तीन महिना बन्धक बनाइ सामूहिक बलात्कार

तीन महिना बन्धक बनाइ सामूहिक बलात्कार

नेपालमा दिनानुदिन यौनजन्य हिंसा तथा बलात्कार र बलात्कारपछि हत्याजस्ता निकृष्ट र अमानवीय घटनाहरु शृङ्खलाबद्धरुपमा घटिरहेका छन् । यस्तै घटना धनुषामा घटना गएको छ । धनुषाको बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरीलाई ३ महिना बन्धक बनाएर सामूहिक बलात्कार भएकी छिन । पीडित किशोरीका अनुसार बहिनीसँग खेतबाट घर फर्कदै गरेको बेला तीनजना चढेको मोटरसाइकल उनीहरुका अगाडि रोकियो त्यसपछि मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । मेरो हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’ भनेर जानकारी दिएकी छिन । किशोरीलाई फागुन ११ गते देखी बन्धक बनाइ तीन महिनासम्म  सामूहिक बलात्कार गरीएको छ । जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभरी पोलेका फोका छन् । कुटपिटको नीलडाम छन् । अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन् । स्रोत: अन्नपूर्ण पोस्ट् 

पर्वतमा बालिका बलात्कृत

पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने स्थानीय १९ वर्षीय सुरज परियारले विद्यालयबाट केही तल लगेर सात वर्षीया बालिकालाई जबर्जस्ती गरेको जानकारी दिएको छ । पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ । प्रकाउ परेका सुरजले घटना स्वीकारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरी कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

धनुषामा १२ वर्षीय बालिकामाथि बलात्कार

काठमाडौं  : धनुषामा  १२ वर्षीया बालिकालाई  पैसाको प्रलोभन देखाई फकाई फुलाई  कालिपुरचौरस्थित खाली चौरमा लगि बालिकालाई जबरजस्ती करणी गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डेलाई  प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सहारा दिने नाममा ११ वर्षीया बालिका बलात्कारको सिकार

ललितपुर इमाडोलका ११ वर्षीया बालिका भदौ २१ गते साँझ पाँच बजे घरबाट  साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी  बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।

बसपार्क पुगेर झर्ने क्रममा ‘कता जाने अब घरमा जान मन छैन’ भनेपछि कीर्तिपुर बस्दै आएका कैलालीका हेमबहादुर खत्रीले ‘मेरो डेरा जाऊँ’ भन्दै प्रस्ताव राखेका थिए । सुरुमा अनकनाएपछि दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भए । प्रहरीका अनुसार खत्रीले डेरा पुगेपछि दुवैलाई खाना पकाएर खुवाए ।

राति सँगै सुते । १३ वर्षीया बालिका निदाएपछि उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । तीन दिन सँगै डेरामा दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर आइतबार बल्खु प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सोधपुछ गर्दा उनीहरू भदौ २१ गतेदेखि घर नआएको पत्ता लागेको थियो ।

१३ वर्षीया बालिकाकै सूचनाका आधारमा प्रहरीले कीर्तिपुरमा डेरा गरी बसेका खत्रीको डेरा फेला पार्यो । ११ वर्षीया बालिका रोइरहेको अवस्थामा फेला परेकी थिइन् । तर खत्री कोठमा थिएनन् । खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

स्रोत :कान्तिपुर

बालिका बलात्कार गर्नेलाई सजाए तोकियो

भोजपुरमा  ९ वर्षीया बालिकालाई बलात्कार गर्ने   दुई जनालाई  भोजपुरको जिल्ला अदालतरले आज जेल चलान गर्न आदेश दिएको छ ।  ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेल रहेका छन । दुबै जनालाई जिल्ला न्यायाधीशको एकल इजलासले कैद तथा जरिवाना तोकेको हो । बोहोरालाई बालिका  करणीमा १० वर्ष र हाडनातामा १ वर्ष गरी ११ वर्ष कैदसहित रु ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको हो भने कट्टेललाई ८ वर्ष कैद र रु ७५ हजार क्षतिपूति तोकिएको छ ।