रवि लामिछाने फेरि निर्वाचित – सरकारलाई दिएको समर्थन ‘फिर्ता लिने’

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेगत मङ्सिरको निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर ठूलो अन्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेर पुनः विजयी भएका हुन्। उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याएका छन्। मतगणना सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको बताएका छन्।  कांग्रेस र एमालेका उम्मेदवारहरूले मत यसअघिको भन्दा घटेको छ।  अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरू प्रत्येकले १४,००० मत कटाएका थिए।  त्यतिबेला लामिछाने ३५,००० को मतान्तरले विजयी भएका थिए।

नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई रवि लामिछानेले सुरुदेखि नै पछाडि पारेका थिए।

  • रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): ५४,१७६ (विजयी)
  • रामप्रसाद न्यौपाने (नेकपा एमाले): ११,२१४
  • जीतनारायण श्रेष्ठ (नेपाली कांग्रेस): १०,९३६

 सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ। नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो। पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्।

Spread the love