बालकृष्णको आदेशमा बसन्तले गरे बन्दफाइलको पर्दाफास

१० जेठ, काठमाडौँ  :  अहिले सबै नेपाली नागरिकले जानकारी पाउने गरी चर्चामा रहेको नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकको अमेरिकामा मानवस्तकरी गर्ने तयारी भएको प्रकरणमा बन्द गरिएको अनुसन्धानको फाइल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले खोलेको पाइएको छ । पक्राउ परेका उनीहरूले प्रारम्भिक वयानमै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र तत्कालीन गृहसचिव प्रेमकुमार राई, टेकनारायण पाण्डे लगायतको नाम लिएर उनीहरूलाई पैसा बुझाएको बताएका थिए ।  गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा तत्कालीन कार्यालय प्रमुख हालका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले बन्द गरेको फाइल खोलेर केसीले अनुसन्धान प्रकिया अघि बढाएका हुन । कुँबर पक्राउ परेका अभियुक्त केही घण्टामै छाडेर त्यसको प्रमाणसमेत नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ ।

राज्यविरूद्धकै अपराध हुनेगरी थुप्रै हाइप्रोफाइल समेत संलग्न रहेको सुइको पाइपछि एसएसपी केसीले भने जाहेरी लिएर घटनामा संलग्न भएकाहरू माथि अनुसन्धान अघि बढाएका थिए ।   अभियुक्तहरूको वयानको आधारमा प्रमाणसंकलन गर्दै प्रहरीले थप अभियुक्तहरू पक्राउ गरेको थियो ।   प्रहरी सम्पर्कमै रहेका घटना दबाबन खोजिरहेका बालकृष्ण खाँणलाई समेत केसी नेतृत्वको टोलीले पक्राउ गरेर अुनसन्धानको दायरामा ल्याएको थियो । बीचमै कांग्रेसको सेटिङमा मुद्दा चलाउने अन्तिम तयारी भैरहेको अवस्थामा एसएसपी केसीले थप १० जनाको जाहेरी लिएर संगठित अपराधको मुद्दा चलाउनका लागि ग्राउण्ड तयार गरेका थिए । जुन प्रमण अनुसन्धानका क्रममा अधिकृतहरूले प्राप्त गरेका छन । कतिपय अवस्थामा कुँवर विचौलियाको बीचको भेटघाटका लागि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मध्यस्तकर्ताको भूमिका समेत खेलेको पाइएको छ ।  कुँबर एसएसपी हुँदा बालकृष्ण खाँडदेखि टेकनारायण पाण्डेसम्म जोडिएपछि अनुसन्धानको फाइल पिलरबाट मगाएर आफ्नो घरमै लगेको प्रहरी स्रोतले बताएको छ ।

स्थापना २०५० सालमा काठमाडौँ प्रहरी परिसर मातहत ‘केरकार शाखा’ को रुपमा भएको थियो । पछि उपत्यका अपराध अनुसन्धान शाखा, महानगरीय अपराध अनुसन्धान महाशाखा हुँदै अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालको रूपमा रहेको छ । यो २०६३ साल मंसिर १ देखि महाशाखाको रूपमा स्थापित भएको हो । तर धेरै पछिसम्म काठमाडौँ प्रहरी परिसरसँगै रहेको यो निकाय केही वर्षयता नयाँबानेश्वरमा रहेको छ ।

देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरीले यो कार्यालयलाई जिम्मा दिएको छ ।  नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्ने योजना तत्कालीन कांग्रेस, एमाले र माओवादी नेता कार्यकर्ता र विचौलियाको सेटिङमा तयार भएको थियो । गिरोहले ८७५ जना नेपालीसँग १० लाखदेखि ५० लाख रूपैयाँ असुल गरेको पाइएको छ । गिरोहकै योजनामा तत्कालीन सरकाले २०७६ जेठ ३० मा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको दाबी समेत कतिपयले गरिरहेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्ने गिरोहमा संलग्न भएकाहरू मध्ये अहिलेसम्म १२ जनालाई पक्राउ परेका छन । ती सबै काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालको अगुवाइमा पक्राउ परेका छन ।

२०८० जेठ ०४

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० वैशाख ३१

नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख २७ गते

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उका निजी सचिव नरेन्द्र केसी पक्राउ

२०८० वैशाख २६ गते

नक्कली शरणार्थी बनाइदिन्छु भनेर पैसा असुल्ने काममा लागेका टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २०

पूर्व गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । पूर्व ऊर्जामन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२०८० वैशाख १९

तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

२०७९ चैत १५

विचाैलिया भनेर चिनिएका सागर राई पक्राउ

२०७९ चैत १२

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याइदिने प्रलोभन बाँडेर पैसा उठाउने काममा संलग्न पूर्वमन्त्री समेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेको स्रोतले जनाएको छ ।

 

Spread the love