लोडसेडिङमुक्त बनाउने कुलमानको आफ्नै कहानी

लोडसेडिङमुक्त बनाउने कुलमानको आफ्नै कहानी

काठमाडौं : कुलमान २०५१ सालमा सातौं तहको इन्जिनियरको रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नगएको विषयमा निर्णय भयो भनेर सामाजिक सञ्चालमा व्यापाक चर्चा भयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः चार वर्ष नियुक्त भएको  थियो।   चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा जिम्मेवारीबिहीन बनाएर तानिएका थिए। सोही मौकामा उनलाई मन्त्री शर्माले प्राधिकरणमा ल्याएका हुन्।  घिसिङ २०७३ को भदौमा चार वर्षका लागि कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन् । घिसिङले कुशल व्यवस्थापले देशमा दैनिक १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भएको थियो।   तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई पहिलो पटक २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेका हुन्।

 

HURPES

स्वास्थ्यकर्मीहरुमाथि बढ्दो दुव्र्यबहारको विरोधमा शान्ति समाजद्धारा प्रदर्शन

कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषिमाथि कारबाहीको मागसहित मानव अधिकार तथा शान्ति समाजले २०७७ भदौ ८ गते बिहान काठमाण्डौमा प्रदर्शन गरेको छ ।
स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रहसहित काठमाण्डौ जोरपाटीमा सम्पन प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडिमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको र उनीहरुको कर्मप्रति मुक्तकण्ठले प्रशंसा गर्दै यस्तो संवेदनशील क्षेत्रमा कार्यरतहरुको सदैव सबैले सम्मान र सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रदर्शनमा  डेढ दर्जन अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

चट्याङ लागेर ५०० भेँडा मरे

जुम्ला, ९ भदाै: चरण क्षेत्रमा परेको चट्याङबाट जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेँडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेँडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ । पुर्ख्याैली पेशामाथि नै बज्रपात परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका हुन् ।  जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका थिए । पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका भन्ने अवस्था आएको छ ।

नेपालमा काेराेनाविरुद्धकाे चिनियाँ भ्याक्सिनको क्लिनिकल ट्रायललाई स्वीकृति

काठमाडौँ, भदौ९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिनियाँ कम्पनी होङ् सीलाई तेस्रो चरणको ट्रायलको लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिइएको जानकारी दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको छ ।

कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने होङ् सीको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले क्लिनिकल ट्रायलबारे अध्ययन र अनुसन्धान गर्न परिषद्लाई जिम्मेवारी दिएको छ ।होङ् सीले प्रस्तावसँगै पहिलो र दोस्रो चरणमा प्राप्त नतिजासहितको विवरण मन्त्रालयलाई बुझाएको थियो ।

नेपालमा तेस्रो चरणको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि तीन वटा कम्पनीले इच्छा देखाएको छ । जसमध्ये चीनको होङ् सी, बेलायतको अक्सफोर्ड विश्वविद्यलायको अष्ट्रा जेनेका र रुसको गेमेलिया हुन् । अक्सफोर्ड विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकिएपनि दोस्रो चरणको लागि विश्वविद्यालयले आफैँ जानकारी गराउने जनाएको छ । रुसी खोप निर्माता गेमेलियाको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि रुसी राजदूतसँग समन्वय भइरहेको परिषद्ले जनाएको छ । डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ ।

 

deepak-pariyar

परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित

पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् । पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु । सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने उनको अनुभवको उच्च मुल्याङ्कन गर्दछु ।

 

खसोखासका प्रधान सम्पादक किशोर पन्थीले उनको सम्मानले आफूलाई समेत गौरवान्भित बनाएको बताए । परियार खसोखासका सम्पादक समेत हुन् । स्थापनाकाल देखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका उनी हाल सेन्टरका सल्लाहकार हुन् । उनी अन्य विभिन्न संघसंस्थामा समेत संलग्न छन् ।

अमेरिकामा पनि उनी नेपाली सहित दक्षिण एसियाली समुदायमा सक्रिय छन् । परियारले पाएको सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको सामाजिक अभियन्ता नवराज केसीले बताए । अमेरिकामै रहेका लेखक एवं पत्रकार राजन थपलिया भन्छन्, ‘उनको सम्मानले नेपाली समुदायलाई थप हौसला प्रदान गरेको छ ।’

 

 

आज ऋषि पञ्चमी पूजा घरमै आराधना गरी मनाउँदै

काठमाडौं ,७ भदौ : भाद्र शुक्ल पञ्चमीका दिन  आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।प्रत्येक वर्ष नेपाली नारीहरुले मनाउने ती ऋषिपञ्चमी यो पर्छ कोरोना महामारीका कारण फरक शैलीमा बनाउन बाध्य भएका छन् । आफ्नो घरअगाडि चोक दैलो अगाडि ऋषिको पूजा गरी ऋषि पञ्चमी पूजा मनाइरहेका छन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ। ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान  गरेको छ।

 

टोखा नगरपालिकामा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्र

दिपक न्यौपाने, काठमाडौ ः  अहिलेलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ६० शय्याको आइसोलेसन विस्तार गरिने जनाएको छ ।  टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।  नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो । अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले जनाएका छन् । टोखा नगरपालिकामा  अहिलेसम्म कोरोनाका ८२ संक्रमित फेला परेका छन् । संक्रमण बढ्दै गएपछि नगरपालिकाले वडा नं १ को सामुदायिक भवनमा संक्रमितहरूलाई राख्ने व्यवस्था मिलाउन ९ सदस्यीय समितिसमेत गठन गरेको छ । 

madhav nepal

बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

काठमाडौं : बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ।  नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिवले जानकारी दिए ।  कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् । उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको स्वकीय सचिव गौतमले बताए ।  स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो ।  रिपोर्टमा ९ सुरक्षाकर्मीलाई संक्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्य, स्वकीय सचिव लगायत अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

घरमै महादेवको पूजा आराधना गरी तीज मनाउँदै

काठमाडौं ,५ भदौ : तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना  गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।  तीजको बर्त अन्य बर्त भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् ।शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ ।  निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

आज काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित

भदौ ४ , काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।   २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।