नक्कली भुटानी शरणार्थी प्रकरणले डगमगाएको नेपालको कूटनीतिक

पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अघि बढाइएको नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानले, नेपालले उक्त कसुरलाई गम्भीरतापूर्वक लिएको सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष पुगेको प्रधानमन्त्रीका एक जना सल्लाहकारले बताएका छन्।  संयुक्त राज्य अमेरिकामा पुनर्वास गराइदिने भन्दै ठगी गर्ने गिरोहले आफूहरूबाट झन्डै २३ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लगाउँदै १०० भन्दा बढीले प्रहरीमा उजुरी दायर गरेका छन्।  संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायले गम्भीर चासो व्यक्त गरिरहेको उक्त प्रकरणमा दोषी रहेकालाई कडा कारबाहीको माग गर्दै शनिवार देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले गृह प्रशासन जस्तो संवेदनशील निकाय जोडिएको उक्त प्रकरणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुर्‍याएको बताइरहेका छन्।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नागरिक तहबाट खबरदारीको क्रम शनिवार पनि जारी रहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिक समाज र सर्वसाधारण दुवैको सन्देश प्रधानमन्त्रीले प्राप्त गरिरहेको बताए।  “भ्रष्टाचारीहरूलाई नछोड्नुस् भनेर उहाँहरूले भनिरहनु भएको छ। यसले प्रधानमन्त्रीमा उत्साह थपिरहेको छ। डेनमार्कका लागि पूर्व राजदूत विजयकान्त कर्णले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण अन्तर्राष्ट्रिय समुदायले नेपालका राज्य संयन्त्रलाई नै अविश्वास गर्ने परिस्थिति आएको बताए।

भारतको पश्चिम बङ्गाल बाटो हुँदै झन्डै साढे तीन दशकअघि एक लाख भन्दा बढी भुटानी शरणार्थी पूर्वी नेपाल प्रवेश गरेका थिए।   “गृहमन्त्री एवं तीनका छोराछोरी अनि सल्लाहकारहरू र गृह सचिव जस्ता व्यक्तिहरू राष्ट्रिय सुरक्षा र गम्भीर सूचनाहरू हुने त्यस्तो संवेदनशील मन्त्रालयमा यो किसिमको षडयन्त्रमा लागेकाले यो अप्ठेरो परिस्थिति हो।” उनले अमेरिका, राष्ट्रसङ्घीय शरणार्थी र अन्तर्राष्ट्रिय आप्रवासन हेर्ने निकाय भुटानी शरणार्थी मामिलामा सामेल भएको भन्दै यसले विश्वासको सङ्कट उत्पन्न गराएको बताए। उनीहरूको समस्या तत्कालै निरूपण नहुने भएपछि शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र नरहेको भए पनि नेपालले मानवीय आधारमा उनीहरूलाई शरण दियो। उनीहरूलाई स्वदेश फर्काउन थिम्पुसँग गरिएका १५ चरणका वार्ताले कुनै ठोस परिणाम नदिएपछि सन् २००७ मा नेपालले तेस्रो देश पुनर्वासको विकल्प खुला गरेको थियो। अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले संसारकै ठूलो पुनर्वास कार्यक्रम अन्तर्गत उक्त विकल्प अघि सारेका थिए।

उक्त प्रक्रिया अन्तर्गत राष्ट्रसङ्घीय शरणार्थी हेर्ने निकाय यूएनएचसीआरको सहजीकरणमा एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वास गराइएको थियो। पछिल्लो भ्रष्टाचारको प्रकरण सतहमा आएपछि यूएनएचसीआरले भनेको छ । अमेरिकाबाहेक अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, डेनमार्क, नर्वे, यूके र द नेदरल्याण्ड्सले नेपालबाट भुटानी शरणार्थीहरूलाई पुनर्वास गराएका थिए। यी मध्ये कतिपय देश नेपालका प्रमुख विकास साझेदारहरू हुन् र उनीहरूले पछिल्लो प्रकरणलाई नजिकबाट नियाली रहेको कतिपय परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।

Spread the love