सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापान

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न  जापानी टोली नेपालमा आइपुगेको छ । बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो। काठमाडौं अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेन  सुरुङमार्ग निर्माण ऋण सम्झौता ६ महिनापछि हुने भएको हो।   विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ। सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ।  सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको छ । जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको छ।

Spread the love