तीन महिना बन्धक बनाइ सामूहिक बलात्कार

नेपालमा दिनानुदिन यौनजन्य हिंसा तथा बलात्कार र बलात्कारपछि हत्याजस्ता निकृष्ट र अमानवीय घटनाहरु शृङ्खलाबद्धरुपमा घटिरहेका छन् । यस्तै घटना धनुषामा घटना गएको छ । धनुषाको बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरीलाई ३ महिना बन्धक बनाएर सामूहिक बलात्कार भएकी छिन । पीडित किशोरीका अनुसार बहिनीसँग खेतबाट घर फर्कदै गरेको बेला तीनजना चढेको मोटरसाइकल उनीहरुका अगाडि रोकियो त्यसपछि मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । मेरो हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन ।’ भनेर जानकारी दिएकी छिन । किशोरीलाई फागुन ११ गते देखी बन्धक बनाइ तीन महिनासम्म  सामूहिक बलात्कार गरीएको छ । जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभरी पोलेका फोका छन् । कुटपिटको नीलडाम छन् । अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन् । स्रोत: अन्नपूर्ण पोस्ट् 

Spread the love