अमेरिकामा धेरैजसो ठूला मालबाहक ट्रक पञ्जाबी चालक

न्यूयोर्क (अमेरिका) : सिबिएस न्यूजले जनाए अनुसार आधा शताव्दी अघि नेपालमा नयाँ बनेका सडकहरुमा सबैभन्दा पहिले गाडी चलाउनेमा सरदारजीहरु हुन्थे । अमेरिकामा अहिले ठूला मालबाहक ट्रक, जसलाई १८ पाङ्ग्रे (एटिन ह्विलर) भनिन्छ । ती १८ चक्के ट्रक चलाउन सक्ने ड्राइभरको ठूलो अभाव भएको छ । जसलाई पुरा गर्न दुई वर्षयता ३० हजार पञ्जावी (शिख) हरु ड्राइभिङ पेशामा लागेका छन् । वासिङटन पोष्टले जनाए अनुसार अहिले अमेजन, वालमार्ट, जनरल फुड्स, टाइसन, फेडेक्स, युपिएस जस्ता ठूला कम्पनीहरुका लागि डेलिभरीका निम्ति ५१ हजार ट्रक चालकको तत्काल आवश्यकता परेको छ । अमेरिकन ट्रकिङ एसोसिएसन (एटीए) का अनुसार माग अनुसार ट्रक चालक नपाउँदा सामानको डेलिभरीमा ढिलाइ हुँदै आएको छ ।  अमेरिकी समुदायमा ट्रक ड्राइभिङप्रति बढ्दो निराशा र अनाकर्षणले गर्दा जनशक्तिको अभाव बढेको छ ।  १८ पाङ्ग्रे ट्रक चलाउँदा अमेरिकाको पूर्बी तटीय शहरदेखि पश्चिम तटीय शहरसम्म पुग्नुपर्छ । सडककै ट्रकलाई छेउ लगाएर सुत्नुपर्ने, खाने बस्नेको कुनै ठेगान नहुने भएकोले धेरै अमेरिकीहरु यो पेशाप्रति आकर्षित छैनन् । परिवारसँग लामो समय छुट्टिनुपर्ने र सुरुमा पारिश्रमिक समेत तुलनात्मक रुपमा ज्यादै कम हुने भएकोले अमेरिकीको ड्रिम–जबका रुपमा यो पेशा स्थापित हुन सकेको छैन । अमेरिकामा ट्रक ड्राइभरमा पञ्जाबी शिख समुदायकै वाहुल्यता छ । तस्बिर: द क्यानाडा बजार
Spread the love