माला धितालसग भरतसन्तोषी लामाको अन्तर्वार्ता

माला धितालसग भरतसन्तोषी लामाको अन्तर्वार्ता

(विगत बाह्र वर्षदेखि निरन्तर रूपमा जर्मनी सस्था पार्सल अफ पिस मार्फत सामाजिक सेवा र सद्भावमा खटिरहनुभएका एक जुजारु महिला ब्याक्तित्व हुन माला धिताल।उनै माला धितालसग हाम्रा सहकर्मी भरतसन्तोषी लामाले गर्नुभएको कुराकानीको सार यहाँ प्रस्तुत गरिन्छ।)
*यहाँको परिचय सहित समग्र सस्थाको बारेमा बताईदिनुहोस न। -म माला धिताल।म चाहिँ हाल पार्सल अफ पिस भन्ने सस्थाको अध्यक्ष हु।र म यस सस्थाको संचालक पनि हु।यो सस्था मार्फत काम गरेको हामीले बैधानिक रुपमा ६ वर्ष भयो।तर नुवाकोट कार्यक्षेत्र बनाएर विभिन्न काम गरेको चाहिँ १२ वर्ष बित्यो।
*विभिन्न क्षेत्र भनेर भन्नुभयो मुलतः पार्सल अफ पिसले कुनकुन क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएको छ?
-हजुर मुख्यतया स्वास्थ्य,खानेपानी,सरसफाइ,पोशाक,आवास लगायतका क्षेत्रलाई बढी महत्त्व दिएका छौ।सुरुमा हामीले जस्को घरमा शौचालय छैन,उनीहरुको शौचालय ब्यवस्थापनमा पनि सहयोग गरेका थियौ।त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्यसग प्रत्यक्ष सरोकार राख्ने धुवारहित चुल्हो निर्माणकार्यमा पनि हामीले सहयोग पुर्याएका थियौ।त्यस सन्दर्भमा हामीले २५ सय चुल्हो निर्माण गरि हाम्रो सस्था सेवारत नुवाकोट सुनखानीका स्थानीय वासिन्दालाई सहयोग गर्यौ।सेवारत नुवाकोटकै नौ वटा विद्यालयमा पुनः निर्माण गर्यौ।दुखी गरिब बालबालिकालाई छात्रवृत्तिको ब्यवस्थापन गर्यौ।
*विगतमा यति धेरै काम गरेको पार्सल अफ पिस सस्थाले तत्काल चाहि के गरिरहेको छ?
-हामीले हालसालै पौने चार करोड बराबरको चारवटा विद्यालयमा भुकम्पीय क्षतिग्रस्त विद्यालयमा भवन निर्माण सम्पन्न गरेका छौ।त्यसको लागि केहि हप्ता भित्र नै भवनहरुको उद्घाटन अनि समुदायलाई हस्तान्तरण कार्यक्रम तय गरेका छौ।भुकम्पीय क्षति भएकोले डेक्स बेञ्च पनि ब्यवस्थापन गरिरहेका छौ।त्यसपछि तत्काल कम्प्युटर दिने योजना तय गरेका छौ।अनि अपांग गरिब महिला बालबालिकालाई पनि हामीले सहयोग र समर्थन गर्दै आईरहेका छौ।त्यस्तै नुवाकोट जिल्ला कै आठ विद्यालयमा ४/४ जना भान्से राखेर हामीले सम्पुर्ण स्कुले बालबालिकाको लागि पोषणयुक्त दिवा खाजाको ब्यवस्थापन गरेका छौ।त्यसमा हामीले वार्षिक ५० लाख खर्च गर्दै आईरहेका छौ।
*स्कुले केटाकेटीलाई दिवा खाजाको अलवा सस्थाले पोशाक,झोला,जुत्ता लगायतका सामग्री वितरण गरेको समाचारहरु हामीले सुनेका थियौ यो छनौट तथा वितरणको मापदण्ड चै के रहेछ?
-हामीले विभिन्न कार्यक्रम सुरु गर्ने क्रममा विद्यालयहरुमा पुग्छौ।त्यहाँ बालबालिकाको दैनिकी नियाल्दा के कस्ता समस्या भोगिरहेका छन त्यस विषयमा छलफल गर्छौ।र दाताहरु सग प्रस्ताव गर्छौ र हामी कार्यक्रम बनाएर ल्याउछौ। *अगाडि भन्नुभयो विभिन्न विद्यालयमा भुकम्पले क्षतिग्रस्त भवन निर्माण गर्यौ।कुनकुन विद्यालयको कतिवटा भवन निर्माण सम्पन्न भयो? -एउटा चाहिँ ग्रामीणदेवी माध्यमिक विद्यालय सुनखानीको हामीले १६ वटा कोठा निर्माण गर्यौ।यो हामीले सहयोग गरेको विद्यालयहरु मध्ये पुर्ण रुपमा क्षति भएको विद्यालय थियो।जस्लाई हामीले पौने दुई करोड खर्च गर्यौ।अनि आरुखर्क स्कुल छ।त्यसमा पनि नौ कोठा छ।अर्को मनकामना छ।त्यसमा पनि नौ कोठा निर्माण गर्यौ।अनि अर्को अरुणोदय स्कुल छ त्यसमा चाहिँ एक तला निर्माण गरेका छौ।यसरी हामीले महाभुकम्प २०७२ पछि झन्डै ३८ वटा कक्षाकोठा निर्माण सम्पन्न गरेका छौ।हामीले यिनै कार्यक्रमहरुमा पौने चार करोड खर्च गरेका हौ।
*यति धेरै पुनः निर्माणका कार्यक्रम अनि अन्य शैक्षिक गतिविधि संचालनको लागि जम्मा हुने रकम बिदेशीहरुले कसरी जम्मा गर्दा रहेछन्?
-एउटा जर्मनीमा न्युनवर्गमा नेपाल हेल्फे इम क्लाइम रामन भन्ने एउटा संगठन छ।त्यही जर्मनी संगठनले अहिले हाम्रा पीडित दुखी,गरिब बालबालिकालाई संरक्षण र सहयोग रकम दिईरहेको छ।सो संगठनले बिहान आठ बजेदेखि बेलुका बाह्र बजेसम्म खटेर दस युरो देखि सय युरोसम्म को एकदमै कम कम सानो रकम भएपनि जुटाएर जम्मा गरेको देख्दा उनीहरुलाई पनि साच्चिकै सजिलो चाहि छैन भन्ने म महसुस गर्छु।रकम जम्मा गर्नको लागि उस्ले हामीले गरेको बिगतको विभिन्न कार्यक्रम फोटो,भिडियो देखाएर,स्लाईड कार्यक्रमहरु गर्ने,त्यहाँका मानिसहरुलाई यहाँका समस्या भनेर बिशेष गरि बालबालिकाका लागी खाजा कार्यक्रमको लागि भनेपछि एकदमै खुशी भएर सहयोग गरेको पाइयो।यति दुख गरेर जम्मा गरेको पैसा भएकोले हामीले पनि थोरै पैसाले धेरै काम होस् भनेर कार्यक्रमहरु संचालन गरिरहेका छौ।
*यतिधेरै दुखले सहयोग गरेको दाताहरुको पैसा भन्नुभयो ?
राम्रो हरहिसाबले पनि कार्यक्रमहरु तर्जुमा गरिरहेको पनि बताउनुभयो।खासमा कार्यक्रम भैरहेको ठाउँमा तपाई पुग्दा त्यहाँका पीडित बालबालिका,समुदायको प्रतिक्रिया चाहिँ के हुन्छ?तपाईप्रती? -असाध्यै राम्रो भन्छन् श्रद्धा व्यक्त गर्दछ्न।हाम्रो दुख बुझ्नुभयो खुशी छौ भन्छन्।त्यस्तै बिदेशीहरु पनि नेपाल आउदा उद्घाटन स्थलमा जादा उनीहरुपनि आफुले गरेको सहयोग प्रती गौरव गर्छन्।र अझै थप सहयोग गर्छौ भनेर प्रतिबद्धता ब्यक्त गर्दछन। *वार्षिक कार्यक्रम योजना तर्जुमा चाहिँ तपाईंहरु गर्नुहुन्छ कि बिदेशीले? -सुरुमा हाम्रो कार्यक्रम एकदमै सानो थियो पछि हाम्रो कार्यक्रम पनि बढ्यो।उनीहरुको योजना पनि बढ्यो।पछिल्लो कार्यक्रम भुकम्प पछि उक्त संगठनले धेरै क्षेत्रमा सहयोग पनि गर्दै आईरहेको छ।
*भावीयोजना तथा कार्यनीतिहरु के कस्ता छन?
-अब हामीले चारवटा विद्यालयहरु पुरै निर्माण सम्पन्न गर्यौ।हामीले नुवाकोटमा जम्मा नौवटा र गोर्खामा गण्डकी स्कुल कुरिन्टारमा सहयोग गर्दै आईरहेका छौ।त्यस स्कुल हरुमा खाजा कार्यक्रम र छात्रवृत्ति कार्यक्रमले निरंतरता पाईरहनेछ।र सहयोग गरिरहेको विद्यालयमा तत्काल कम्प्युटर र ईन्टरनेट को पनि ब्यवस्थापन गर्दैछौ।त्यस्तै अर्को योजना तर्जुमा भैसकेको चाहिँ कुम्भेश्वर स्कुल सुनखानी छेउको गाउँमा नमुना १० वटा ४कोठे १० परिवारलाई बस्न मिल्ने गरि आवासको पनि ब्यवस्थापन पनि गर्दैछौं ।

कसम खानुको मजा अर्कै छ । – युवा राहित्यकार राजन थपलिया

न्युयोर्क निवासी चर्चित युवा लेखक हुनुहुन्छ राजन थपलिया । उहाँले अहिलेसम्म १० वटा पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छ । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको आगामी पुस्तक शतप्रतिशत जीवन अर्थात् हन्ड्रेड पर्सेन्ट लाइफ (100% LIFE) प्रकाशन हुन लागेको सन्दर्भमा गरिएको कुराकानी । –

अहिलेसम्म कतिवटा पुस्तक लेख्नुभयो र लेखनकार्यमा कहिलेदेखि सकृय हुनुहुन्छ ?

अब आउने सेप्टेम्बरमा १५ बर्ष पुरा हुन्छ लेखनमा लागेको । मैले अहिलेसम्म १० वटा पुस्तकहरु लेखिसकेको छु भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छु । तर अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् ।

तपाईको लेखन केमा केन्द्रीत हुन्छ ?

मेरो लेखन सेल्फ हेल्प, मोटिभेशन र नोभलमा केन्द्रीत रहेको छ । लेखनका विभिन्न धारहरु छन् । तर मैले महसुस गरेको छु कि यी धारहरु नै मेरालागि उपयुक्त छन् । उपन्यास लेखन र सेल्फ हेल्प नै मेरालागि उचित विधा हुन् ।

शतप्रतिशत जीवन (100% LIFE) नामको नयाँ पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ, यो कस्तो पुस्तक हो ?

यसको उपशीर्षकले नै सबै कुरा भनेको छ । आफैसँग प्रतिज्ञा गर्नुहोस्, तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन । तपाईले आफ्नो जीवनमा कसम खानुहोस्, प्रतिज्ञा गर्नुहोस् । हिजो जती गल्ती भए, कमजोरी भएपनि आगामी दिनमा राम्रो गर्न सकिन्छ । राम्रो गर्ने प्रतिज्ञा हुनेलाई १७ बर्ष र ७० बर्षको उमेरले पनि कुनै फरक पार्दैन । कुनै पनि बेला राम्रो कुराको सुरुवात गर्न सकिन्छ । काममुखी भएर अगाडि बढेमा जीवनमा धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ । आफूले आफैसँग प्रतिज्ञा नगरेको कारणले मानिस अफसल हुनेगर्छ । दुखी भएका र असफल भएकाहरुलाई पनि सही बाटोमा ल्याउने र परिवर्तन हुन चाहनेहरुका लागि लेखिएको पुस्तक हो यो । यो पुस्तक अब केहीसाताभित्र नै प्रकाशित हुनेछ ।

लेख्नका लागि पढ्न कत्तिको जरुरी छ ?

लेख्नका लागि पढ्न एकदमै जरुरी छ । किनभने अरुलाई मोटिभेट गर्ने, इन्करेज गर्ने र नयाँ बाटो देखाउने कुराहरु त्यती सहज छैन । कैयन कुराहरु तथ्यमा आधारित हुनुपर्ने भएकाले मैले आफूले अध्ययन गरेर यो पुस्तक लेखेको छु । मैले चारपाँचसय पुस्तकहरु पढेर, आफ्नो विचार र विश्लेषण समावेश गरेर यो पुस्तक तयार पारेको छु । त्यसैले लेख्नका लागि पढ्न एकदम जरुरी छ ।

अरुलाई सिकाउने लेखकहरुले आफूले चाँही त्यो कुरा कत्तिको अनुशरण गर्छन् ?

एउटा सामान्य लेखकले पनि आफूले सिकेको ज्ञान पाठकहरुसमक्ष बाड्न सकिन्छ । जुन ज्ञानबाट लेखकभन्दा धेरै पाठक सफल हुन सम्भव छ । विश्वविद्यालयमा पढाउनेहरुका शुत्र फ्लो गरेर विद्यार्थीहरु विभिन्न विधामा सफल भइरहेका हुन्छन् तर पढाउनेले पढाईमात्र रहेको हुन्छ । लेखकले आफ्नो जीवनमा लागु गर्न नसकेका कतिपय कुराहरु पाठकले लागु गर्न सक्छन् ।

तपाईका पुस्तकप्रति पाठकको रेस्पोन्स कस्तो छ ?

नेपाली बाहेकका पाठकको निकै राम्रो रेस्पोन्स छ । तर नेपालीहरुले पनि मेरा पुस्तकहरु पढिरहनुभएको छ । नेपाली समाजका विभिन्न व्यक्तिले पढेर प्रतिकृयाहरु दिनुभएको छ । एउटा नेपाली भएको नाताले सबैभन्दा धेरै माया र प्रेरणा नेपालीहरुबाट नै पाएको छु ।

तपाई कतिबेला लेख्नुहुन्छ ?

राती, दिउसो वा विहान भन्ने कुरा हुँदैन । जब कुनै चीजले मलाई शक्ति दिन्छ, म लेख्न तयार हुन्छु । कहिलेकाँही सुत्न बेडमा पुगिसकेपछि पनि उठेर लेख्छु । मान्छेको दिमागमा विचारको सृजना वातावरणले गर्छ । फोहोर स्थानमा जाँदा असहज अनुभव हुन्छ भने सफा स्थानमा गएमा नयाँ विचारहरु आउँछ । संगत गर्दा पनि आफूभन्दा शशक्त व्यक्तित्वसँग गर्दा धेरै कुराहरु सिक्न सकिन्छ ।

अमेरिकामा पुस्तक प्रकाशन कत्तिको सहज छ ?

अमेरिकामा पुस्तक प्रकाशनका धेरै तरिका छन् । आफै प्रकाशन पनि गर्न सकिन्छ भने परम्परागत रुपमा पनि प्रकाशन गर्नसकिन्छ । अहिलेको समयमा प्रकाशन भन्दा धेरै लेखकको ब्राण्ड र लेखिएको विषय हो । कतिपय चर्चित लेखकहरुले पनि आफै प्रकाशन गर्न थालेकय छन् । परम्परागतरुपमा प्रकाशन गर्दा एकबर्षसम्म पनि पर्खनुपर्ने हुनसक्छ । तर अहिले पर्खने जमाना छैन । इबुक बेचेर पनि पैसा कमाउन र ज्ञान बाड्न सकिन्छ । पुस्तक निकाल्न खास गाह्रो छैन ।

mr. deepak neupane

नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ ? बिज्ञहरुको एक बहस

दिपक न्यौपाने, काठमाडौ, लाजीम्पाट स्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय बिकास समीतिमा भएको नेपालको परराष्ट्र नीतिको बारेमा गरिएको बहसमा बिभिन्न क्षेत्रका बिज्ञहरुको बिचारमा नेपालको परराष्ट्र नीति र अबलम्बन गनुपर्ने बाटोहरु र हाल नेपालले भोगेका समस्याको यथार्थ चित्रण ।

 

mr. deepak neupane

Himalayan Online Service HONS

इन्टरनेटको दुनियामा हिमालयन अनलाइन सर्भिस – हरिहर भण्डारी

दिपक न्यौपाने, काठमाडौ – नेपालको इन्टरनेटको सेवा प्रदान गर्नै उदेश्यले १६ वर्ष अधि स्थापना भएको हिमालयन अनलाइन सर्भिस HONS ले सुलभ रुपमा सेवा प्रदान गर्दै आएको र नेपालमा छैटौ स्थानमा दर्ता भएको आइ एस पी आज सम्म निरन्तर रुपमा सेवा सुचारु गरिरहेको कम्पनीका मेनेजिङ्ग डाईरेक्टर हरिहर भण्डारीले दि पाबर न्युज मिडियालाई जानकारी दिनु भयो ।
हिमालयन अनलाइन सर्भिसको बारेमा गरिएको छोटो कुराकानी

 हिमालयन अनलाइन सर्भिस भन्नाले के बुझिन्छ ?
– यो एउटा इन्टरनेट प्रदाय संस्था हो । यसले इन्टरनेट प्रदान गर्ने काम गर्दै आइरहेको छ । अरु भन्दा पृथक रुपमा ग्राहको बिश्वसनियता लिन सफल आइ एस पी भनेर बुझिन्छ ।

कसरी सुरुवात भयो इन्टरनेट सेवा ?
– सुरुमा हामीसंग त्यति क्षमता थिएन प्रबिधीको विकास भएपनि हामीले नेपाल जस्तो देशमा इन्टरनेट  बिस्तार गर्नु चुनौति नै थियो । सुरुमा इन्टरनेट महँगो थियो । हुने खानेहरुले मात्र प्रयोगमा ल्याउथे । हामीले एउटा सानो कोठा बाट डायलप प्रबिधिको रुपवाट बिस्तार गरेका थियौ आज धेरैजसो काम इन्टरनेट बिना गर्न कठिन भैसकेको छ । यसको मागपनि बढ्दो छ ।

ग्रामीण क्षेत्रमा सेवा कसरी दि रहनु भएको छ ?
– इन्टरनेट कनेक्सनको लागी हामीले ग्राहक को घरमा एउटा DEVICE राख्छौ त्यसले हाम्रा बिभिन्न स्थानमा रहेका Tower बाट कनेक्सन गर्छ । ग्रमीण क्षेत्रमा बिजुली वक्तिको सुबिधा नपुगेको ठाउमा पनि हाम्रो सेवा सुचारु भैरहेका छन् । घरमा राखेको  DEVICE मा १२ Volt को DC करेन्ट दिएपछि  DEVICE चालु हुन्छ र Tower संग कनेक्सन गर्छ । हामी २४ सै घण्टा सेवा दिन सक्षम छौ । जस्तो रातामाटे, झागा झोली, दुम्जा यि ठाउँमा वक्तिको सुबिधा नपुगा ठाँउमा हाम्रा सेवा संचालनमा आइरहेका छन् ।

योजना बिस्तार गर्ने क्रममा कस्ता चुनौती आउछन् ?
काठमाडौमा त बिरलै समस्या छैनन् तर गाउँ गाउँमा टावर विस्तार गर्नेक्रममा समस्याहरु आउछन् नै सुरुमा टावर बिस्तार गर्न खर्चिलो छ त्यसपछि टावरको सुरक्षाको बिषय अझ चुनौतिको रुपमा देखा पर्दछ । राज्यले भ्याट काहानेर चुहावट भयो भनेर मात्र हेर्छ तर हाम्रा समस्यालाई त्यति चासो दिदैन ।

सरकारी क्षेत्रबाट कस्तो  सहयोगको आबश्यकता महशुस गर्नु हुन्छ ?
संसार छोटो बनाउने प्रबिधि भनेको  इन्टरनेट हो । संगसंगै ग्रामीण भेगमा इन्टरनेट पुयाउन महंगो छ सरकारले ग्रामीण कोष लगानी निजी क्षेत्रसंग  साझेदारी गर्न, लगानी मैत्री बाताबरण मिलाइ दिएको खण्डमा प्रबिधी बिकास गर्नै हामीलाई पनि सहयोग पुर्ने छ र दुर दराजमा रहेका नेपालीहरुले पनि सुबिधा सुलभ रुपमा पाउन सक्थे ।

अब नयाँ योजना के के छन् ?
हाल नेपालका पूर्वी ३ वटा विकास क्षेत्रमा हाम्रा सेवा बिस्तार भएका छन् । अव संभबत नेपाल भर यो योजना बिस्तार गर्ने क्रममा हामी छौ । योजाना भन्नुपर्दा FTTH अर्थात Fiver to the Home को लक्षमा हामी जान्छौ ।

अन्यमा ग्रहकको लागी कस्तो सुझाव दिनु हुन्छ ?
इन्टरनेट सेवामा हामी सेवा दिन बसेका हौ । ग्रहकको सुबिधाको लागी ग्राहकले समस्या नबुझे जस्तो लाग्छ । धेरै जसो समस्याको रुपमा स्पिड  समानान्तर नभएको जस्ता कुरा आउछन् । हामीले दिने स्पिड ग्राहकको माग अनुसार नै छ । तर टेक्नोलोजीको प्रयोगमा राउटरको प्रयोगवाट समस्या हुनसक्छ, सिस्टमको समस्या हुन सक्छ टेक्निकल समस्या थाहै नपाई  इन्टरनेट स्पिडको समस्या  भनेर स्पिड कम भयो भनेर गुनासो आईरहन्छ । यस्ता कुरा ग्रहकले पनि महशुस गर्नु पर्छ ।
यदा कदा टावरसंग कनेक्सन नभएको अबस्थामा, टावर पड्कने, सिस्टममा आउने ERROR को पुर्ण रुपमा ग्राहकलाई ज्ञान नहुदा समस्या हुन सक्छन् ।

अन्तमा : संघर्षसंगसंगै यहाँ यहाँ सम्म ग्राहकले माया गरिरहनु भएको छ  त्यसैले होला हिमालयन अनलाइन सर्भिसले लोक प्रियता पाईरहेको महशुस गरेको छ, धन्यवाद  ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अमेरिकामा – विकास राज न्यौपानेसंग गरिएको कुराकानी

विकास राज न्यौपाने टेक्सास, अमेरिका- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल आज अपरान्ह अमेरिकाको टेक्सास स्थित ड्यालस पुग्नु भएको छ । उपसभापति पौडेलसँगै नेपाली काँग्रेसका युवा नेताद्वय प्रकाश शरण महत र ध्रुब वाग्ले ड्यालस पुगेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाको ड्यालसमा हुन लागेको अधिवेशनमा सहभागी हुन उपसभापति पौडेल पुग्नु भएको हो दिनको ३ बजेर १५ मिनेटमा ड्यालस फोर्टवर्थ पुग्नुभएका उपसभापति पौडलको स्वागतार्थ नेपाली जनसम्पर्क समिति ड्यलास फोर्टवर्थका सभापति ज्ञानेन्द्र राज कार्की, वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी, आशन्न अधिवेशनका अध्यक्ष प्रत्यासीहरु गोरख बहादुर विष्ट (आनन्द), कृष्ण लामिछाने, विष्णु सुबेदी लगायत अन्य काँग्रेसका कार्यताहरु विमानस्थलमा पुगेका थिए । काँग्रेसका अन्य सयौँ कार्यकर्ता भने शेराटन होटलमा उपसभापति पौडेलेको स्वागतका निम्ति उपस्थित भएका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन यही नोभेम्बर २२ र २३ तारिखमा टेक्सासको ड्यालसमा हुँदैछ ।

यसैबीच विभिन्न पदका लागि आकांक्षीहरुले आ आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् | बुधवार मात्र न्यूयोर्कका सुवास लामा,युटा च्याप्टरका सभापति प्रियरंजन दाहाल,न्यू मेक्सिको च्याप्टरका सभापति देशराज संयोकलगायतले नयाँ नेतृत्वको केन्द्रीय सदस्यका लागि आ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् | यसैगरी ड्यालस फोर्थ च्याप्टरका पूर्व सभापति ओम भट्टराइले पनि बुधवार नै समितिको सभापति पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् | यसैगरी मुनेंद्र नेम्वाङ्ग र धनन्जयनरसिंह केसीले महसचिवको लागि उम्मेदवारी घोषणा गरेर भोट माग्न थालेका छन् | तर अधिवेशनस्थल टेक्सासमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने र अन्तिममा प्रतिष्पर्धीहरुका बीच सहमति हुनसक्ने सम्भावाना बाँकी नै रहेको भन्ने चर्चा पनि चलेको छ |