नुवाकोटे टाईगर सगै एक दर्जन रेस्लर काठमाडौमा भिड्दै

नुवाकोटे टाईगर सगै एक दर्जन रेस्लर काठमाडौमा भिड्दै

 भरतसन्तोषी,काठमाडौ। नेपालका चर्चित रेस्लर नुवाकोटे टाईगर सहित एक दर्जन रेस्लर काठमाडौमा भिड्ने भएका छन। काठमाडौको लैनचौर स्थित टिटि हलमा हुन गइरहेको रेस्लिङ खेलमा नुवाकोटे टाईगर सहित दिलासा,सोफी,टुपी ग्याङ,द युब,साईन,थाकु,रावण,डेविड,डेईनिका,एक्स हिरो,कुबेर केसी,प्रदिप पाण्डे लगायत रेस्लर खेलाडीहरु प्रतिस्पर्धामा रहनेछन्। यहि फाल्गुन ११ गते शनिबार हुन गइरहेको उक्त खेललाई नेपाल रिङ रेस्लर एसोसिएसनको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदले सह-प्रायोजन गरेको छ।

क्रिकेट खेलाडीलाई ५ लाख

  काठमाडौं : एक दिवसीय र तीन वटा टी–२० सिरिज खेले  क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।लेखेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिवले प्रत्येक खेलाडीलाई ५ लाख दिन प्रस्ताव लैजाने बताएका छन् । ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको  छ। आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो। नेपाली टिमका खेलाडी सन्दीप लामिछाने  अष्ट्रेलिया गएकाले उनी काठमाडौं आएनन्।

धुर्मुस-सुन्तलीको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना

धुर्मुस सुन्तली फाउन्डेसन चितवनको भरतपु्र महानगरपालिका १६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।  २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

चीनमाथि नेपालको १० विकेटको जित

थाइल्याण्डमा शुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियाेगितामा नेपालले चीनलाई हराएकाे छ । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग-यो । पहिलाे खेलमै चीनसँग भिडेकाे नेपालले चीनलाई १० विकेटले हराउँदै शानदार रुपले विजयी सुरुआत गरेको छ ।अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् ।

 

 

 

कराते च्याम्पियनसिपमा पाँच स्वर्ण र एक रजत पदक

भारतमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ । २१ वर्षको राम नारायणले  ४५/५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेको छ भने गीता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण पदक हात पारेको छ । त्यस्तै गरी  सुरज विकले पनि कुमितेमा स्वर्ण पदक र कातामा  रजत पदक प्राप्त गर्न सफल भएको   छ ।

पोखरा प्रिमियर लिग फेवातालमा ट्रफी

पोखरा : पोखरा प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको पोखरा प्रिमियर लिग फेवातालमा ट्रफी  सार्वजनिक गरिएको छ। फेवाताल पोखराको ब्राण्ड भएकोले ट्रफी पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिर किनारमा६ टोलीका टिम कप्तान ले ट्रफी सार्वजनिक गरेका हुन्। पोखरा पल्टनको शरद भेषावकर, चितवन राइनोजका पारस खड्का, विराटनगर टाइटनका सन्दीप लामिछाने, काठमाडौं रोयल्सका ज्ञानेन्द्र मल्ल, बुटवल ब्लाष्टका सोमपाल कामी र धनगढी ब्लुजका दिपेन्द्रसिंह ऐरीले तालबाराही मन्दिर किनारबाट ट्रफी सार्वजनिक गरिएको गरिएको छ। पीपीएल पोखरामा आयोजना हुन लागेको अहिलेसम्म ठूलो प्रतियोगिता हो। प्रतियोगिताको उद्घाटन खेल पोखरा पल्टन र विराटनगर टाइटनबीच शुक्रबार हुँदैछ।

सकियो रूस विश्वकप- फ्रान्सलाई उपाधि

मस्को : फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको छ ।पूर्वविजेता फ्रान्सलाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ ।  फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो । ५९औं मिनेटमा अनुभवी खेलाडी पल पोग्बाले फ्रान्सलाई ३-१ को अग्रता दिलाए । ६५औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि चौथो गोल गरे । जारी विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए ।

खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका बेल्जियमका थिबाउट कोर्टोइसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार हात पारे । तेस्रो स्थान हासिल गरेको बेल्जियमले यो विश्वकपमा सर्वाधिक १६ गोल ग¥यो । बेल्जियमका १० जना खेलाडीले यो विश्वकपमा गोल गरेका थिए ।

२१ औं विश्वकपको ट्रफी कस्को हातमा ?

मस्को : विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आइतबार लाग्नेछ । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोहोर्‍याउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् ।  फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ । पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।  फ्रान्सले उपाधि जिते इतिहास दोहोर्‍याउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिनेछ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप तेश्रो स्थान बनाउन सफल

काठमाडौं :  फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका छ । इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । खेलको ४ मिनेटमा नै गोल गर्दै म्युनियरले सुरुवाती अग्रता दिलाएका थिए ।  खेलको ९० मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफ एक शून्यले अग्रता बनाएको बेल्जियम दोश्रो हाफमा भने निकै दबाबमा आएको थियो ।  इंग्ल्याण्डले बललाई आफ्नो पक्षमा राखेपनि कुनै गोल भने गर्न सकेन र बेल्जियम रुस विश्वकपमा तेश्रो स्थान हात पार्न सफल छ ।

बेल्जियमलाई १ गोल – फ्रान्स विश्वकप फाइनलमा

एजेन्सी :  रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै नायक बनेका छन्। उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । अत्यन्त रोमान्चक खेलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।  खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने बराबरी गोल फर्काउन चुक्यो । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । एकपछि अर्को प्रहार गरेको बेल्जियमले गोल गर्न नसकेपछि प्रान्स फाइनलमा प्रवेशको ढोका खुल्यो ।  यसअघि पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । रसियाको सेन्ट पिटर्सबर्गमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए । खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए ।