चाय सर्वेश्वर शरण सुवेदीको मुखारविन्दबाट कथा वाचन हुने तथा उपवाचक पण्डित सविन शाश्वत लामिछानेको सुमधुर मुखारविन्दबाट पाठ पारायण हुनेछ । सो महायज्ञमा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षणका निम्ति २०७१ सालदेखि वार्षिक रुपमा बजेट विनियोजन गरि यस मन्दिरसम्म पुग्नका लागि सिँडी रेलिङ र विश्राम कक्ष निर्माण गरिएको छ । यो मन्दिर प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको भन्दै समितिले संरक्षण र पर्यटन प्रवद्र्धनका लागि यो महायज्ञको आयोजना गरिएको हो ।

चिकित्सकको शुल्क बढ्दा जनतालाई मार

पोखराकी इन्द्रमाया तामाङ आफ्नो छोराको उपचारका लागि काठमाण्डूमा छिन्। उनका २२ वर्षीय छोराको दुवै मिर्गौलामा समस्या देखिएको हो। त्यसैले छोरालाई वैदेशिक रोजगारीमा पठाउन साँचेको पैसा अहिले उसैको उपचार खर्च बनेको उनी बताउँछिन्।औषधोपचार, बिरामीसहित तीन जनाको खाने/बस्ने खर्चले उनीहरूको सहरको बसाइ महँगो बनेको छ। नेपाल राष्ट्र ब्याङ्कले प्रकाशन गरेको मुद्रास्फीति दरदेखि ब्याङ्कको ब्याजदरलगायत वृद्धि भइरहेकाले चिकित्सकहरूलाई पनि मार पर्ने हुँदा नियम बमोजिम परामर्श शुल्क बढाएको दाबी गर्छन् । निजी अस्पतालमा अतिरिक्त समयमा सेवा दिने चिकित्सकहरूसँग सेवा शुल्कमै २६ प्रतिशत कर काटिन्छ। कुल शुल्कको ३० प्रतिशत अस्पतालले राख्छ। सरोकारवालाहरूले स्वास्थ्य प्रणाली दुरुस्त बनाउन संरचना, शय्या र उपकरणहरूमा मात्र जोड दिइरहेकाले सरकारी अस्पतालमा बिरामी परीक्षण गर्ने जनशक्ति कम भएको र आम मानिस निजी अस्पतालमा जान बाध्य भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणले डगमगाएको नेपालको कूटनीतिक

पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अघि बढाइएको नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानले, नेपालले उक्त कसुरलाई गम्भीरतापूर्वक लिएको सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष पुगेको प्रधानमन्त्रीका एक जना सल्लाहकारले बताएका छन्।  संयुक्त राज्य अमेरिकामा पुनर्वास गराइदिने भन्दै ठगी गर्ने गिरोहले आफूहरूबाट झन्डै २३ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लगाउँदै १०० भन्दा बढीले प्रहरीमा उजुरी दायर गरेका छन्।  संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायले गम्भीर चासो व्यक्त गरिरहेको उक्त प्रकरणमा दोषी रहेकालाई कडा कारबाहीको माग गर्दै शनिवार देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले गृह प्रशासन जस्तो संवेदनशील निकाय जोडिएको उक्त प्रकरणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुर्‍याएको बताइरहेका छन्।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नागरिक तहबाट खबरदारीको क्रम शनिवार पनि जारी रहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिक समाज र सर्वसाधारण दुवैको सन्देश प्रधानमन्त्रीले प्राप्त गरिरहेको बताए।  “भ्रष्टाचारीहरूलाई नछोड्नुस् भनेर उहाँहरूले भनिरहनु भएको छ। यसले प्रधानमन्त्रीमा उत्साह थपिरहेको छ। डेनमार्कका लागि पूर्व राजदूत विजयकान्त कर्णले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण अन्तर्राष्ट्रिय समुदायले नेपालका राज्य संयन्त्रलाई नै अविश्वास गर्ने परिस्थिति आएको बताए।

भारतको पश्चिम बङ्गाल बाटो हुँदै झन्डै साढे तीन दशकअघि एक लाख भन्दा बढी भुटानी शरणार्थी पूर्वी नेपाल प्रवेश गरेका थिए।   “गृहमन्त्री एवं तीनका छोराछोरी अनि सल्लाहकारहरू र गृह सचिव जस्ता व्यक्तिहरू राष्ट्रिय सुरक्षा र गम्भीर सूचनाहरू हुने त्यस्तो संवेदनशील मन्त्रालयमा यो किसिमको षडयन्त्रमा लागेकाले यो अप्ठेरो परिस्थिति हो।” उनले अमेरिका, राष्ट्रसङ्घीय शरणार्थी र अन्तर्राष्ट्रिय आप्रवासन हेर्ने निकाय भुटानी शरणार्थी मामिलामा सामेल भएको भन्दै यसले विश्वासको सङ्कट उत्पन्न गराएको बताए। उनीहरूको समस्या तत्कालै निरूपण नहुने भएपछि शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र नरहेको भए पनि नेपालले मानवीय आधारमा उनीहरूलाई शरण दियो। उनीहरूलाई स्वदेश फर्काउन थिम्पुसँग गरिएका १५ चरणका वार्ताले कुनै ठोस परिणाम नदिएपछि सन् २००७ मा नेपालले तेस्रो देश पुनर्वासको विकल्प खुला गरेको थियो। अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले संसारकै ठूलो पुनर्वास कार्यक्रम अन्तर्गत उक्त विकल्प अघि सारेका थिए।

उक्त प्रक्रिया अन्तर्गत राष्ट्रसङ्घीय शरणार्थी हेर्ने निकाय यूएनएचसीआरको सहजीकरणमा एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वास गराइएको थियो। पछिल्लो भ्रष्टाचारको प्रकरण सतहमा आएपछि यूएनएचसीआरले भनेको छ । अमेरिकाबाहेक अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, डेनमार्क, नर्वे, यूके र द नेदरल्याण्ड्सले नेपालबाट भुटानी शरणार्थीहरूलाई पुनर्वास गराएका थिए। यी मध्ये कतिपय देश नेपालका प्रमुख विकास साझेदारहरू हुन् र उनीहरूले पछिल्लो प्रकरणलाई नजिकबाट नियाली रहेको कतिपय परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

हालै सम्पन्न उपनिर्वाचनमा राम्रो नतिजा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन शुक्रवार फिर्ता लिने निर्णय गरेको छ। सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले “सर्वसम्मत रूपमा सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको” उक्त पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरूलाई बताए। दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तक र देशै भरी र विदेशमा रहेका नेपालीहरूको जनभावना नै यही थियो कि अब सशक्त प्रतिपक्षको भूमिका लाई प्राथमिकता दिएको छ। “अब हामी सङ्गठन निर्माणलाई प्राथमिकता दिन्छौँ। एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भनेर धेरैले हामीलाई हेर्न चाहेको बुझेका छौँ।”

युक्रेनमाथि आक्रमण गरेको पुटिनकोआरोप अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन्।  हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ  । रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो। रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ। अनलाइनमा फैलिएका अपुष्ट भिडिओहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधवार धुवाँ निस्कँदै गरेको देखिन्छ। दोस्रो भिडिओमा संसद् भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन्। रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई “योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास” को संज्ञा दिएको छ। दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन्।राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन्। तर युक्रेनले भने रुसी आरोप आफ्नो भूभागमा ठूलो आक्रमण अघि बढाउने रुसी बहाना मात्रै भएको बताएको छ। अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ।