गोली, अश्रुग्यास र आगजनीपछि नवलपरासीको सदरमुकाम तनावग्रस्त

नवलपरासी : स्थानीय निर्वाचन कार्यक्रमको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा शनिबार लाठी जुलुस गरेको थियो । लाठी जुलुसपछि बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौंबाट अध्यक्ष महन्थसहित शीर्ष नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, ह्दयश त्रिपाठी, जितेन्द्र सोनाललगायतका नेताहरु परासी पुग्नु भएको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेता सहभागी कार्यक्रम स्थल तनावग्रस्त बनेको छ । कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासी कार्यक्रम स्थल तनावग्रसत बनेको थियो । सो क्रममा प्रहरीले केही अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । तनावपछि अध्यक्ष ठाकुरले बीचमै सम्बोधन छाड्नु भएको थियो । अश्रुग्यास प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलमा लुक्न पुग्नु भएको थियो ।

Spread the love