चीनमाथि नेपालको १० विकेटको जित

थाइल्याण्डमा शुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियाेगितामा नेपालले चीनलाई हराएकाे छ । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग-यो । पहिलाे खेलमै चीनसँग भिडेकाे नेपालले चीनलाई १० विकेटले हराउँदै शानदार रुपले विजयी सुरुआत गरेको छ ।अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् ।

 

 

 

Spread the love