इन्टरनेटको दुनियामा हिमालयन अनलाइन सर्भिस – हरिहर भण्डारी

Himalayan Online Service HONS

दिपक न्यौपाने, काठमाडौ – नेपालको इन्टरनेटको सेवा प्रदान गर्नै उदेश्यले १६ वर्ष अधि स्थापना भएको हिमालयन अनलाइन सर्भिस HONS ले सुलभ रुपमा सेवा प्रदान गर्दै आएको र नेपालमा छैटौ स्थानमा दर्ता भएको आइ एस पी आज सम्म निरन्तर रुपमा सेवा सुचारु गरिरहेको कम्पनीका मेनेजिङ्ग डाईरेक्टर हरिहर भण्डारीले दि पाबर न्युज मिडियालाई जानकारी दिनु भयो ।
हिमालयन अनलाइन सर्भिसको बारेमा गरिएको छोटो कुराकानी

 हिमालयन अनलाइन सर्भिस भन्नाले के बुझिन्छ ?
– यो एउटा इन्टरनेट प्रदाय संस्था हो । यसले इन्टरनेट प्रदान गर्ने काम गर्दै आइरहेको छ । अरु भन्दा पृथक रुपमा ग्राहको बिश्वसनियता लिन सफल आइ एस पी भनेर बुझिन्छ ।

कसरी सुरुवात भयो इन्टरनेट सेवा ?
– सुरुमा हामीसंग त्यति क्षमता थिएन प्रबिधीको विकास भएपनि हामीले नेपाल जस्तो देशमा इन्टरनेट  बिस्तार गर्नु चुनौति नै थियो । सुरुमा इन्टरनेट महँगो थियो । हुने खानेहरुले मात्र प्रयोगमा ल्याउथे । हामीले एउटा सानो कोठा बाट डायलप प्रबिधिको रुपवाट बिस्तार गरेका थियौ आज धेरैजसो काम इन्टरनेट बिना गर्न कठिन भैसकेको छ । यसको मागपनि बढ्दो छ ।

ग्रामीण क्षेत्रमा सेवा कसरी दि रहनु भएको छ ?
– इन्टरनेट कनेक्सनको लागी हामीले ग्राहक को घरमा एउटा DEVICE राख्छौ त्यसले हाम्रा बिभिन्न स्थानमा रहेका Tower बाट कनेक्सन गर्छ । ग्रमीण क्षेत्रमा बिजुली वक्तिको सुबिधा नपुगेको ठाउमा पनि हाम्रो सेवा सुचारु भैरहेका छन् । घरमा राखेको  DEVICE मा १२ Volt को DC करेन्ट दिएपछि  DEVICE चालु हुन्छ र Tower संग कनेक्सन गर्छ । हामी २४ सै घण्टा सेवा दिन सक्षम छौ । जस्तो रातामाटे, झागा झोली, दुम्जा यि ठाउँमा वक्तिको सुबिधा नपुगा ठाँउमा हाम्रा सेवा संचालनमा आइरहेका छन् ।

योजना बिस्तार गर्ने क्रममा कस्ता चुनौती आउछन् ?
काठमाडौमा त बिरलै समस्या छैनन् तर गाउँ गाउँमा टावर विस्तार गर्नेक्रममा समस्याहरु आउछन् नै सुरुमा टावर बिस्तार गर्न खर्चिलो छ त्यसपछि टावरको सुरक्षाको बिषय अझ चुनौतिको रुपमा देखा पर्दछ । राज्यले भ्याट काहानेर चुहावट भयो भनेर मात्र हेर्छ तर हाम्रा समस्यालाई त्यति चासो दिदैन ।

सरकारी क्षेत्रबाट कस्तो  सहयोगको आबश्यकता महशुस गर्नु हुन्छ ?
संसार छोटो बनाउने प्रबिधि भनेको  इन्टरनेट हो । संगसंगै ग्रामीण भेगमा इन्टरनेट पुयाउन महंगो छ सरकारले ग्रामीण कोष लगानी निजी क्षेत्रसंग  साझेदारी गर्न, लगानी मैत्री बाताबरण मिलाइ दिएको खण्डमा प्रबिधी बिकास गर्नै हामीलाई पनि सहयोग पुर्ने छ र दुर दराजमा रहेका नेपालीहरुले पनि सुबिधा सुलभ रुपमा पाउन सक्थे ।

अब नयाँ योजना के के छन् ?
हाल नेपालका पूर्वी ३ वटा विकास क्षेत्रमा हाम्रा सेवा बिस्तार भएका छन् । अव संभबत नेपाल भर यो योजना बिस्तार गर्ने क्रममा हामी छौ । योजाना भन्नुपर्दा FTTH अर्थात Fiver to the Home को लक्षमा हामी जान्छौ ।

अन्यमा ग्रहकको लागी कस्तो सुझाव दिनु हुन्छ ?
इन्टरनेट सेवामा हामी सेवा दिन बसेका हौ । ग्रहकको सुबिधाको लागी ग्राहकले समस्या नबुझे जस्तो लाग्छ । धेरै जसो समस्याको रुपमा स्पिड  समानान्तर नभएको जस्ता कुरा आउछन् । हामीले दिने स्पिड ग्राहकको माग अनुसार नै छ । तर टेक्नोलोजीको प्रयोगमा राउटरको प्रयोगवाट समस्या हुनसक्छ, सिस्टमको समस्या हुन सक्छ टेक्निकल समस्या थाहै नपाई  इन्टरनेट स्पिडको समस्या  भनेर स्पिड कम भयो भनेर गुनासो आईरहन्छ । यस्ता कुरा ग्रहकले पनि महशुस गर्नु पर्छ ।
यदा कदा टावरसंग कनेक्सन नभएको अबस्थामा, टावर पड्कने, सिस्टममा आउने ERROR को पुर्ण रुपमा ग्राहकलाई ज्ञान नहुदा समस्या हुन सक्छन् ।

अन्तमा : संघर्षसंगसंगै यहाँ यहाँ सम्म ग्राहकले माया गरिरहनु भएको छ  त्यसैले होला हिमालयन अनलाइन सर्भिसले लोक प्रियता पाईरहेको महशुस गरेको छ, धन्यवाद  ।

Spread the love