रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीको आयोजनामा पत्रकार सम्मेलन

रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीको आयोजनामा पत्रकार सम्मेलन

पुतलीसडकमा अवस्थित रिएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीका डाइरेक्टर बसन्त नेपालले आफु बेलायतको एजुकेशन सिस्टममा आएको परिवर्तन, भिजा प्रोसेसीङ, बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको बारेमा युनिभर्सिटीकै प्रतिनीधीलाई बिध्यार्थीहरू र च्यानल पाट्नरहरूसंग साक्षात्कार गराउने उदेश्यका साथ आफु नेपाल आई सप्ताह ब्यापी इन्फर्मेसन सेसन आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो। पत्रकार सम्मेलन मार्फत युनिभर्सिटी अफ इष्ट लन्डनका स्टुडेन्ट्स रिक्रूटमेंट एड्भाइजर प्रतीक गुप्ताले बेलायतको एजुकेशन सिस्टम र आफ्नो युनिभर्सिटीका बारेमा पत्रकारहरूलाई जानकारी ब्यक्त गर्नु भयो। ब्रिटिस एजुकेशन सिस्टमको बारेमा ताजा अपडेटड इन्फर्मेसन गराउन यो साता भरी युनिभर्सिटी अफ बेष्ट लण्डन, युनिभर्सिटी अफ इष्ट लन्डन, बर्मिङ्घम सिटी युनिभर्सिटी, युनिभर्सिटी अफ वेर्केष्टर र सेन्ट जोन युनिभर्सिटीका बारेमा यस हप्ता भरी रीएल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले सप्ता ब्यापी इन्फर्मेसन सेसन राखेको सिनीयर मार्केटिङ डिरेक्टर, अर्जुन शर्मा ले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा पत्रकारहरूको बिभिन्न जिज्ञासाहरूलाई आयोजक हरूले समाधान गर्नु भएको थीयो

रवि लामिछाने फेरि निर्वाचित – सरकारलाई दिएको समर्थन ‘फिर्ता लिने’

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेगत मङ्सिरको निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर ठूलो अन्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेर पुनः विजयी भएका हुन्। उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याएका छन्। मतगणना सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको बताएका छन्।  कांग्रेस र एमालेका उम्मेदवारहरूले मत यसअघिको भन्दा घटेको छ।  अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरू प्रत्येकले १४,००० मत कटाएका थिए।  त्यतिबेला लामिछाने ३५,००० को मतान्तरले विजयी भएका थिए।

नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई रवि लामिछानेले सुरुदेखि नै पछाडि पारेका थिए।

  • रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): ५४,१७६ (विजयी)
  • रामप्रसाद न्यौपाने (नेकपा एमाले): ११,२१४
  • जीतनारायण श्रेष्ठ (नेपाली कांग्रेस): १०,९३६

 सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ। नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो। पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्।

रातो मत्स्येन्द्रनाथको रथयात्रा

मुलुकमा सबैभन्दा लामो समय मनाइने जात्रा रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । पाटन टंगल टोलमा बनाइएको जट्टाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथ पनि तानेर गाःबहाल पुर्‍याइएको छ । रथलाई सोमबार पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ तानेर पाटन गाःबहाल पुर्‍याइएको छ ।     शार्दूलजंगको पल्टन, धिमे, नायखीलगायत सांस्कृतिक बाजागाजामा रथजात्रा हेर्नको भीड लागेको थियो । रथ तान्न सुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ।  रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ । साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन ।  यो जात्रा काठमाडौं उपत्यकामा नै  सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रुपमा परिचित छ ।

तनहुँमा स्वर्णिम, चितवनमा रविअगाडि चर्को प्रतिस्पर्धा

प्रतिनिधिसभाका रिक्त सदस्य चयन गर्न तीन जिल्लाका तीन क्षेत्रमा अहिले मतगणना जारी छ। तनहुँ-१ मा आइतवार रातिदेखि नै गणना सुरु भएको थियो भने चितवन-२ र बारा-२ बाट मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ।

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम गरेका छन्। सोमवार साँझ ६:१० बजेसम्मको विवरणअनुसार झन्डै १९,००० मतसहित वाग्लेले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो अग्रता कायम राखेका छन्। उपनिर्वाचन भएको चितवन-२ मा २ बजेपछि मतगणना सुरु भएको चितवनस्थित बीबीसी संवाददाता ईश्वर जोशीले जानकारी दिएका छन्। त्यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्र स्थानमा देखिएका छन्।

 आइतवार मतगणना सुरु भएदेखि नै तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अरू उम्मेदवारभन्दा निकै अगाडि देखिएका छन्।

स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी): १८,६६३, गोविन्द भट्टराई (नेपाली कांग्रेस): ११,०११ सर्वेन्द्र खनाल (नेकपा एमाले): ५,८७७ , तनहुँका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यो क्षेत्रमा गत मंसिरमा ५४.०३ प्रतिशत मत खसेको थियो।  उपनिर्वाचनमा झन्डै ५३ प्रतिशत मात्र मत खसेको बताइएको छ।

सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समितिका दुईवटा हलको दुई ठाउँमा मध्यरातदेखि गणना सुरु गरिएको जानकारी जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको छ। गत मङ्सिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।    बारा-२ मा भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टी-नेपालका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच तीव्र प्रतिस्पर्धा भएको देखिएको छ।

प्रारम्भिक मतगणनामा यादवले केही बेर अग्रता लिएका थिए। तर त्यसपछि कुशवाहले उनलाई झिनो अन्तरले पछाडि पारेको निर्वाचन आयोगको‌ वेबसाइटमा प्रकाशित विवरणले देखाउँछ। उनीहरूलाई नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।

        शिवचन्द्र कुशवाह (जनमत पार्टी): १,१४६

  • उपेन्द्र यादव (जनता समाजवादी पार्टी-नेपाल): १,११७
  • पुरुषोत्तम पौडेल (नेकपा एमाले): ५३८
  • रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): २४४

निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा ६५.०२ प्रतिशत मतदान भएको थियो।

उक्त निर्वाचन क्षेत्रमा गत मङ्सिरमा ६३.५६ प्रतिशत मत खसेको थियो।

उपाध्यायका अनुसार यहाँ ७८,००० भन्दा बढी मत खसेको छ।

 बारामा मतदान गर्दै एक महिला
उक्त निर्वाचन क्षेत्रका १३७ मतदानकेन्द्रबाट सङ्कलित मतपेटिकालाई उच्च सुरक्षा दिएर राखिएको छ। जनता समाजवादी पार्टी-नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त हुन गएको थियो। उपेन्द्र यादव सोही पार्टीका केन्द्रीय अध्यक्ष हुन्।  त्यहाँ १० दलका र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
मतपेटिका खोल्दै कर्मचारी

 चितवनस्थित बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार चितवन-१ का इच्छाकामना १ र ३ बाट सङ्कलित पेटिकाको मत गनिसकिएको छ।  त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्र स्थानमा देखिएका छन् भने उनलाई क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।

रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): ४,३५८

  • रामप्रसाद न्यौपाने (नेकपा एमाले): २,५४४
  • जीत नारायण श्रेष्ठ (नेपाली कांग्रेस): २,२०५

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ। नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो। पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्। मङ्सिरमा भएको निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका थिए।

गीतकार बी पाण्डेलाई जनसेवाश्री पदक

लोकप्रिय तथा चर्चित गीतकार बी पाण्डे जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति भवन शीतल निवास, महाराजगञ्जमा शुक्रवार आयोजित समारोहबीच महामहिम राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई उक्त पदकबाट सुशोभित गर्नुभएको हो । गीत लेखनको माध्यमबाट समाज–राष्ट्रमा उल्लेख्य योगदान पुर्याएकोमा गीतकार पाण्डेलाई सो विधामा यो वर्षको जनसेवाश्री प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विभूषण अधिकारपत्रमा भनिएको छ– ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप जनसेवाश्री पञ्चम श्रेणीद्धारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता हुनेछ ।’
नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा २०७९ असोज ३ गते योविभूषण घोषणा गरिएको हो । राष्ट्र र जनताको पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर बैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ ।विभूषण वितरण कार्यक्रममा सम्माननिय उपराष्ट्रपति रामसहायप्रसाद यादव, सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्कासहित विभिन्न विभागिय मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपाध्यक्ष उर्मिला अर्याल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुखइन्दिरा रानामगरलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।
उसो त विगत दुई दशकभन्दा अघिदेखि व्यवसायिकरुपमा नै कला र मनोरञ्जनको क्षेत्रप्रति समर्पित पाण्डे बरिष्ठ गीतकारको रुपमा सुपरिचित हुनुहुन्छ । नेपाली गीत संरक्षण, सवद्र्धन, प्रवद्र्धन तथा विकासमा उहाँको ठूलो योगदान छ । विशेषतः आधुनिक गीतमा पोख्त उहाँको लेखन चलचित्र, लोक, राष्ट्रिय गीत तथा गजलमा पनि उत्तिकै छचल्किन्छ । पाण्डेले ३२ वटा गीत समावेश ‘पञ्चरत्न’लगायत सात वटा एल्वम, डेढ सयभन्दा बढी गीत अनि एक सय गीत समेटिएको ‘मेरा सय गीतहरू’ नामक पुस्तकसमेत पस्किसक्नुभएको छ । ‘शंका नगर…’, ‘खाएको कसम फिर्ता…’, ‘छन् छन् बोली चुराको…’, ‘कोहीको माया…’, ‘जालीरुमाल…’, ‘कुरै बुझिन…’, ‘पिरतीमा…’, ‘यो देश फेरि बन्छ…’, ‘बनकी चरी के भन्छे…’, ‘रुमालै बाटेर…’, ‘कसरी…’ आदि उहाँका चर्चित गीत हुनु ।
हाल म्युजिक प्रोड्युशर एसोसियसन नेपालको अध्यक्ष, संगीत रोयल्टी संकलन समाज नेपालको महासचिव, सहयात्रा नेपाल र दाङ एकीकृत बिकास सेवा नेपालको मानार्थ सदस्य तथा गीतकार संघको आजीवन सदस्यसमेतरहनुभएका पाण्डेले यसअघि ‘बेस्ट लिरिसिस्ट अफ द इयर’ (चलचित्र)मा सातौं राष्ट्रिय राप्ति म्युजिक अवार्ड–२०७५, जिनियस म्युजिक अवार्ड–२०७५, सगरमाथा म्युजिक अवार्ड–२०७६, नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०७७, तेस्रो नेपाल म्युजिक एण्ड फेशन अवार्ड–२०२२ प्राप्त गरिसक्नुभएको छ । यसैगरी ‘रिबन इन्टरटेनमेन्ट प्रा. लि.’ को आयोजनामा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति श्री परमानन्द झाको हातबाट ‘राष्ट्रिय व्यक्तित्व तथा स्रस्टा सम्मान–२०७८’ प्राप्त र्गुभएको छ । यस्तै‘ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा. लि.’ ले दोस्रो नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०७८ मार्फत ११ हजार एक सय ११ रुपैयाँ नगदसहित तत्कालिन शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलको हातबाट ‘राष्ट्रिय गीतकार सम्मान–२०७९’ प्रदान गरेको छ । ‘सामना म्युजिक क्रियशन प्रा. लि.’ को आयोजनामा ‘तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड)–२०७९’ मार्फत पूर्व सभामुख कृष्णबहादुर महराबाट नगद रु २० हजार पाँच सयसहित ‘साधना बरिष्ठ सर्जक सम्मान–२०७९’पनि प्राप्त गर्नुभएको छ ।

रास्वपाको ढाकाकुमार श्रेष्ठ सदस्यबाट निष्कासित – सांसद पद स्वत खारेज

एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। चितवनमा बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गरेको थियो। अनुसन्धान समितिले पार्टीलाई बुझाएको दस्ताबेजका आधारमा यस्तो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बताए। भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने बताउँदै उनले भने,”पार्टीको अनुसन्धानमा उहाँले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्न पैसा चाहियो भनेको सुनियो। त्यो आवाज उहाँको हो। त्यो कुराकानी उहाँले गर्नु भएको हो। त्यसमा पैसा मागिएको छ।

सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै कारबाहीको यथेष्ट कारण भएको लामिछानेले बताए। गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ आइतवार बाहिरिएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गरेको थियो। पार्टीको अनुशासन समितिले आफ्नो छानबिन प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई त्यसअघि मङ्गलवार बुझाएको छ।

मंगलबार राजधानीमा NOVA ‘ ABROAD ADMISSION DAY ‘ हुदै ……

‘STUDY IN ABROAD ‘ भन्ने मूल नाराका साथ आगामी मंगलबार राजधानीमा दोस्रो ABROAD ADMISSION DAY आयोजना हुने भएको छ ।

NOVA EDUCATION AND CONSULTING SERVICES ले चैत्र २८ गते मंगलबार  बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म काठमाडौँको पुतलीसडक शंकरदेव
क्याम्पस चौक ट्रिनिटी हाउसको भुइँ फ्लोरमा रहेको NOVA EDUCATION AND CONSULTING SERVICES को अफ्न्नै कार्यालयमा आयोजना गर्न लागेको ADMISSION DAY मा Australia र Canada मा विभिन्न बिषयमा पढ्न चाहने विध्यार्थीहरुको लागि विभिन्न College र  University को सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ।

दोस्रो ABROAD ADMISSION DAY यस वर्ष कक्षा ११,१२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परिक्षा सकेर बसेका साथै Bachelor र Master का हजारौ
विध्यार्थीहरुको सहभागिता रहने NOVA का कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो।

Admission Day मा Scholarship ,Post Study Work in Australia र Canada
देशका नया नियमका बारेमा पनि जानकारी दिईने छ।

सहभागीहरु मध्ये भाग्यशालीलाइ Gift Hamper को पनि व्यवस्ठा गरिएको छ।
यो Admission Day मा विध्यार्थी Australia र Canada जान आवस्यक शैक्षिक परामर्श नि:शुल्क लिन पाउने र थुप्रै उपहारका साथ Scholarship को पनि
Arrangement भएको आयोजकको भनाई छ।