सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापान

सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापान

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न  जापानी टोली नेपालमा आइपुगेको छ । बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो। काठमाडौं अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेन  सुरुङमार्ग निर्माण ऋण सम्झौता ६ महिनापछि हुने भएको हो।   विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ। सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ।  सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको छ । जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको छ।

Pakistan to invite PM Modi for 20th SAARC Summit

Pakistan on Tuesday said it will invite Prime Minister Narendra Modi to the 20th summit of the South Asian Association for Regional Cooperation (SAARC), two years after Islamabad’s failed attempt to host the gathering of regional countries following the boycott by India.  On the eve of the groundbreaking ceremony of the Kartarpur Corridor in Narowal, some 120 kms from Lahore. SAARC Summits are usually held biennially hosted by a member state in alphabetical order. The member state hosting the summit assumes the Chair of the Association. The last SAARC Summit in 2014 was held in Kathmandu, which was attended by Modi. SAARC currently has Afghanistan, Bangladesh, Bhutan, India, Maldives, Nepal, Pakistan, and Sri Lanka as its members.

Pakistan’s attempt to host the gathering in 2016 failed after India boycotted the summit following the Uri attack in September that year.  India had expressed its inability to participate in the summit due to “prevailing circumstances” after a deadly terrorist attack on an Indian Army camp in Uri in Jammu and Kashmir. Bangladesh, Bhutan and Afghanistan also pulled out of the summit, forcing Pakistan to scrap the event scheduled for November 2016.

 In the history of SAARC since its inception in 1985, the summit has been aborted only thrice. In 1991, Bhutan had opted out from the Colombo summit and in 2005 India withdrew from attending the summit in Dhaka. According to the eight-member body’s charter, the conference is postponed should any member state decline to participate.

अमेरिकामा धेरैजसो ठूला मालबाहक ट्रक पञ्जाबी चालक

न्यूयोर्क (अमेरिका) : सिबिएस न्यूजले जनाए अनुसार आधा शताव्दी अघि नेपालमा नयाँ बनेका सडकहरुमा सबैभन्दा पहिले गाडी चलाउनेमा सरदारजीहरु हुन्थे । अमेरिकामा अहिले ठूला मालबाहक ट्रक, जसलाई १८ पाङ्ग्रे (एटिन ह्विलर) भनिन्छ । ती १८ चक्के ट्रक चलाउन सक्ने ड्राइभरको ठूलो अभाव भएको छ । जसलाई पुरा गर्न दुई वर्षयता ३० हजार पञ्जावी (शिख) हरु ड्राइभिङ पेशामा लागेका छन् । वासिङटन पोष्टले जनाए अनुसार अहिले अमेजन, वालमार्ट, जनरल फुड्स, टाइसन, फेडेक्स, युपिएस जस्ता ठूला कम्पनीहरुका लागि डेलिभरीका निम्ति ५१ हजार ट्रक चालकको तत्काल आवश्यकता परेको छ । अमेरिकन ट्रकिङ एसोसिएसन (एटीए) का अनुसार माग अनुसार ट्रक चालक नपाउँदा सामानको डेलिभरीमा ढिलाइ हुँदै आएको छ ।  अमेरिकी समुदायमा ट्रक ड्राइभिङप्रति बढ्दो निराशा र अनाकर्षणले गर्दा जनशक्तिको अभाव बढेको छ ।  १८ पाङ्ग्रे ट्रक चलाउँदा अमेरिकाको पूर्बी तटीय शहरदेखि पश्चिम तटीय शहरसम्म पुग्नुपर्छ । सडककै ट्रकलाई छेउ लगाएर सुत्नुपर्ने, खाने बस्नेको कुनै ठेगान नहुने भएकोले धेरै अमेरिकीहरु यो पेशाप्रति आकर्षित छैनन् । परिवारसँग लामो समय छुट्टिनुपर्ने र सुरुमा पारिश्रमिक समेत तुलनात्मक रुपमा ज्यादै कम हुने भएकोले अमेरिकीको ड्रिम–जबका रुपमा यो पेशा स्थापित हुन सकेको छैन । अमेरिकामा ट्रक ड्राइभरमा पञ्जाबी शिख समुदायकै वाहुल्यता छ । तस्बिर: द क्यानाडा बजार

‘मार्स इन्साइट’ यान मङ्गलग्रह नजिक

लस एन्जलस– नासाका वरिष्ठ वैज्ञानिकहरुले प्रतिघण्टा १९ हजार किलोमिटरको गतिमा उड्ने यान प्रक्षेपण गरेको हो ।  अमेरिकी डलरको ‘मार्स इन्साइट’ यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् ।  मार्स इन्साइटको मुख्य लक्ष्यनै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु रहेको छ ।  मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समयअनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु हुनेछ । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन लबोरटरीबाट हुनेछ । –एएफपी

वाइड बडी खरिद प्रकरणमा ६ अर्ब ५९ करोड – लेखा समिति

काठमाडौं । “ढाँटेको कुरा काटे पनि मिल्दैन”-  नेपाली उखान वाडड बडी विमान खरिद प्रक्रियाले चरितार्थ गरेको छ ।  वाइडवडी विमान खरिद प्रकरणमा भएका अनियमितता छताछुल्ल भएको छ । लामो समयसम्म ढाकछोपमा नै रहेको यो प्रकरण ६ अर्ब ५९ करोड  गायव भएको निष्कर्ष निकालेको छ ।

बुद्धनगरको फर्निचर शोरुममा आगलागी

१० मंसिर, काठमाडौं : चाइनिज फर्निचरको शोरुम भएको  बुद्धनगरको एक फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

आगलागीमा चार जनाको मृत्यु

२०७५ मंसिर १० :  विद्युत सर्ट भएर झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोडामा आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।   आगलागीमा ३६ बर्षिय लक्ष्मण खनाल, ३० बर्षिया राधिका खनाल, ४ बर्षिया सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनालको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

बस दुर्घटनामा २८ जनाको मृत्यु

भारतको कर्नाटकमा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्घटना अत्यधिक तीब्र गतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीले जनाएको छ । घटना भएको केही समयपछि भारतीय उद्धारकर्मी तथा तालिमप्राप्त गोताखोर पनि उद्धारमा पुगेको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।  घटनाको बारेमा थप अनुसन्धान हुदैछ ।

 

 

 

मोटर साइकल दुर्घटना

तनहुँमा मोटर साइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  । ग १० प ४०३५ नम्बर मोटरसाइकल तीब्र गतिका कारण दुर्घना भएको  छ  ।  मोटर साइकल दुर्घटनामा भानु ३ ढुकुदीका ३० वर्षीय गणेश तमाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  दुर्घटनामा परी गणेश तमाङ्गको मृत्यु भएको छ ।

दुप्चेश्वर महामेला

नुवाकोट:  नुवाकोटको चर्चित तथा पबित्र धार्मिक स्थल दुप्चेश्वर मन्दिर

महामेला आज समापन हुदैछ। महामेलामा सहभागी भई श्री दुप्चेश्वर भगवान को प्रत्यक्ष दर्शन गरि पुण्य कमाउनेको यो वर्ष पनि लाखौंको भिड रहेको थियो। विशाल पहराको बीचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्य पूर्णिमामा लाग्ने यस मेला जिल्लाकै ठूलो पर्वको रूपमा लिने गरिन्छ। सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतवेशी वडा नं ८ स्थित यो मन्दिरमा बाह्रै महिना दर्शनार्थीको भिड लाग्ने गरेपनी मंसिर पुर्णिामाको सप्ताहन्तमा लाग्ने मेलालाई भने बिशेष उत्सवको रूपमा लिने गरिन्छ। बिशेष गरि मङ्सिरको एकादसीको दिनबाट सुरु भइ जात्रा पुर्णिमा पछि मात्र सकिने चलन चलिआएको छ। मेला तथा अन्य समयमा यस मन्दिरमा जिल्लाका साथै, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा लगायत जिल्लाबाट समेत दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ। मेलाको धार्मिक एवम् पर्यटकिय महत्व पनि रहिआएको छ । खास गरी स्थानिय झाँकी नाच, ह्याल्मो गीत र सेर्पा नाच यहाँको अर्को विशेषता हो । यस मन्दिरमा विशेषगरी सन्तान नहुने दम्पती सन्तान प्राप्तिको कामनाका लागि आउने गर्छन् । दुप्चेश्वर महादेवको पूजाअर्चना पछि सन्तान हुन्छ भन्ने ठुलो मान्यता पनि छ ।

Dupchshwor Mahadev in newakot