मनमैजुमा छुरा प्रहार गरि  फरार रहेका व्यक्ति पक्राउ

मनमैजुमा छुरा प्रहार गरि  फरार रहेका व्यक्ति पक्राउ

  काठमाडौँ: मनमैजु स्थिति  मितेरी पुलमा धारिलो हतियार प्रयोग गरी  लक्ष्मण तामाङलाई सख्त घाइते बनाई  भागेका दोर्जी शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ   ।  साउन३० गते  अन्दाजी ८ः३०  पछि भएको भएको घटनामा लक्ष्मण तामाङ सक्त घाइते हुनुभएको थियो  उपचारका लागि  ग्रीनसिटी अस्पताल लगिएकोमा उपचार गराउने क्रममा तामाङको मृत्यु भएको छ   सोही घटनामा संलग्न  २४ वर्षका दुर्गी तपाईं प्रहरीको अन्ना मा परेका छन् सोही घटनामा संलग्न तोरे तामाङलाई महानगरीय अपराध महाशाखा, मनप्र परिसर काठमाडौ तथा मातहत समेतवाट परिचालन  संयुक्त टोलीलेमाछापोखरी स्थित नागार्जुन गेष्ट हाउसको कोठा नं. १०१ मा लुकीछिपी वसी राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ  । 

सुनसान वुहान सहरमा आजभोली यस्तो भिड लाग्छ

एउटा साङ्गीतिक उत्सवमा भेला भएका हजारौँ मानिसहरूले रमाइलो गरे। त्यहाँ कसैले पनि मास्क लगाएका थिएनन्। यो चीनको वुहान सहरमा गत सप्ताहान्त देखिएको दृश्य हो। गत वर्षको अन्त्यतिर त्यहीँबाट कोरोनाभाइरस महामारी फैलिन थालेको थियो।  ज्यानुअरी २३ मा लकडाउन लगाइँदा वुहानमा ४०० जनाजतिमा सङ्क्रमण देखिएको थियो। तीमध्ते १७ जनाको मृत्यु भइसकेको थियो। त्यसको एक सातापछि कोरोनाभाइरस मान्छेबाट मान्छेमा सरेको चीन सरकारले पुष्टि गर्‍यो। एक करोड १० लाख जनसङ्ख्या भएको सहरको सम्पर्क बाँकी देशसँग विच्छेद भयो। लकडाउन लगाइएका महिनाहरूमा हजारौँ मानिसहरूको परीक्षण गरियो र उनीहरूलाई क्वारन्टीनमा राखियो। मार्च महिनादेखि लकडाउन केही खुकुलो भयो।

वुहान माया बीच वाटर पार्कमा रमाइलो गरिरहेका मानिसहरूका तस्बिरहरू अहिले भाइरल भएका छन्। गत ज्यानुअरी महिनमा वुहानमा लकडाउन लाग्दा उक्त सहर पूरै सुनसान भएको थियो। सडकमा न मानिस देखिन्थे, न त सवारीसाधनहरू नै। तर अहिले नितान्त भिन्न दृश्य देखिएको छ।

कोभिड-१९ को उपचारमा रेम्डेसिभीर औषधिको नेपालमा परीक्षण

अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभीर औषधि   विश्व स्वास्थ्य सङ्गठनको ‘सोलिड्यारिटी ट्रायल’ अर्थात् ऐक्यबद्धता परीक्षण अभियानमा परीक्षणमा नेपाल पनि सहभागी हुने तय भएको थियो। सङ्गठनले हाल नेपाललाई उक्त औषधिको अभावमा तत्कालै उपलब्ध गराउन नसक्ने जनाएपछि सरकार आफैँले परीक्षण गर्न लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍का पदाधिकारीले जनाएका छन्। नेपालका कतिपय चिकित्सकले बिरामीका लागि सिफारिस गरेको र महँगो मूल्यमा खरिदबिक्री समेत भइहरेको विवरणहरू सार्वजनिक भएका छन्।  उनीहरूका अनुसार उक्त औषधि परीक्षणका लागि तोकिएको अस्पताल र चिकित्सकहरूले बिरामीको लिखित पूर्वस्वीकृतिमा मात्र प्रयोग गर्न सक्नेछन्। सुरुमा उक्त औषधिलाई अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा आकस्मिक औषधिका रूपमा प्रयोग गर्न स्वीकृति दिएको थियो।

Countries with biggest tourism revenue losses due to COVID-19

Travel industry experts have looked into the biggest revenue loss and the highest percentage of GDP lost per country to reveal which countries have been financially impacted the most by the loss of tourism caused by COVID-19.

Travel and tourism has been one of the main industries to be gravely affected by COVID-19, leaving many countries with no choice but to close its borders to tourists for months due to the global pandemic outbreak. As a result of these travel bans, a number of airlines and tour operators have had to cancel long-awaited holidays, leaving world tourism at an all time low.

In 2019, global travel and tourism contributed $8.9 trillion to the world’s GDP, yet due to the current pandemic the financial impact of COVID-19 on world tourism has resulted in a total revenue loss of $195 billion worldwide in the first four months of 2020.

The countries with the biggest tourism revenue loss due to COVID-19:

 

Rank Country Revenue Loss
1 United States $30.7m
2 Spain $9.74m
3 France $8.77m
4 Thailand $7.82m
5 Germany $7.22m
6 Italy $6.18m
7 United Kingdom $5.81m
8 Australia $5.67m
9 Japan $5.42m
10 Hong Kong SAR, China $5.02m

In 2018, tourism supported 7.8 million jobs in the US and accounted for 2.8% of US GDP, but with the highest number of COVID-19 cases in the world, they have placed top with a total revenue loss of $31 million in the first four months of 2020. By the end of March 2020, 31 out of 50 states in the US had been placed into lockdown, in the same month a travel ban prohibited anyone travelling from the Schengen zone, UK or Ireland to enter the US, having a major impact on tourism revenue.  Europe makes up half of the top 10 most financially impacted countries. Countries within Europe make up 50% of those which have suffered the biggest losses in tourism revenue, with Spain, France, Germany, Italy and the UK all ranking in the list of the top 10 worst affected.

With a reported drop of 98% in international tourist arrivals in June, Spain is the European country with the largest revenue loss of $9.74m. Just as tourists began returning to the popular holiday destination, a rise in COVID-19 cases meant the UK imposed a quarantine warning against anyone arriving back from Spain as of the end of July. This new rule indicates that Spain’s loss in revenue will continue increasing as tourism slows once again.

France is the world’s most visited country with over 89 million tourists each year, but the impact of COVID-19 has resulted in a total revenue loss of £8,767m. This significant loss makes it the third country in the world with the most revenue loss caused by the global pandemic and the second in Europe.

The countries which have lost the highest % of GDP due to loss of tourism: 

 

Rank Country % of GDP loss
1 Turks and Caicos Islands 9.2%
2 Aruba 9.0%
3 Macao SAR, China 8.8%
4 Antigua and Barbuda 7.2%
5 Maldives 6.9%
6 St. Lucia 6.2%
7 Northern Mariana Islands 5.9%
8 Grenada 5.5%
9 Palau 5.2%
10 Seychelles 4.6%

Turks and Caicos Islands closed its border to tourists from 23rd March 2020 until 22nd July 2020, resulting in the collection of islands becoming the country to face the highest GDP loss of 9.2%. The Turks and Caicos economy is majoritively dependent on US tourism visiting the luxury holiday destination, meaning the travel ban is thought to have cost the country an estimated $22 million a month.

Also a well known luxury holiday destination located in the Southern Caribbean Sea, Aruba usually welcomes an estimated one million tourists to the small island each year. The impact of COVID-19 has caused the country to come in second as it suffers a 9% GDP loss.

Macau is known for being a hub for gambling, but with China’s ban on tourist visas and the severe impact COVID-19 has had on China as a whole, Macau’s gaming revenue falls 94.5% year-on-year in July. With gaming being a main source of tourism, Macau ranks third for the highest loss in GDP with a total percentage loss of 8.8%

Last year, more than 31 million people visited the Caribbean, and more than half of them were tourists from the US. But with COVID-19 causing travel bans all over the world, the number of tourists that once accounted for 50-90% of the GDP for most of the Caribbean countries has significantly decreased.

Countries within the Carribean make up 50% of those which have suffered the highest percentage loss in GDP, with Turks and Caicos Islands, Aruba, Antigua and Barbuda, St. Lucia and Grenada all ranking in the list of the top 10 worst affected.

As travel came to a standstill for many months, countries around the world that rely on tourism for their economy and jobs are now seeing significant drops in revenue and GDP. Taking into account how travel and tourism contributes $8.9 trillion to the world’s GDP alone, it is devastating to see a total loss of $195 billion worldwide in the first four months of 2020 alone.

तीजको अघिल्लो दिन आज दर खाने दिन

४ भदौ, काठमाडौं  : दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ  यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । । घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।   महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।   दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

काठमाडौंमा साता व्यापी निषेधाज्ञा

३ भदौ, काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सिफारिसमा सरकारले एक साताका लागि निषेधाज्ञा गरेको हो।   कोरोना महामारी रोकथामका लागि १२० दिनसम्म लकडाउन गरेपछि जनजीवन सामान्य हुन थालेको थियो । तर ६ साउनमा लकडाउन खुलेसँगै संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । अहिले सरकारले देशव्यापी लकडाउन त गरेको छैन तर, संक्रमण बढी देखिएका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने नीति लिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ ।

नागरिकलाई पर्ने अत्यावश्यक काममा पनि अवस्था अनुसार सहजिकरण गरिने अवस्थामा घरबाट बाहिर निस्किए कडा कारबाही हुने छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले सूचना सार्वजनिक गर्दै सञ्चार माध्यमका सवारी पासको विषयमा जानकारी गराएको हो। विभागका अनुसार यसअघि लकडाउनको अवधिका लागि जारी भउको सवारी पास सञ्चार माध्यमका सवारी साधनले प्रयोग गर्न पाउनेछन्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।  उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

नेपालमा एकै दिन १००० (एक हजार) जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको र १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ ।  सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ।

कोरोना भ्याक्सिन निर्माणको प्रगतिबारे जानकारी लिँदै चिनियाँ राष्ट्रपति

चीनले भने खोपको विकासको लागि भएको खर्चको विवरण सार्वजनिक गरेको छैन । यद्यपि अहिले अहिले विश्वभर क्लिनिकल परीक्षणको क्रममा रहेका २९ मध्ये नौ खोप निर्माणको काम चिनियाँ कम्पनीले गरिरहेका छन् । चीनले खोप निर्माणपछि पहिलो प्राथमिकता आफ्ना सबै नागरिकलाई दिन सक्छ । त्यसका लागि उसले पनि ठूलो परिमाणमा खोपको उत्पादन सुरु गरिसकेको छ । यसरी हेर्दा चीनले पनि उल्लेख्य रकम खोपको लागि खर्च गरेको छ ।

मानव परीक्षण गरिरहेका खोपमध्ये अधिकांश अमेरिकी, युरोपेली वा चिनियाँ वित्तीय सहयोगमा निर्माण भइरहेका छन् । यस्तो अवस्थामा तीनमध्ये एक क्षेत्रको नियामकले सुरक्षित र प्रभावकारी पहिलो खोपका लागि अनुमति दिने विश्वास छ । अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेको खोपको संख्या ६ पुगेको छ, जसमध्ये तीनओटा चिनियाँ खोप छन् । तीनमध्ये दुई खोप सरकारी कम्पनी सिनोफर्म र एक खोप निजी कम्पनी सिनोभ्याक बायोटेकले निर्माण गरिरहेका छन् ।

खोप निर्माणका लागि ६ चरण पार गर्नुपर्ने हुन्छ । पहिलो चरणमा त्यसमा प्रयोग हुने आवश्यक सामग्रीको परीक्षण गरिन्छ । त्यसपछि खोपको लागि आवश्यक पदार्थ निर्माण गरिन्छ । त्यसपछि गुणस्तर नियमनको काम हुन्छ । त्यसपछि सिरिन्ज वा ग्लासको भाँडोमा भर्ने काम हुन्छ । त्यसपछि प्याकजिङको काम सकिएपछि बजारमा पठाइन्छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै स्थानमा खोपको न्योयोचित वितरणको लागि सबैसँग आग्रह गर्दै आएको छ ।

काठमाडौँ उपत्यकामा चारदिन एता कोरोना संक्रमित घट्दो क्रममा

साउन ३१ ,काठमाडौं   :  काठमाडौ उपत्यकामा आवत-जावत खुकुलोपन आएसँगै पूर्ण संक्रमितको संख्या दिनानुदिन बढिरहेको थियो विगत केही दिनदेखि  संक्रमितको संख्या दिनानुदिन घट्ने क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा ९८ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो । यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए भने शुक्रबार १ सय १९ संक्रमित थपिएका थिए ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र ८० संक्रमित थपिएका छन् भने ललितपुर ९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या एक हजार ८ सय पुगेको छ ।