गोली प्रहार गरी घाईते बनाएको आरोपमा श्रीमान श्रीमतिलाई पक्राउ

गोली प्रहार गरी घाईते बनाएको आरोपमा श्रीमान श्रीमतिलाई पक्राउ

संजु चापागाई, मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्ने शरण गोलेलाई गोली प्रहार गरी घाईते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिकाबाट श्रीमान श्रीमतिलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नंबर ५ का रामबहादुर मोक्तान र उनको श्रीमती दिलमाया मोक्तान पक्राउ परेका हुन् । गत माघ २४ गते मनहरी गाउँपालिका वडा नंबर ९ स्थित सानोभावर जंगलमा गोलेलाई गोली हानि घाइते बनाएपछि मोक्तान दम्पतीको खोजी भएपछी प्रहरीले उनीहरुलाई गत माघ २६ गते पक्राउ गरेको हो । पक्राउ परेपछी रामबहादुर मोक्तानले दिएको बयानका आधारमा उनको ससुरालीबाट प्रेसर कुकर बम सहित कटुवा पेस्तोल १ थान, कुकर वम पडकाउने रिमोर्ट, बारुद, डोटोनेटर, सुतली वम, गोली सहितको वम वनाउन प्रयोग गरिने सामग्री तथा नेपाली सेनाले प्रयोग गर्ने कम्ब्याड समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुख विकासराज खनालले जानकारी दिनुभयो । रामबहादुर मोक्तान र उनको श्रीमती दिलमाया मोक्तानलाई प्रहरी नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भईरहेको खनालले बताउनुभयो ।

हेटौडामा १३ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

हेटौडामा १३ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु नेपाल कुस्ती संघको आयोजनामा हेटौंडामा १३ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु   भएको छ । राष्ट्रिय खेलकुद च्याम्पियनसिप २०७४ अन्तर्गत १३ औं राष्ट्रिय ( सिनियर महिला तथा पुरुष ) कुस्ती प्रतियोगिता सुरु भएको हो । आज र भोली दुई दिन सम्म हेटौडाको हुप्रचौरमा सञ्चालन हुने खेलमा २ विभागीय र २६ जिल्लाका गरी २८ टिम सहभागीता रहेको छ । पुरुष तर्फ ५६ जना तथा महिला तर्फ २२ जना रहेका छन् । विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घाटनकार्यक्रममा बोल्दै प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले खेल क्षेत्रको विकासको लागि आफु सधैँ लागिपर्ने बताउनुभयो ।

नेपालमा दैनिक व्यापार घाटा – दैनिक दुई अर्ब ६६ करोड प्रारम्भिक तथ्यांक

नेपालमा बढ्दो रेमिट्यान्स आप्रवाहसँगै नेपालीमा किनेर खाने प्रवृत्ति विकास भएपछि आयात बर्सेनि उच्चदरमा वृद्धि भइरहेको छ। नेपालमा सबैभन्दा बढी भारतबाट दुई खर्ब ८२ अर्ब ४७ करोड रुपैयाँको वस्तु भित्रिएको छ।    चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही समयमा व्यापार घाटा तीन खर्ब ५१ अर्ब ६७ करोड थियो। मुलुकको निर्यातभन्दा आयात उच्च वृद्धि भएपछि व्यापारको खाडल बर्सेनि बढ्दै गइरहेको छ। यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ।पाँच महिनामा विभिन्न मुलुकबाट चार खर्ब ३२ अर्ब ४८ करोडको वस्तु नेपाल भित्रिएको छ। सोही अवधिमा नेपालबाट ३३ अर्ब ७२ करोडको वस्तु निर्यात भएको छ। गत वर्षको पाँच महिनामा तीन खर्ब ८२ अर्ब २७ करोडको वस्तु भित्रिएको थियो भने ३० अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो।  पाँच महिनामा चार खर्ब ६६ अर्ब २० करोडको कुल व्यापार (आयात-निर्यात) भएको छ। कुल व्यापारमा आयातको हिस्सा ९२.८ प्रतिशत र निर्यातको हिस्सा ७.२ प्रतिशत छ। गत वर्षको यही समयमा चार खर्ब १२ अर्ब ८८ करोडको व्यापार भएको थियो।  पाँच महिनाको अवधिमा ६१ अर्ब २० करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ। यस्तै, ४३ अर्ब नौ करोडको फलाम तथा स्टिलजन्य वस्तु भित्रिएको छ। मेसिनरी तथा पार्टपुर्जा ४० अर्ब ९५ करोड, सवारीसाधन ३५ अर्ब ५८ करोड र इलेक्ट्रिक सामान २९ अर्ब ६६ करोडको भित्रिएको छ।सोही अवधिमा तीन अर्ब ७१ करोडको चिया तथा कफी निर्यात भएको छ। हस्तकला तीन अर्ब १९ करोड, कार्पेट दुई अर्ब ९७ करोड, लत्ताकपडा दुई अर्ब ८४ करोड, फलाम तथा स्टिल एक अर्ब ९६ करोडको निर्यात भएको छ। नेपालबाट निर्यात हुने प्रमुख वस्तुकै अवस्था दयनीय छ।चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा तीन खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छनेपालबाट १८ अर्ब १५ करोडको वस्तु भारततर्फ निर्यात भएको छ। पाँच महिनामा भारतसँगको व्यापार घाटा दुई खर्ब ६४ अर्ब ३१ करोड पुगेको छ। चीनबाट ५४ अर्ब, अर्जेन्टिनाबाट ५ अर्ब ७१ करोड, थाइल्यान्डबाट पाँच अर्ब नौ करोड, भियतनाम र साउदी अरेबियाबाट चार÷चार अर्ब मूल्यको वस्तु आयात गरिएको छ।  सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सारबाट आयात भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा बढी वस्तु निर्यात भएको छ। वीरगन्जबाट एक खर्ब ४५ अर्ब चार करोडको वस्तु आयात भएको छ। यो कुल आयातको ३३.५४ प्रतिशत हुन आउँछ। त्रिभुवन विमानस्थलबाट १० अर्बको वस्तु विभिन्न मुलुकमा पुगेको छ। यो कुल निर्यातको १७.५८ प्रतिशत हिस्सा हो।पाँच महिनामा भैरहवाबाट ८० अर्ब, त्रिभुवन विमानस्थलबाट ५५ अर्ब, विराटनगरबाट ५१ अर्ब, सुक्खा बन्दरगाहबाट ४६ अर्ब, नेपालगन्जबाट १६ अर्ब, मेची भन्सारबाट ११ अर्ब, कृष्णनगरबाट आठ अर्ब, कैलालीबाट ६ अर्ब, रसुवाबाट पाँच अर्ब, जलेश्वरबाट तीन अर्ब, सुनसरीबाट एक अर्बको वस्तु आयात भएको छ।

barta baithak

प्रधानमन्त्रीको बार्ताको प्रस्ताब मान्दै नौ – बिपक्षी मोर्चा

२६ माघ, काठमाडौं – एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले प्रधानमन्त्री सुशिल कोईलाको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले संविधान लेखनको बहुमतीय प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा १२ बुँदे सम्झदारी, अन्तरिम संविधान र अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्ने प्रतिबद्धता नजाएको भन्दै अर्को पत्र पठाउनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन् । मोर्चाले वहुमतीय प्रक्रियाका कारण नै दलहरुबीचको वार्ता हुन नसकेको भन्दै वार्ताका लागि प्रक्रिया रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।