दुप्चेश्वर महामेला

नुवाकोट:  नुवाकोटको चर्चित तथा पबित्र धार्मिक स्थल दुप्चेश्वर मन्दिर

महामेला आज समापन हुदैछ। महामेलामा सहभागी भई श्री दुप्चेश्वर भगवान को प्रत्यक्ष दर्शन गरि पुण्य कमाउनेको यो वर्ष पनि लाखौंको भिड रहेको थियो। विशाल पहराको बीचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्य पूर्णिमामा लाग्ने यस मेला जिल्लाकै ठूलो पर्वको रूपमा लिने गरिन्छ। सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतवेशी वडा नं ८ स्थित यो मन्दिरमा बाह्रै महिना दर्शनार्थीको भिड लाग्ने गरेपनी मंसिर पुर्णिामाको सप्ताहन्तमा लाग्ने मेलालाई भने बिशेष उत्सवको रूपमा लिने गरिन्छ। बिशेष गरि मङ्सिरको एकादसीको दिनबाट सुरु भइ जात्रा पुर्णिमा पछि मात्र सकिने चलन चलिआएको छ। मेला तथा अन्य समयमा यस मन्दिरमा जिल्लाका साथै, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा लगायत जिल्लाबाट समेत दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ। मेलाको धार्मिक एवम् पर्यटकिय महत्व पनि रहिआएको छ । खास गरी स्थानिय झाँकी नाच, ह्याल्मो गीत र सेर्पा नाच यहाँको अर्को विशेषता हो । यस मन्दिरमा विशेषगरी सन्तान नहुने दम्पती सन्तान प्राप्तिको कामनाका लागि आउने गर्छन् । दुप्चेश्वर महादेवको पूजाअर्चना पछि सन्तान हुन्छ भन्ने ठुलो मान्यता पनि छ ।

Dupchshwor Mahadev in newakot

Spread the love