कसम खानुको मजा अर्कै छ । – युवा राहित्यकार राजन थपलिया

कसम खानुको मजा अर्कै छ । – युवा राहित्यकार राजन थपलिया

न्युयोर्क निवासी चर्चित युवा लेखक हुनुहुन्छ राजन थपलिया । उहाँले अहिलेसम्म १० वटा पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छ । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको आगामी पुस्तक शतप्रतिशत जीवन अर्थात् हन्ड्रेड पर्सेन्ट लाइफ (100% LIFE) प्रकाशन हुन लागेको सन्दर्भमा गरिएको कुराकानी । –

अहिलेसम्म कतिवटा पुस्तक लेख्नुभयो र लेखनकार्यमा कहिलेदेखि सकृय हुनुहुन्छ ?

अब आउने सेप्टेम्बरमा १५ बर्ष पुरा हुन्छ लेखनमा लागेको । मैले अहिलेसम्म १० वटा पुस्तकहरु लेखिसकेको छु भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छु । तर अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् ।

तपाईको लेखन केमा केन्द्रीत हुन्छ ?

मेरो लेखन सेल्फ हेल्प, मोटिभेशन र नोभलमा केन्द्रीत रहेको छ । लेखनका विभिन्न धारहरु छन् । तर मैले महसुस गरेको छु कि यी धारहरु नै मेरालागि उपयुक्त छन् । उपन्यास लेखन र सेल्फ हेल्प नै मेरालागि उचित विधा हुन् ।

शतप्रतिशत जीवन (100% LIFE) नामको नयाँ पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ, यो कस्तो पुस्तक हो ?

यसको उपशीर्षकले नै सबै कुरा भनेको छ । आफैसँग प्रतिज्ञा गर्नुहोस्, तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन । तपाईले आफ्नो जीवनमा कसम खानुहोस्, प्रतिज्ञा गर्नुहोस् । हिजो जती गल्ती भए, कमजोरी भएपनि आगामी दिनमा राम्रो गर्न सकिन्छ । राम्रो गर्ने प्रतिज्ञा हुनेलाई १७ बर्ष र ७० बर्षको उमेरले पनि कुनै फरक पार्दैन । कुनै पनि बेला राम्रो कुराको सुरुवात गर्न सकिन्छ । काममुखी भएर अगाडि बढेमा जीवनमा धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ । आफूले आफैसँग प्रतिज्ञा नगरेको कारणले मानिस अफसल हुनेगर्छ । दुखी भएका र असफल भएकाहरुलाई पनि सही बाटोमा ल्याउने र परिवर्तन हुन चाहनेहरुका लागि लेखिएको पुस्तक हो यो । यो पुस्तक अब केहीसाताभित्र नै प्रकाशित हुनेछ ।

लेख्नका लागि पढ्न कत्तिको जरुरी छ ?

लेख्नका लागि पढ्न एकदमै जरुरी छ । किनभने अरुलाई मोटिभेट गर्ने, इन्करेज गर्ने र नयाँ बाटो देखाउने कुराहरु त्यती सहज छैन । कैयन कुराहरु तथ्यमा आधारित हुनुपर्ने भएकाले मैले आफूले अध्ययन गरेर यो पुस्तक लेखेको छु । मैले चारपाँचसय पुस्तकहरु पढेर, आफ्नो विचार र विश्लेषण समावेश गरेर यो पुस्तक तयार पारेको छु । त्यसैले लेख्नका लागि पढ्न एकदम जरुरी छ ।

अरुलाई सिकाउने लेखकहरुले आफूले चाँही त्यो कुरा कत्तिको अनुशरण गर्छन् ?

एउटा सामान्य लेखकले पनि आफूले सिकेको ज्ञान पाठकहरुसमक्ष बाड्न सकिन्छ । जुन ज्ञानबाट लेखकभन्दा धेरै पाठक सफल हुन सम्भव छ । विश्वविद्यालयमा पढाउनेहरुका शुत्र फ्लो गरेर विद्यार्थीहरु विभिन्न विधामा सफल भइरहेका हुन्छन् तर पढाउनेले पढाईमात्र रहेको हुन्छ । लेखकले आफ्नो जीवनमा लागु गर्न नसकेका कतिपय कुराहरु पाठकले लागु गर्न सक्छन् ।

तपाईका पुस्तकप्रति पाठकको रेस्पोन्स कस्तो छ ?

नेपाली बाहेकका पाठकको निकै राम्रो रेस्पोन्स छ । तर नेपालीहरुले पनि मेरा पुस्तकहरु पढिरहनुभएको छ । नेपाली समाजका विभिन्न व्यक्तिले पढेर प्रतिकृयाहरु दिनुभएको छ । एउटा नेपाली भएको नाताले सबैभन्दा धेरै माया र प्रेरणा नेपालीहरुबाट नै पाएको छु ।

तपाई कतिबेला लेख्नुहुन्छ ?

राती, दिउसो वा विहान भन्ने कुरा हुँदैन । जब कुनै चीजले मलाई शक्ति दिन्छ, म लेख्न तयार हुन्छु । कहिलेकाँही सुत्न बेडमा पुगिसकेपछि पनि उठेर लेख्छु । मान्छेको दिमागमा विचारको सृजना वातावरणले गर्छ । फोहोर स्थानमा जाँदा असहज अनुभव हुन्छ भने सफा स्थानमा गएमा नयाँ विचारहरु आउँछ । संगत गर्दा पनि आफूभन्दा शशक्त व्यक्तित्वसँग गर्दा धेरै कुराहरु सिक्न सकिन्छ ।

अमेरिकामा पुस्तक प्रकाशन कत्तिको सहज छ ?

अमेरिकामा पुस्तक प्रकाशनका धेरै तरिका छन् । आफै प्रकाशन पनि गर्न सकिन्छ भने परम्परागत रुपमा पनि प्रकाशन गर्नसकिन्छ । अहिलेको समयमा प्रकाशन भन्दा धेरै लेखकको ब्राण्ड र लेखिएको विषय हो । कतिपय चर्चित लेखकहरुले पनि आफै प्रकाशन गर्न थालेकय छन् । परम्परागतरुपमा प्रकाशन गर्दा एकबर्षसम्म पनि पर्खनुपर्ने हुनसक्छ । तर अहिले पर्खने जमाना छैन । इबुक बेचेर पनि पैसा कमाउन र ज्ञान बाड्न सकिन्छ । पुस्तक निकाल्न खास गाह्रो छैन ।

“राइटर अफ दि इएर २०१५” द्वारा थपलिया सम्मानित

कमल कोईराला – द पावर न्यूज को दोस्रो वार्षिक उत्सब को अबसर मा यस बर्ष देखी प्रबासमा रहेर देश को हित मा कार्य गर्ने युबा हरु लाई सम्मान गर्ने निर्णय अनुरुप बिभिन्न बिधा अन्तर्गत लेखन बिधामा न्यूयोर्क निबासी लेखक राजन थपलिया लाई “राइटर अफ दि इएर २०१५” ले सम्मान गरिएको छ ।

प्रबास मा बसेर अङ्रेजी साहित्य मा कलम चलाई रहेका थापलिया ले देशमा महा भुकम्प जादा व्यक्ती गत तर्फ बाट २ लाख र उनको कृती रिज्वाइू बाट उठेको रकम सम्पुर्ण रकम भुकम्प पिडित हरु को सहयोग मा खर्च गरेका थिए । उनको काम को बिशेष मुल्याङकन गर्दै पावर न्युज कमिटी ले उनलाई पुरस्कार प्रदान गरेको हो ।

भर्खर का युवा त्यस माथी पनि प्रबास मा बसेर देश प्रती सदभाव राख्नु, परेको बेला देश प्रती माया देखाउनु आफै मा सरहानिय कार्य हो । यो कार्य बाट अरु युबा हरु ले केहि सिक्नु पर्दछ । थपलिया लाई सम्मान गर्न पाउदा निकै खुशी लगेको पावर न्युज का अध्यक्ष दिपक न्यौपाने बताउनु हुन्छ ।

अमेरिका न्यूयोर्क निबासि थपलिया का रिज्वाइस सिरिज का साथै लाईफ इज नट इजि, १००५ लाईफ जस्ता कृती हरु लोकप्रिय छन । अब को जेनेरेसन अङ्रेजी भाषा को मध्याम बाट जान सके एकदिन नेपाली हरु ले पनि अङ्रेजी साहित्य मा ठुलो नाम राख्ने कुरा सम्पादक महेश भण्डारी बताउनु हुन्छ ।

थपलिया मेडिकल साइन्स को बिद्यार्थी हुन । लामो समय देखी अमेरिका मा बसोबास गरी रहेका थपलिया भन्छन हामी ले जहाँ गए पनि जे गरे पनि देश र हाम्रो मौलिक सस्कृती लाई बोकेका हुनछौ । लेखन को माध्याम बाट नेपाल लाई बिश्व मा चिनाउन सके म आफु लाई सफल ठान्ने छु । त्यसै को लागी म लागी परेको पनि छु । आज पाव र न्युज ले दिनु भए को सम्मान प्रती आभर ब्यक्त गर्दछु ।

अरु पनि बिभिन्न बिधा मा समाज मा बिशेष योगदान दिने ब्यक्ती हरु लाई सम्मानित गरिने कुरा सम्पादक भण्डारी बताउनु हुन्छ ।
IMG_7597

नयाँबर्ष २०७२ को हार्दिक मंगलमय शुभकामना – राजन थपलिया अमेरिका

हामी सम्पुर्ण नेपालीहरुको घर आँगनमा आइरहेको नयाँबर्ष २०७२ ले हाम्रा सम्पुर्ण पाठक बर्ग, बिज्ञापन दाता, पर्यटन व्यबसायी बर्ग, राजनितिक बर्ग, उधोगी तथा व्यबसायी बर्ग, समाजसेबी साथै देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीदाजुभाई तथा दिदिबहिनीहरु लगायत हाम्रा शुभचिन्तक एवं सुभेच्छुक सहकर्मी मित्रहरु समक्ष यहाँहरुको जीबनमा नयाँ उत्साह, उमंग,जोस, नयाँ आयाम, दिर्घायु, समृद्घि, सु–स्वास्थ एवं उत्तरोत्तर प्रगती यसबर्षले ल्याओस् भन्ने सद्भाबना प्रकट गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

संस्थापक/ निदेैशक /अमेरिका
राजन थपलिया
+१३४७३३५५०२०