टोखा नगरपालिकामा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्र

दिपक न्यौपाने, काठमाडौ ः  अहिलेलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ६० शय्याको आइसोलेसन विस्तार गरिने जनाएको छ ।  टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।  नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो । अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले जनाएका छन् । टोखा नगरपालिकामा  अहिलेसम्म कोरोनाका ८२ संक्रमित फेला परेका छन् । संक्रमण बढ्दै गएपछि नगरपालिकाले वडा नं १ को सामुदायिक भवनमा संक्रमितहरूलाई राख्ने व्यवस्था मिलाउन ९ सदस्यीय समितिसमेत गठन गरेको छ । 

Spread the love